लोकसंवाद संवाददाता | समाचार | मंसिर ११, २०८०
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको केही आम्दानीको स्रोत मध्ये हल भाडा मुख्य हाे र त्याे स्रोतमा पनि नेपाल प्रज्ञा–प्रतिष्ठानका पदाधिकारीहरुले मनोमानी रुपमा छुट दिने र भोज भतेरमा सरिक हुने गरेको तथ्य लोकसंवादमा प्राप्त भएको छ ।
पैसा छैन भनेर हल निःशुल्क माग्ने भाषा विज्ञान समाज र हल निःशुल्क दिने प्रज्ञा–प्रतिष्ठानले कालोपुलस्थित शुभम् बेङ्क्वेटमा रात्रिकालीन कक्टेल डिनरमा रक्सीको चुस्कीमा प्राज्ञहरूलाई रमझममा भुलाउने व्यवस्था मिलाएको थियो ।
भाषा विज्ञान समाज नेपाल भन्ने संस्थाले आफ्नो ४४ औँ वार्षिक सम्मेलनका निमित्त आम्दानीको स्रोत नभएको भन्दै प्रज्ञा–प्रतिष्ठानसँग आर्थिक सहयोग माग गरेको र प्रज्ञा–प्रतिष्ठानले आफ्नो नियमित आम्दानीका रुपमा रहेको सभा हलहरु निःशुल्क दिने निर्णय गर्यो र २०८० मंसिर १० गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको प्रमुख अतिथिमा उद्घाटन कार्यक्रम सम्पन्न गरी केही सम्मेलनका कामहरु समेत गर्यो ।
हल भाडा तिर्न नसक्ने भनी निशुल्क हल माग्ने, कसैको वार्षिक सम्मेलनका निम्ति निशुल्क हल दिने अनि रात्रिभोजमा रमाउने प्राज्ञहरू कति निर्लज्ज रहेको कर्मचारीहरु बताउँछन् । भाषा विज्ञान समाज नेपालका अध्यक्ष डा. बलराम तिमिल्सिना छन् भने महासचिव डा. तारामणि राई छन् । राई स्वयम् प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य समेत हुन् । उनकै जोडबलमा हल निशुल्क अनि रंगीन रात्रिभोज आयोजना गरिएको एक प्राज्ञले जानकारी दिए ।
बिहान ९ बजे गर्ने भनेको कार्यक्रम १० बजे सुरु गरेको प्रतिष्ठान र भाषा विज्ञान समाजले बिहानको खाजा भन्दै फलफूल, स्यान्डविच, चिया र आलु गरी राम्रै खाजा नास्ताको नास्ताको व्यवस्था गरिएको थियो । तत्पश्चात् १ बजेपछि प्रतिष्ठान र भाषा विज्ञान समाजले मासुभात सबैलाई खुवायो । कुपन मार्फत खाना खुवाएको प्रतिष्ठान र र भाषा विज्ञान समाजले माओवादी निकट अधिकांश कर्मचारीलाई ननभेज खाना खुवाएको थियाे । माओवादी भएकैले ननभेज खाना खान योग्य भएका थिए । कार्यक्रमको व्यवस्थापनमै नरहेका कर्मचारीहरूसमेत खानाको लाइनमा बसी खाना खाएको देखियो । बिहानको खाजा र दिउँसो खाना खुवाएको प्रतिष्ठान र भाषा विज्ञान समाजले के आधारमा रात्रिभोजको आयोजना गर्नुपर्यो यो गम्भीर प्रश्न खडा भएको छ ।
पैसा छैन भनेर हल निःशुल्क माग्ने भाषा विज्ञान समाज र हल निशुल्क दिने प्रज्ञा–प्रतिष्ठानले कालोपुलस्थित शुभम बेङ्क्वेटमा रात्रिकालीन कक्टेल डिनर आयोजना गरी धमाधम रक्सीको चुस्कीमा प्राज्ञहरू मातिरहेका देखिन्थे । प्रायः माओवादी निकट कर्मचारीलाई आमन्त्रण गरिएको रात्रिभोजमा सचिवालयका कर्मचारी उत्तमराज उपाध्याय, सीता कोइराला, योजना तथा कार्यक्रम महाशाखाका कर्मचारी रञ्जन घिमिरे लगायत समेटिएका छन् । कार्यक्रमको व्यवस्थापनसँग असम्बन्धित वसन्तराज श्रेष्ठ पनि माओवादी र सदस्य सचिव डा. धनप्रसाद सुवेदीको सहपाठी भएर समेटिएका छन् ।
हल भाडा तिर्न नसक्ने भनी निशुल्क हल माग्ने, कसैको वार्षिक सम्मेलनका निम्ति निशुल्क हल दिने अनि रात्रिभोजमा रमाउने प्राज्ञहरू कति निर्लज्ज रहेको कर्मचारीहरु बताउँछन् । भाषा विज्ञान समाज नेपालका अध्यक्ष डा. बलराम तिमिल्सिना छन् भने महासचिव डा. तारामणि राई छन् । राई स्वयम् प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य समेत हुन् । उनकै जोडबलमा हल निशुल्क अनि रंगीन रात्रिभोज आयोजना गरिएको एक प्राज्ञले जानकारी दिए । प्रज्ञा प्रतिष्ठानसँग असम्बन्धित वार्षिक सम्मेलनका निम्ति २ दिन हल दिएर आफ्नो आम्दानी स्वाहाः पारेको प्रतिष्ठानले सोझो औँलाले घिउ नआएपछि औँला बङ्ग्याएर हलको पैसाबाट रंगीन रात्रिभोज गराएको एक जना प्राज्ञ सभा सदस्यले बताए।
नेपाल प्रज्ञा–प्रतिष्ठानमा सरकारी ढुकुटी रित्याउने खेल दिन प्रतिदिन जारी छ । महेश्वर थापा मगरले मूल स्टोरबाट पुस्तक चोरी गरी व्यक्तिगत तजविजमा बेच्ने र घर बनाउँदा खर्च गर्नेदेखि लिएर उनलाई सीसी क्यामेराको फुटेजमा पुस्तक चोरेको देख्दा देख्दै पनि कारबाही नगर्ने उल्टै महेश्वरलाई नै काखी च्यापी सुधीर ढुंगेललाई सरुवा गर्ने विषयमा मुद्दा परेकोमा सुधीर ढुंगेललाई सरुवा गरी महेश्वर थापा मगरलाई उन्मुक्ति दिइएको अवस्था छ ।