सरोज ज्ञवाली | दृष्टिकोण | चैत १८, २०८०
मानव सभ्यताले विभिन्न चरणहरू पार गर्दै हलको अवस्थामा आइपुगेको छ । मानिस ढुंगे युगबाट कृषि युगमा, त्यसपछि औधोगिक क्रान्ति पछि सूचना प्रविधि युगमा प्रवेश गरिसकेको छ । हाल तिब्र तर विज्ञान प्रविधिको विकासबाट हामी कृत्रिम बौद्धिकता अर्थात् ए आईको युगमा प्रवेश गर्दैछौ ।
जसरी औधोगिक क्रान्तिबाट मानवको श्रम शक्तिलाई मेसिनमा रुपान्तरित भयो, त्यसरी नै मानव निहित बौद्धिकता ए आई क्रान्तिबाट मेसिनमा हस्तान्तरण हुन गइरहेको छ र यसबाट भविश्यको संसार कस्तो हुने हो अन्योलमा नै छ ।
ए आई (AI) विकासले हाम्रो सोच, मान्यता तथा धारणहरूमा परिवर्तन अवश्य नै गर्दछ र मुख्यत यसले हाम्रो धर्म र संस्कृतिमा पनि प्रश्न चिन्ह लगाउने छ । के विश्वमा रहेका धर्म र संस्कृति मानवको वौद्धिक अथवा चेतनाबाट विकास भएको हो या कुनै समूहको दमन र शक्तिबाट निर्देशित भएको हो, अब यसको उत्तर करिब तीस वर्ष भित्र ए आईको माध्यमद्वारा हुने छ ।
जब मानव सभ्यता ढुंगे युगमा प्रवेश गर्न थाल्यो, त्यसै समयदेखि सभ्यताको विकास भएको मानिन्छ । हालसम्मको तथ्य अनुसार संसार मुख्य ५–७ वटा पौराणिक सभ्यताको उल्लेख गरेको पाइन्छ । मुख्य रुपमा सिन्धु घाटीको सभ्यता जुन सिन्धु नदीको वरीपरी करिब सात हजार इसा पूर्व विकास भएको मान्यता छ । यसै सभ्यतासँगै हरण्य सभ्यताको पनि उदय भएको मानिन्छ । कति इतिहासकार सिन्धु घाटीको सभ्यतालाई हिन्दु धर्मसँग जोडेको पाइन्छ ।
अर्को महत्वपूर्ण सभ्यताको रुपमा सभैरियन सभ्यता पनि उल्लेख छ, यो करिब ५ हजार इसा पूर्व रहेको पाइन्छ र यसै सभ्यतासँगै मेसोपोटिया र वेविलियन सभ्यतासँग पनि जोडिन्छ । यसै सभ्यतामा असुर शब्द र मान्यताको ठूलो उल्लेख गरेको पाइन्छ । हिन्दु धर्ममा उल्लेख भएको देव र असुर संघर्ष सिन्धु घाटी र सुमोरियन सभ्यतासँग मिल्न जान्छ ।
अतः मुख्यत सिन्धु घाटीको सभ्यताबाट पूर्वी सभ्यताको विकास भएको पाइन्छ र समेरियन सभ्यताबाट पश्चिमी सभ्यताको विकास भएको पाइन्छ । यसैबाट इजिप्टको सभ्यता पनि विकास भएको पाइन्छ ।
अर्को सभ्यताका रुपमा चिनी सभ्यता पनि महत्वपूर्ण छ, यो करिब पाँच हजार इसा पूर्वमा विकास भएको पाइन्छ । हालको आधुनिक पश्चिमी सभ्यताको विकास ग्रीक र रोमन सभ्यताको विकास क्रम हो । यसरी सभ्यताको विकाससँगै धर्म र संस्कृतिको विकास भएको थियो ।
