अमेरिकी सेना ! मुस्ताङबाट फर्क

अमेरिकी सेना ! मुस्ताङबाट फर्क

ऋतु आशिक  |  साहित्य  |  चैत १५, २०८०

छिमेकीले हामी माथि
दमन माथि दमन थोपरेर 
कहिले लिम्पियाधुरा
कहिले कालापानी 
कहिले लिपुलेक
हस्तक्षेप डकैती शैलीमा
युद्धस्तरमा बाटो निर्माण गरिरहेका छौ । 
त्यसताका –
चिनियाँ भारतीय युद्धको पटाक्षेपमा 
हामीसँग हार गुहार माग्यौ 
राष्ट्र निर्माणका वंशहरूबाट
आश्रय दिएका थिए 
युद्धमा मार खाएर 
हामीसँग आश्रय स्थल मागेका थियौ
तथास्तु राजा महेन्द्रबाट भनिएको थियो । 
यसबेला –
ती आश्रयस्थल आफ्नै बपौती बनाएका छौ । 
हाम्रो भूमि कब्जा गर्दै –
युद्धस्तरमा सडक निर्माण गर्दैछौ 
तिम्रो यो घटिया हस्तक्षेपको विरोध गरेका गरेका छौ । 
आऊँ हामी संयुक्त राष्ट्रसंघ गुहारौँ । 

अमेरिकी सरकार !
मुस्ताङ आम नेपालीको स्पन्दन हो । 
अथाह सम्पत्तिको मुहान हो । 
युरोनियम नेपाली भूमिको पहिचान हो । 
हाम्रो मुलुकको अथाह सम्पत्ति हो । 
मुलुक भित्रका झोले नेताहरू रिझाएर 
विभिन्न पार्टीका मठाधीशहरू
मुलुकलाई घात प्रतिघात गरिरहेका छन् । 
ती नेताहरूको सम्पत्ति छानविन 
युद्धस्तरमा गर्ने छौ 
हाम्रो वैभव समृद्धि 
हाम्रो पहिचान
तिमी डकैती शैलीमा आएका छौ । 
लाज लाग्दैन अमेरिकी सरकार !
मानव अधिकारको पाठ पढाउँदै हिँड्छौ त ? 
तिम्रो यो घृणित हर्कत विरुद्ध 
अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने छौ । 
यो कवितामय फरमान हो । 
हो ! संयुक्त राष्ट्रसंघको कार्यालयमा
मुद्दा हाल्ने नै छौ । 
समृद्ध वैभवशाली अथाह सम्पत्ति 
डकैती गर्न दिने छैनौ । 
हो ! डकैती गर्न दिने छैनौ 

अमेरिकी सरकार !
हामी तिमीसँग युद्ध गर्न गएका छैनौ 
मेरो बुद्धको जन्मस्थल भूमिमा 
अमेरिकी सैनिक र प्लेनका दस्ताहरू
मेरो भूमिको आकाश माथि किन उदाइ रहन्छौ ? 
किन युद्ध आह्वानको परेड खेलिरहेका छौ । 
तिम्रो यो दादागिरी उपस्थितिको 
मेरो अन्तस्करण बाटै घृणा गर्छु । 

अमेरिकी सरकार !
तिम्रो आफ्नो घटिया हर्कत 
झन्–झन् उफारिरहेका छौ 
हाम्रो मुलुकको अथाह सम्पत्ति 
हाम्रो वैभवता
तिमीलाई नपच्ने रहेछ । 
हामीलाई थाहा छ । 
हामीसँग युरेनियमको वैभव भण्डार छ । 
हाम्रो संमृद्धिको उज्यालो हो । 
हाम्रो खुशियाली तिमीलाई असह्य पीडा भयो । 
लुट खसौट तिम्रो पैतृक सत्ताको उपज हो । 
हो ! तिमी यसै फर्किँदैनौ ? 
तिमीले आफ्ना धुपौरेहरूलाई !
करोड र अरब बाँडेका छौ !
विभिन्न पार्टीका झोले नेताहरूलाई 
क्रय / विक्रयमा  सामेल गरेका छौ । 

अमेरिकी सरकार !
यो पृथ्वीनारायण जन्मेका देश हो । 
जाई कटक नगर्ने
झिकी कटक नसक्ने 
हाम्रो पुर्खाको नासो भूमि हो । 
हामी आफ्नो भूमि माथि 
तिम्रा प्लेनहरू किन उडाइ रहन्छौ 
हाम्रो भूमिमा कुन उद्देश्यले उडिरहन्छ ? 
ती मुस्ताङका युरेनियम क्षेत्रमा
तिम्रा सैनिकहरूका गतिविधिहरू
युरोनियम भण्डार माथि 
घात माथि घात गरिरहेका छन् । 
तिम्रो यो हरकतको निन्दा गर्छु । 

अमेरिकी सेना !
मेरो देशको युरेनियम 
मेरो देशको वैभवता हो । 
नेपालीको पहिचान हो । 
हाम्रो पैतृक प्रसाद हो 
संयुक्त राष्ट्रसंघ 
तिमी के हेरिरहेका छौ । 
अमेरिकी दादागिरी विरुद्ध किन बोल्दैनौ ? 
अमेरिका मुस्ताङ माथिको उत्खनन् बन्द गर । 
मेरो देशको युरेनियम
मेरो देशको वैभवशाली सम्पत्ति हो । 
मुस्ताङको युरेनियम 
मेरो देशको समृद्धशाली ढोका हो । 
अमेरिकी सेना युद्धस्तरमा जसरी आयौ 
अब फर्कन ढिलो नगर 
युद्धस्तरमा अब तिमी फर्कनु पर्छ । 

२०८० चैत्र ११
तरहरा, इटहरी