भूपराज खड्का | समाचार | फागुन ११, २०८०
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको वर्तमान नेतृत्व नियुक्तिदेखि हरेक निर्णयहरु विवादस्पद हुने गरेको छन् ।
हरेक निर्णय विवादमा मात्र परेका मात्रै छैनन् कोही निर्णय अख्तियार दुरुपयोग अनुसन्धानको छानविनको क्रममा रहेका छन् कोही सतर्कता केन्द को छानविनमा छन् त कोही अदालतमा विचाराधिन अवस्थामा रहेका छन् ।
पछिल्लो प्रज्ञा–प्रतिष्ठानको परिसरमा रहेका रुख र रुखका हाँगा काट्न दिने कुरा पनि त्यस्तै रहस्यमय र विवादस्पद बनेको मात्र होइन काठमाडौँ महानगर पालिका बाताबरण संरक्षण बिभाग र जिल्ला बन कार्यालय काठमाडौंले ‘रुख र रुखका हाँगा काट्न’ रोक लागाउने अवस्था नै सृजना हुन छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको वर्तमान नेतृत्वले ‘मै हुँ राज्य, मै हुँ नियम,मै हुँ कानून’ भन्ने ‘अहम’ र ‘बहुलट्ठी पूर्ण’ निर्णयका कारण प्रज्ञा–प्रतिष्ठान जस्तो प्राज्ञिक संस्थाको नेतृत्व पुनः विवादमा परेको मात्र होइन नेपाल प्रज्ञा–प्रतिष्ठानको परिसरलाई कुरुप बनाउने कार्यमा तल्लीन केही कर्मचारीको निहित स्वार्थमा पुरा गर्न तल्लिन छ भन्ने कुरा पुनः पुष्टि गरेको छ ।
केही कर्मचारीको निहित स्वार्थमा सुरु भएको रुखका हाँगा काट्ने र लैजाने प्रपञ्चमा कार्यमा काठमाडाैँ महानगरपालिका र बन कार्यालय काठमाडौंले रोक लगाए पछि रुखका हाँग काटेको ज्याला वापत १ लाख ४५ हजार ज्याला उल्टै नेपाल प्रज्ञा–प्रतिष्ठान भुक्तानी दिनुपर्ने अवस्थामा पुगेको छ ।
कसरी सुरु भयो रुखको हाँगा काट्ने प्रपञ्च ?
नेपाल प्रज्ञा–प्रतिष्ठानको भौतिक संसाधन व्यवस्थापन महाशाखा प्रमुख सन्ध्या पहाडी केही समयदेखि रुखका हाँगा काट्नु पर्छ भनेर कुलपति तथा सदस्यसचिव डा.धनप्रसाद सुवेदी सुझाउँदै आएकी थिइन । यसका लागि विगतमा मानिसलाई हिँड्नका लागि असहज भएका हाँगा काट्न दिएका नजिरलाई देखाउने गरेकी थिइन । पहाडीको सल्लाहमा उनले चिनजानका र नेपाल प्रज्ञा–प्रतिष्ठान आधिकारिक ट्रेड युनियनका अध्यक्ष धनबहादुर कार्कीका सिफारिसका साँखु निवासी काठ ठेकेदार दिपेश गिरीलाई नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति भूपाल राई समक्ष ‘रुखहरूको हाँगाबिँगा कटिङ बारे’ एउटा निवेदन लगाउन लगाएको प्रज्ञा–प्रतिष्ठानका एक कर्मचारीले लोकसंवादलाई जानकारी दिएका छन् ।
आवश्यक अगाडि प्रकृया अगाडि बढाउने’ भनेको छ । टिप्पणी उठेको होला । पछि निर्णय गर्ने गरी गर्नुभयो कि काठमाडौँ गएपछि भन्न सकिन्छ । उहाँहरुको पनि जिम्मेवारी हो । सबै (हाँगा काट्ने) काम पनि प्राज्ञ–परिषदले निर्णय गर्नुपर्ने नपर्ने चाहि थाहा भएन । बनसँग अनुमति लिने कुरा पनि आफुलाई जनाकारी भएन’ । प्रज्ञा–प्रतिष्ठानका निवर्तमान सदस्यसचिव प्रा.जगतप्रसाद उपाध्यायको भनाई छ–‘हाम्रो उत्तराधिकारी पदाधिकारीहरुले परिसरका रुख काट्ने निर्णय ‘बहुलट्ठी पूर्ण’ छ ।
