‘प्रत्येक नयाँ अभिनयमा नयाँ जीवन जिउनुपर्छ’ -राजेश हमाल

‘प्रत्येक नयाँ अभिनयमा नयाँ जीवन जिउनुपर्छ’ -राजेश हमाल

लोकसंवाद संवाददाता  |  समाचार  |  फागुन १९, २०८०

काठमाडौं ।‘हरेक व्यक्ति आफैंमा एक भव्य व्यक्तित्व हो, आफ्नो पहिचान र सीपमा गर्व गर्नुपर्छ, प्रत्येक व्यक्ति आफैंमा पृथक हो,’ सयौं विद्यार्थीलाई प्रवचन दिइरहेका नायक राजेश हमाल तिनलाई केही टिप्स बाँडिरहेका थिए, ‘मिहिनेत र आफु माथिको विश्वासले मात्रै व्यक्ति जीवनमा अघि बढ्नसक्छ ।’

काठमाडौं, सीतापाइलाको विल्सन एकेडेमीमा शनिबार आयाेजित २९ औं वार्षिकोत्सवका प्रमुख अतिथि राजेश हमाल विद्यार्थीहरुसँग अन्र्तक्रिया गरिरहेका थिए, ‘सबैकुरा एकै व्यक्तिले राम्रो गर्न सक्दैन, तर कुनै एक विषयमा हरेक व्यक्ति अब्बल हुनसक्छ ।’ उनी भनिरहेका थिए– विद्यार्थीले पढाइमा कसरी राम्रो गर्नसक्छ ? अनुशासन केमा जरुरी छ ? विद्यार्थीहरुलाई अहिले विकसीत भइरहेको मोबाइल र अन्य प्रविधिले कसरी अवरोध पनि गरिरहेको छ ? उनले भने, ‘बालबालिकाका लागि अवरोध धेरै छ, त्यो अवरोध चिर्ने जिम्मेवारी अभिभावक र गुरुहरुको हो ।’

कक्षा १० का विद्यार्थी समन अर्यायले नायक राजेशलाई प्रश्न सोधे, ‘अभिभावकहरु छोराछोरीलाई अभिनयमा नजाओस् भन्ने चाहन्छन्, तिनलाई तपाईंको सुझाव के छ ?’ यो प्रश्नपछि राजेश हमाल केहीबेर घोत्लिए र आफ्नै अभिनयका पुराना दिनतिर फर्किए, ‘दर्शकको भाग्य र मायले म ३५ वर्षसम्म अभिनयमा टिकें, एउटा फिल्ममा अभिनय गरिसकेपछि अर्को फिल्म पाउँछु कि पाउँदिन, डरैमै बस्नुपथ्र्यो ।’

राजेशले अभिनयका केही तनाव पनि बाँडे,, केही सुझाव पनि पेश गरे । हमालले भने, ‘हरेकप्रल्ट नयाँ अभिनय गर्न नयाँ जीवन जिउनुपर्छ । तपाईंसँग आत्मविश्वास छैन भने अभिनयमा नआउनुस । अभिनय सुरक्षित पेशा होइन, लगाव, आस्था र आफुमाथिको विश्वास नभए अभिनयमा टिक्न सकिँदैन, शतप्रतिशत आत्मविश्वास लिएर मात्रै अभिनयमा आउनुस । अरु पेशाजत्ति र अभिनयमा करिअरको सुनिश्चितता छैन ।’

विद्यालयका अध्यक्ष अर्जुनसिंह ठकुरीले वार्षिकोत्सवमा वर्षभरिका स्कुलका प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए । ठकुरीले भने, ‘विद्यार्थीलाई शैक्षिक मात्रै होइन, अतिरिक्त क्रियाकलापसहित जीवन उपयोगी सीप पनि सिकाउनुपर्छ ।’