सरोज ज्ञवाली | दृष्टिकोण | फागुन ०८, २०८०
पाकिस्तानमा गत फेब्रुअरी ८, २०२४ मा भएको आम चुनावको नतिजाले देशलाई झनै अस्थिरतामा पुर्याएको छ । लामो समयमा राजनीतिक द्वन्द्व, सैनिक हस्तक्षेप तथा कमजोर आर्थिक अवस्थाबाट गुज्री रहेको पाकिस्तानको भविष्य यस आम चुनावबाट पनि हल नहुने प्रस्ट देखिएको छ ।
यस चुनावमा पूर्व क्रिकेट खेलाडी इमरान खानले नेतृत्व गरेको पार्टी तहरिक–ए–इस्लाम (पीटीआई), पूर्व प्रधानमन्त्री नवाज सरिफले नेतृत्व गरेको पार्टी मुस्लिम लिग–नवाज(पएिमएल–एन) र पूर्व दिवंगत प्रधानमन्त्री बेनिजिर भुट्टोका छोरा निलवाल भुट्टो जदीरीले नेतृत्व गरेको पार्टी पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) बिच कडा प्रतिस्पर्धाको अपेक्षा गरिएको भएता पनि पीटीआईका स्वतन्त्र उम्मेदवारका रूपमा बढी सिटमा विजयी हुँदा सरकार बनाउन १३४ सिटको आवश्यक सङ्ख्यामा असम्भव हुन पुग्यो ।
प्रमुख निर्वाचन आयोगले इमरान खानले नेतृत्व गरेको पार्टीलाई प्रतिबन्ध गर्दै र चुनाव चिन्ह 'क्रिकेट प्याट' लाई प्रतिबन्ध बवाजुत अप्रत्याशित तवरले स्वतन्त्र उम्मेदवारको रूपमा विजयी हुनुले राजनीतिक अवस्था अस्थिर देखिन्छ । सम्भवतः नवाज सरिफ तथा निलवाल भुट्टो बिच सहमति भई सरकार बन्ने सम्भावना छ ।
पाकिस्तानको राजनीतिक इतिहास केलाउँदा सन् १९४७ मा बेलायतको उपनिवेश स्वतन्त्र भएपछि मोहम्मद अलि जिन्हाको नेतृत्वमा पाकिस्तान नामक राष्ट्रको उदय भएको थियो । सन् १९५८मा जनरल अयुव खानद्वारा सैनिक कु गरी सत्ता कब्जा गरेका थिए । सन् १९७३ मा जुल्फिर अलि भुट्टो प्रधानमन्त्री भएपनि सन् १९७७ मा जनरल जियाउल हकले सैनिक 'कु' मार्फत सत्ता कब्जा गरी सन् १९७९ मा जुल्फिकर अलि भुट्टोलाई फाँसी दिए । त्यसपछि जियाउल हकको पनि सैनिक विमान दुर्घटनामा परी निधन भएपछि राजनीतिक सत्ता भुट्टो परिवार, नवाज सरिफको परिवार र सैनिक सत्ताको वरिपरि घुमिरहेको छ । अतः सत्तरी वर्षको पाकिस्तानको इतिहास अस्थिर राष्ट्र तथा असफल राष्ट्र उन्मुख छ ।
पाकिस्तानका राजनीतिक तवरले मात्र नभई आर्थिक तवरले पनि असफल राष्ट्र हुन गइरहेको छ । सुरुको अवस्थामा दक्षिण एसियाली राष्ट्रहरू उच्च आर्थिक वृद्धिदर हासिल गरेता पनि हालको अवस्था दक्षिण एसियाली राष्ट्रहरूमा सबैभन्दा न्यून आर्थिक अवस्था रहेको छ। हालको पाकिस्तानको आर्थिक वृद्धिदर दुई प्रतिशत मात्र रहेको छ । जिडिपी ३३९ बिलियन