जीवन विकास लघुवित्त वित्तीय संस्थाद्वारा ट्राफिक प्रहरीलाई कम्प्युटर सेट र प्रिन्टर सहयोग

जीवन विकास लघुवित्त वित्तीय संस्थाद्वारा ट्राफिक प्रहरीलाई कम्प्युटर सेट र प्रिन्टर सहयोग

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुस ०५, २०८०

मोरङ । ट्राफिक प्रहरीलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाले कम्प्युटर सेट सहयोग गरेको ट्राफिक प्रहरी कार्यालयले जनाएको  छ ।

 २०८० पुस ५ गते  बिहीबार लघुवित्तले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई एउटा कम्प्युटर सेट र प्रिन्टर सहयोग गरेको हो ।

लघुवित्तको प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी नायब निरीक्षक राजकुमार बस्नेतलाई डेल ब्रान्डको कम्प्युटर सेट र प्रिन्टर हस्तान्तरण गरे ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत जनतालाई सहज सेवा प्रवाह र ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरिएको मण्डलले बताए ।

कम्प्युटर हस्तान्तरण कार्यक्रममा लघु वित्तका नायब प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी, संस्थाको सामाजिक विकास शाखा प्रमुख विजयकुमार मण्डल, तालिम विभाग प्रमुख रञ्जना निरौला लगायतको उपस्थिति थियो ।