लोकसंवाद संवाददाता | साहित्य | मंसिर २३, २०८०
मिडनाइट पत्रकार !
तिम्रा व्यवहारहरू छताछुल्ल भएका छन् ।
तिमी झुटको खेतीमा
तिमी खुलेआम डकैती शैलीमा
पत्रकारिताको बर्को ओढेर
गछिया खोलाको बगरबाट
बालुवाको पहाडमा
राति सुटुक्क आउँछौं
अर्थात्
मिडनाइट पत्रकार
एकैपटक झ्वाम्म पारेर कुम्ल्याउँछौं ।
झण्डै–झण्डै करोडको तादातमा
पापको धन कुम्ल्याउछौं ।
मिडनाइट पत्रकार ।
म तिम्रो कुरा गरिरहेको छु ।
गछिया खोलाका
अथाह सुन बगिरहेको छ
प्राकृतिक दोहनको परकाष्टा नाघेर
मिडियाको घुम्टोमा घिउ सक्र्याउँदै छौं ।
तिमीले एनसेलको लुट देख्दैनौं
नरेन्द्र मोदीको
चोर जस्तो लुसुक्क पसेर नेपाल छान मारेको देख्दैनौं ।
नरेन्द्र मोदीका भाइहरु
तिमीलाई सुटुक्क भेटेर जान्छन्
नागरिकता प्रकरणमा
पूर्व राष्ट्रपतिले रोकेकी थिइन्
प्रचण्डले गरेको देशद्रोही कार्य देख्दैनौ ?
लाखौ वेथितिसँग बाँडिएका नागरिकतामा
तिम्रो मन दुख्दै–दुख्दैन ।
तिम्रा साँठगाँठ खुल्दैछन् ।
चितवनबासी हो ।
साबधान होउ,
मिडनाइट पत्रकार
यसबेला आफ्नो चर्तिकला देखाइरहेको छ ।
तिम्रो स्नेहताका तुजुकमा
देश दुःखी रहँदा
देश माथि घात हुँदा
उ बोल्दै बोल्दैन ।
उसलाई देश दुख्न छाडेको छ ।
देशद्रोही जुनसुकै कलेवरमा
रङ्गीचङ्गी कवच ओढे पनि
देशभक्त ती सबै चिरेर अघि बढिरहेको हुन्छ ।
देशप्रति घात गर्नेका विरुद्ध
देश नै उठ्ने छ
हो ! देश नै उठ्ने छ ।
आपगाछी, तरहरा, इटहरी
१९ मङ्सिर २०८०