डलर मात्र छ । करिब २५ करोड जनसङ्ख्या भएको देशमा यो अवस्थाले नाजुक अवस्थालाई जनाउँछ । हाल पाकिस्तानले मुद्रास्फीति दर ३० प्रतिशत रहेको र १ अमेरिकी डलरसँग करिब २८० पाकिस्तानी रुपियाँ बराबर छ । जसले गर्दा त्यहाँको खाद्यान्न, लत्ताकपडा तथा जीवनशैलीमा नकारात्मक प्रभाव परिरहेको छ । हाल अवस्था न्यून तथा मध्य आए भएका व्यक्तिहरूको जीवनशैली कठिन हुने गरेको छ । हाल पाकिस्तानको वैदेशिक ऋण करिब १३० बिलियन डलर रहेको छ । विदेशी मुद्रा सञ्चिति १२ बिलियन डलर रहेको छ ।यस्तै अवस्थामा पाकिस्तान कुनै बेला आर्थिक रूपमा बेहालको अवस्थामा पुग्ने देखिन्छ ।
समग्रमा गलत आर्थिक तथा सामाजिक नीति, पहिचान मास्ने गतिविधि तथा प्रस्ट राष्ट्र नीतिको अभावमा नेपाल पनि असफल राष्ट्र बन्ने सन्निकटमा छ । अतः समग्र राजनीतिक शक्ति, बुद्धिजीवी तथा नेपालीहरू एकजुट भई राष्ट्र को पहिचान राखी सबल आर्थिक नीति लिएर लोकतन्त्रको जगेर्ना गर्ने कार्यमा तत्काल गम्भीर हुन जरुरी छ ।
सैनिक शक्तिको तवरले पाकिस्तान विश्वको १० औँ स्थानमा रहेको छ । करिब ६लाख जति स्थलगत सैनिक,करिब ४ सय ५० सैनिक विमानले सुसज्जित पाकिस्तानको आणविक हतियारबाट समेत सम्पन्न राष्ट्र हो । सुरुमा पाकिस्तानको शत्रु राष्ट्रका रूपमा भारत थियो, जोसँग तीन वटा युद्ध पनि भइसकेको छ ।
हाल पाकिस्तान र इरानको बिच भएको सैनिक मुठभेडले गर्दा सैनिक क्षमतामा ठुलो दबाब सृजना भएको छ । हालको अवस्थामा पाकिस्तान भारत मात्र नभई छिमेकी राष्ट्रहरू इरान तथा अफगानिस्तानसँग पनि सुरक्षाको तनावमा रहनु परेको छ । हुन त पाकिस्तान मुस्लिम राष्ट्र हो, तर बहुसंख्यक सुन्नी समुदाय तथा अल्प सङ्ख्या सिया समुदाय बिच ठुलो द्वन्द्व छ । त्यसमा पनि अल्पसङ्ख्यक हिन्दु,बौद्ध क्रिस्चियन लगायतका समुदायहरू बहुसंख्यक मुस्लिम समुदायबाट प्रताडित छन् । पाकिस्तान आफैँमा आतङ्कवादबाट प्रताडित राष्ट्र हो र लगातार रूपमा बम विस्फोटनका घटनाहरूले पाकिस्तानको सुरक्षा अवस्था चिन्ता जनक छ । पृथकता बादी क्लुस्तन तथा सिँधी समूहहरू पनि पन्जाबी समुदाय बिच पनि सङ्घर्ष छ । समग्रमा पाकिस्तानको आन्तरिक तथा बाह्य सुरक्षा पद्धति पनि नाजुक नै छ ।