यही प्रपञ्चमा अन्तर्गत दिएको निवेदनमा नै ‘नेपाल प्रज्ञा–प्रतिष्ठानको कम्पाउण्डमा भित्रको रुखहरूको हाँगा कम्पाउण्ड बाहिर सडक अवरोध हुने भएकोले यस कार्यलयको सम्बन्धित व्यक्तिले फोन सम्पर्क गरेर रुखको हाँगा पर्ने भनेको’ ले भनि उल्लेख गरेका छन् । लोकसंवादसँग कुरा गर्दै रुख काट्ने निवेदन दिने दिपेश गिरीले केही पनि नबोल्ने २० युट्युबर बोलाउने र यथार्थ बताउने त्यही हेर्नु भनेर जवाफ दिएर फोन राखे । पुनः गिरी आफैँले फोन गरेर त्यसरी फोन गर्ने मानिसको नाम भन्न नमिल्ने जिकिर गरे ।
२०८० माघ १६ गते उपकुलपति भूपाल राईलाई सम्बोधन गरि दिएको निवेदनमा उपकुलपति भूपाल राईले सदस्य सचिव डा. धनप्रसाद सुवेदीलाई ‘सचिव ज्यू कार्यन्वयनको लागि’ भनि १६ गते नै तोक लगाएको कुरा दिपेश गिरीले दिएको निवेदन (जो लोकसंवादलाई प्राप्त छ)मा प्रस्ट देखिन्छ । यसरी उपकुलपतिको तोक लागेकै दिन अर्थात् १६ गते नै सदस्य सचिव डा. धनप्रसाद सुवेदीले पनि ‘श्री भौतिक संसाधन व्यवस्थापन महाशाखा ‘श्री भौतिक संसाधन व्यवस्थापन महाशाखा,आवश्यक अगाडि प्रकृया अगाडि बढाउने’ भनि तोक लगाएका छन् । यसरी प्राप्त निवेदनमा २०८० माघ २५ गते भौतिक संसाधन व्यवस्थापन महाशाखा प्रमुख सन्ध्या पहाडीले पनि भवन महाशाखा प्रमुख सुरेन्द्र काजी सिन्दुराकारलाई ‘श्री भवन प्रमुख रुखको हाँगाहरू कटिङ गरी छाँटकाँट गर्न आवश्यक व्यवस्था मिलाउने’ भनि तोक आदेश लगाइन ।
सोही आदेशलाई भवन महाशाखा प्रमुख सुरेन्द्रकाजी सिन्दुराकारले पनि २०८० माघ २६ गते श्री श्यामराज पाहाडी (माली बाहेक) प्रज्ञा–प्रतिष्ठानका रुखहरूको हाँगा काट्न लगाउने र पछि फेरी हाँगा काटेको ठाउँमा पलाउने गरी आवश्यक व्यवस्था मिलाउने’ भनि आदेश दिए । यसरी प्रज्ञा–प्रतिष्ठानको हरियालीलाई उजाड बनाउने प्रपञ्च रचियो र भटाभट हाँगा मात्र होइन रुखहरु काट्ने कार्य भटाभट थालियो ।
कर्मचारीको बिरोध, अवरोध हुँदै उजुरीसम्म
नेपाल प्रज्ञा–प्रतिष्ठानका परिसरमा रहेका रुखहरु भटाभट काटिन थालेपछि केही कर्मचारीले प्राज्ञ परिषदको निर्णय पश्चात मात्र रुख काट्न अनुरोध गर्दा नमानेर भौतिक संसाधन व्यवस्थापन महाशाखाका प्रमुख सन्ध्या पहाडीको आदेश छ भनेर अवरोध गर्ने कर्मचारीलाई धम्क्याउन थाले पछि केही कर्मचारी काठमाडौ महानगरपालिका बातावरण संरक्षण बिभाग र जिल्ला बन कार्यालय काठमाडौमा उजुरी लिएर गएपछि दुबै निकायले नेपाल प्रज्ञा–प्रतिष्ठानमा रहेका हरियाली बाताबरण बिगार्न रोक लगाई सकेको छन् । तर रोक लगाउनु भन्दा अगाडि ७५ प्रतिशत भन्दा बढी नेपाल प्रज्ञा–प्रतिष्ठानका रुखहरूका हाँगादेखि रुख काटेको प्रस्टसँग देख्न सकिन्छ ।
