ऋतु आशिक | साहित्य | फागुन १२, २०८०
गाउँ–गाउँबाट उठ !
पहाड–पहाडबाट उठ !
मधेश–मधेसबाट उठ !
हिमालको फेदीबाट उठ !
भारतीय सरकारका तलुवा चाट्ने विरुद्ध उठ !
भारतीय दलालहरूको झुण्ड विरुद्ध उठ !
भारतीय सरकारको विस्तारवादी नीति विरुद्ध उठ !
एमाले, नेपाली काँग्रेस, माओवादी, राप्रपा विरुद्ध उठ !
देशभक्त शक्तिहरू हो उठ !
यो युद्ध हो देशघातीहरूका विरुद्ध उठ !
एमाले, काँग्रेसलाई विश्वास गर्यो
मिलेरै स्वार्थका पोका भित्राएर
महाकाली बुझाए
देशप्रति घात गर्दै
भारतीय नागरिकहरूलाई
नेपाली बनाउँदै
सिक्किम पुनरावृत्तिको छनक देखाउँदै छन् ।
सबै सबै पार्टी एक भएर
देशप्रति घात माथि घात गरिरहेको छ ।
सरकारी–जग्गा, जमिन
माफियाहरूलाई बुझाउँदै छ सरकार
पक्रने छोड्ने नाट्यलीलामा
अदालत र सरकार नै लागि परेको छ ।
सबै सबै पार्टीका देशघातीहरू
गला मिलाएर
काँग्रेस, एमाले, राप्रपा, माओवादी
सण्ड मुसण्ड नेताहरूलाई
अरवौ अरवको ललीपप चटाएर
देश माथि घात माथि घात गरिरहेका छन् ।
युरेनियम देशको अमूल्य सम्पत्ति
तीन करोड नेपालीको ऐश्वर्यता
पाँचसय वर्ष ओढेर खान पुग्थ्यो रे
ती अथाह सम्पत्ति
यसबेला एम.सी.सी.को वहानामा
अमेरिकी सरकार दोहन गरिरहेको छ ।
भारत सरकारलाई साक्षी राखेर
हो ! अमेरिकी सरकार
लुट खसौटमा सामेल भएको छ ।
राजा महेन्द्र !
राजा वीरेन्द्रद्वारा प्रतिपादित
शान्तिक्षेत्रका ऋचाहरू अझै गर्जिदै थिए ।
पार्टीको आडमा मठाधीशहरूद्वारा कुम्ल्याएका
हाम्रा अमूल्य गर्वहरू
बाँसबारी छालाजुत्ता कारखाना
हिमाल सिमेन्ट कारखाना
वीरगञ्ज सुगर मिल्स
विराटनगर जुल मिल्स
यस्तै–यस्तै देश उठाउने
झण्डै झण्डै तीनसय तादातका फेक्ट्रीहरू
विभिन्न पार्टीका एवं
भारतीय दलालका सुण्ड मुसुण्डहरूले कुम्ल्याएका छन् ।
देशका यी धरोहरहरू फर्काइनु पर्छ
सबै पार्टीका लाई लछार्दै लछार्दै फर्काइनु पर्छ
खसी खुइलाए झैँ खुइल्याउनु पर्छ ।
देशप्रतिका घात प्रतिघात
युद्धस्तरमा बन्द गरिनु पर्छ ।
देशले स्वतन्त्रताको उच्छवासमा
राष्ट्रियताको पल्लवित हुन पाउनुपर्छ ।
पार्टीको आडमा गरिएका देश द्रोह विरुद्ध
जनताको चेतन शीलता
यसबेला आकाशिंदै छ ।
झन्–झन् प्रबल भएर उम्रिरहेको छ ।
देशघातका विरुद्ध
जो जहाँ भेटिए पनि
ताछ्नुको विकल्प छैन
आउ ताछौं र सुन्दर नेपालको सृष्टि गरौँ ।
तरहरा, इटहरी
२०८० फाल्गुण ६ गते आइतबार