पाकिस्तानको हालको आर्थिक, सामाजिक तथा सुरक्षाको दृष्टिकोणले यो नाजुक अवस्थामा पुग्नका कारणहरू धेरै छन् । मूलभूत कारण भनेको पाकिस्तानको दयनीय लोकतन्त्र नै हो । हालसम्म कुनै पनि सरकारले ५ वर्षे कार्यकाल पुरा गर्न सकेको छैन । र, धेरै जसो सत्ता र सरकार सैनिक शक्तिको छायामा रहन पुग्यो । कुनै पनि देशको दिगो विकासको लागि लोकतन्त्रको अवस्थामा सुधार हुनुपर्ने हुन्छ ।
पाकिस्तानको अर्को समस्या भनेको पहिचान पनि हो । हुन त सन् १९४७ मा मुस्लिम राष्ट्रको रूपमा भारतबाट अलग भए पनि आफ्नो इतिहास तथा पहिचानलाई कायम गर्न सकेनन् । हुन त पाकिस्तान भनेको परिवर्तित मुस्लिम नै हुन र उनका पुर्खा कुनै समयमा हिन्दु नै थिए । धर्म मुस्लिम भए पनि संस्कृति त सनातन नै हो । यसलाई पहिचान नगर्नु नै पाकिस्तान विकासको बाधक हो । अर्को भाषा पनि हो । बहुसङ्ख्यक पन्जाबी भाषा बल्ने भएता पनि उत्तरी भारतमा बोलिने उर्दुलाई जबरजस्ती राष्ट्रिय भाषाको रूपमा अगाडि बढाउँदा पनि ठुलो भाषिक असमानता बढेको छ ।
पाकिस्तानले आफ्नो आर्थिक विकास गर्न सामाजिक तथा आर्थिक क्षेत्रमा लगानी गर्नुको सट्टा सैनिक क्षमतामा विस्तार गर्दा आर्थिक रूपले देश सङ्कटमा पुग्न गयो । राष्ट्रको प्रस्ट परराष्ट्र नीति नहुँदा हालको विश्वमा पाकिस्तानको भूमिका न्यून रहन पुगेको छ ।
नेपाल पनि पाकिस्तान जस्तै असफल राष्ट्रको अवस्थामा पुग्न लागेको अवस्था छ । हुन त नेपालमा पनि लोकतन्त्र छ भन्छौँ तर जनताले अनुभूत गर्ने खालको लोकतन्त्रको आभास हालसम्म मिल्न सकेको छैन । देशमा चरम भ्रष्टाचार हुँदा पनि सरकार तथा बौद्धिक वर्ग चुपचाप बस्नु भनेको भविष्यमा हुन सक्ने निम्त्याउन लागिरहेको भान हुन्छ ।
नेपाल एउटा बहु धर्म तथा संस्कृति रूपमा धनी राष्ट्र हो तर विभिन्न बहानामा यहाँको धार्मिक तथा संस्कृति माथि धावा बोल्न गरिएको छ । जसले गर्दा नेपालको पहिचान समेत लुप्त हुने सम्भावना छ । आर्थिक रूपले पनि विकास तथा आर्थिक क्रियाकलापहरू अगाडि बढाउनुको साटो प्रशासनिक तथा राजनीतिक व्यवस्थामा नै ठुलो धनराशि खर्च भइरहेको छ, जसले गर्दा आर्थिक दुरवस्था ल्याइरहेको छ ।
समग्रमा गलत आर्थिक तथा सामाजिक नीति, पहिचान मास्ने गतिविधि तथा प्रस्ट राष्ट्र नीतिको अभावमा नेपाल पनि असफल राष्ट्र बन्ने सन्निकटमा छ । अतः समग्र राजनीतिक शक्ति, बुद्धिजीवी तथा नेपालीहरू एकजुट भई राष्ट्र को पहिचान राखी सबल आर्थिक नीति लिएर लोकतन्त्रको जगेर्ना गर्ने कार्यमा तत्काल गम्भीर हुन जरुरी छ । यदि चाँडै नै हामी समालिएनौ भने नेपालीहरूको दूर गतिका दिन धेरै टाढा छैन । समयमा नै चनाखो हुने हो कि ?