समाजिक सञ्जालहरुमा व्यापक विरोध भएको मात्र नभइ काठमाडौ महानगरपालिका र जिल्ला बन कार्यालय काठमाडौमा उजुर गरेको जानकारी हुनासाथ भौतिक संसाधन व्यवस्थापन महाशाखाका प्रमुख सन्ध्या पहाडीले आफैले ‘सजिलो ठाउँको मात्र कटेकोे’ भन्ने बहानामा आफैँले हाँगा काट्न रोकी सकेकी पनि थाहा हुन आएका छ । हाँगा काटन निवेदन दिने दिपेश गिरीले लोकसंवादसँग भने ‘सन्ध्या मेडमले सजिलो सजिलो हाँगा मा काटेको भनेर रोक्नु भएको छ । पछि त काठमाडौ महानगरपालिका र बन कार्यालय आयो भन्ने सुनेको छु । पहिला दैनिक २५ सयका कामदार लगेर रुखको हाँगा काटेको तर अप्ठेरो रुखको हाँगा काट्न दैनिक ५हजारको मान्छे लगाएकाले दैनिक ज्याला प्रज्ञा–प्रतिष्ठानले उपलब्ध गराउनुपर्छ । कि हाँगाबिँगा सबै दिनु पर्छ कि ज्याला दिनु पर्छ ।’
हाँगाबिँगा चोरीदेखि ज्यालासम्म विवाद
न निवेदनमा न कही पनि यसरी काटिएका हाँगाबिँगा कस्ले लैजाने केही उल्लेख छैन । ठेकेदार गिरी भन्छन् –‘हाँगाबिँगा लाने गरी आफुले जिम्मा लिएको प्रज्ञा–प्रतिष्ठानको जिन्सी शाखालाई आफुलाई केही पनि बाहिर लान नदिएको हुँदा आफनो १लाख ४५ हजार ज्याला वापतको रकम उपलब्ध गराउनु पर्छ ।’ उनको थप भनाई छ–‘मलाई एक टुक्रा पनि बाहिर लान नदिने तर प्रतिष्ठानका कर्मचारीको मिलोमतोमा बोरामा हाल्दै बोराका बोरा दाउरा चोरी भएको छ । यसरी चाेरी प्रमाण मसँग छ बोरामा हालेका दाउराको फोटो उपलब्ध तपाइँलाई गराउँछु । ६ हजार किलो जति दाउरामा अव ४ हजार पनि बाँकी छैन ।’
'आवश्यक प्रकृया' मा बखेडा !
प्रज्ञा–प्रतिष्ठानका उपकुलपति भूपाल राईको ‘कार्यन्वयनका लागि’ र सदस्यसचिव डा. धनप्रसाद सुवेदीको ‘आवश्यक अगाडि प्रकृया अगाडि बढाउने’ तोकलाई आधार बनाई भौतिक संसाधन व्यवस्थापन महाशाखाका प्रमुख सन्ध्या पहाडीले दिएको आदेश नै विवादमा परेको छ । सदस्यसचिव डा. धनप्रसाद सुवेदीले भने– ‘आवश्यक अगाडि प्रकृया अगाडि बढाउने’ भनेको छ । टिप्पणी उठेको होला । पछि निर्णय गर्ने गरी गर्नुभयो कि काठमाडौँ गएपछि भन्न सकिन्छ । उहाँहरुको पनि जिम्मेवारी हो । सबै (हाँगा काट्ने) काम पनि प्राज्ञ–परिषदले निर्णय गर्नुपर्ने नपर्ने चाहि थाहा भएन । बनसँग अनुमति लिने कुरा पनि आफुलाई जनाकारी भएन’ । प्रज्ञा–प्रतिष्ठानका निवर्तमान सदस्यसचिव प्रा.जगतप्रसाद उपाध्यायको भनाई छ–‘हाम्रो उत्तराधिकारी पदाधिकारीहरुले परिसरका रुख काट्ने निर्णय ‘बहुलट्ठी पूर्ण’ छ । हामीलाई त लाज भइरहेको छ । रुख काट्नु पूर्व बन कार्यलयको स्विकृति लिने समान्य प्रकृया पनि पुर्याएको देखिएन । बिगतमा अनुमति लिने गरिएको थियो । एउटा ठाडो निवेदनका भरमा प्रज्ञा–प्रतिष्ठानका रुखका हाँगा काट्न दिने निर्णय ‘हचुवा’ देखिन्छ ।