लोकसंवाद संवाददाता | खेलकुद | मंसिर २५, २०८०
काठमाडौँ । डिशहोमले आईतबार १० डिसेम्बर, २०२३ मा भैसेँपाटीमा रहेको आफ्नै मुख्य कार्यालय परिसद भित्र कार्यक्रम गरी पुरस्कार जित्ने खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गरेको छ ।
कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव-पारस खड्का, मुख्य प्रशिक्षक-मोन्टी देसाई, कप्तान-रोहित कुमार पौडेल लगायत अन्य खेलाडीहरु पनि उपस्थित भएका थिए ।
२९ अक्टोवर, २०२३ देखी सुरु भएको आईसीसी टी–२० आई विश्वकप एसिया क्षेत्र छनोटको खेलमा डिशहोम फाइबरनेटले ‘अब इतिहास रच्ने पालो हाम्रो’ भन्ने नारासहित नगद पुरस्कार घोषणा गरेको थियो ।
पुरस्कार अन्तर्गत खेलमा शतक प्रहार गर्ने नेपाली खेलाडीले १० लाख रुपैयाँ । त्यस्तै, एकै खेलमा शतक र ५ विकेट लिने खेलाडीले २० लाख रुपैयाँ दिइने डिशहोमले जनाएको थियो ।
एकै खेलमा ५ विकेट लिएमा ५ लाख, अर्धशतक बनाएमा १ लाख, कम्तीमा ३ विकेट लिएमा १ लाख, कम्तीमा ३५ रन बनाएमा ५० हजार र कम्तीमा ३ क्याच वा स्टम्पिङ गर्ने खेलाडीलाई ५० हजार रुपैयाँ दिइने जनाएको थियो ।
नेपाल दश वर्षपछि टी-२० विश्वकपमा छनोट भईसकेको त हामी सबैलाई अवगत नै छ । आईसीसी टी–२० आई विश्वकप एसिया छनोट अन्तर्गत सेमिफाइनलमा ०३ नोवेम्ब,२०२३ मा युएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान सुरक्षित बनाएको थियो । युएईले दिएको १ सय ३५ रनको लक्ष्य नेपालले १७.१ ओभरमा २ विकेट गुमाएर भेट्टाएको थियो ।
यसै सँगै डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले उत्साह व्यक्त गर्दै भने, 'हामी नेपाल टोलीलाई समर्थन गर्न र नेपाली क्रिकेटको प्रवर्द्धन गर्न पाउँदा उत्साहित छौं । हाम्रो प्रतिबद्धता क्यानलाई आवश्यक स्रोत र सहयोग उपलब्ध गराउनु हो ।' साथै अबका दिनमा क्यानसँग जोडीएर अघी बढ्ने प्रतिबद्धता पनि जनाउनु भएको छ ।