धर्मको रुपमा हाल संसारमा चार धर्महरू महत्वपूर्ण छन्, हिन्दु, वौद्ध, क्रिस्चियन र इस्लाम । यस मध्ये सबै भन्दा पुरानो धर्म हिन्दु धर्म नै हो । र, यसलाई केही वर्गहरू सनातन धर्मका रुपमा व्याख्या गर्दछन् । अतः सनातन धर्म भनेको पारम्परिक रुपमा मानिरहेको परम्परा नै हो । हिन्दु धर्मको उत्पति बरे कुनै तथ्यगत प्रमाण नभएपनि केही पुरातत्वविद्को भनाइ अनुसार करिब ३००० इसा पूर्वदेखि शुरुवात भएको मानिन्छ ।
मानिसबाट विश्लेषण गर्दा मानवीय अवधारणा आउँदा प्रश्न चिन्ह लाग्ने गरेको छ । तर एआईबाट व्याख्या हुँदा मानवीय आग्रह नआउने हुँदा प्रश्न गर्ने ठाउँ रहने छैन । जसले गर्दा के वेदमा सम्पूर्ण ज्ञान भण्डार छ त ? रामायण तथा महाभारतमा उल्लेख भएका घटनाहरु सत्य छ त ? हे हाम्रा मान्यता हरु धार्मिक छन् त ? यी प्रश्नका उत्तरहरू ए आईबाट आजको २०–३० वर्ष आउने छ ।
हिन्दु दर्शन अनुसार ६ भागमा विभाजन भएको पाइन्छ, न्याय,सांख्य,योग, वैसिखा, पूर्व मिमांशा र उत्तर मिमाशं(वेदान्त) दर्शन । यसै अनुसार हिन्दु धर्म चार वेद तथा १०८ उपनिषदबाट निर्देशित छन् । करिब २५०० वर्ष अगाडि वौद्ध र जैन धर्मको विकास भएको पाइन्छ । वौद्ध धर्मको विकास गौतम बुद्धबाट भयो भने जैन धर्मको विकास पनि महावीरबाट भएको पाइन्छ । वौद्ध धर्म र जैन धर्ममा केही समानता पनि छन्, दुबै धर्मले ईश्वरको अस्तित्वलाई स्विकार गर्दैनन् । र पुनर्जन्मको मान्यता अथवा कर्मको सिद्धान्तलाई स्विकार गर्दछन् । तर जैन धर्मले आत्माको अस्तित्वलाई स्विकार गर्दछन् ।
तर जैन धर्मले आत्माको अस्तित्वलाई स्विकार गर्दछ भने वौद्ध धर्मले प्रत्यक्ष रुपमा आत्मको अस्तित्व स्विकार गर्दैन र क्रिस्चियन र इस्लाम धर्मलाई बुझ्न अब्राहम धर्मलाई जरुरी छ । अव्रहिम धर्मको विकास करिब २००० इसा पूर्वमा भएको मानिन्छ । यसैबाट यहुदी, क्रिसिमन र इस्लाम धर्मको विकास भएको हो । यी सबै धर्मले ईश्वरको अस्तित्वलाई स्विकार गर्दछन् र ईश्वरबाट प्राप्त निर्देशनलाई पालन गर्नु धर्म ठान्दैछन्।
अतः संसारमा धर्म दुई अवधारणाबाट विकास भएको ईश्वरको अस्तित्व र आत्म र पुनर्जन्मको मान्यता स्विकार गर्दैनन् र पुनर्जन्मको सिद्धान्तलाई स्विकार गर्दछ । तर आत्माको अस्तित्व स्विकार गर्दैनन् । जैन धर्म पनि ईश्वरको अस्तित्व स्विकार गर्दैनन् र पुनर्जन्म र आत्माको अस्तित्व स्विकार गर्दछ ।
यहुदि क्रिसियन र इस्लाम धर्मले ईश्वरको अस्तित्व स्विकार गर्दछन् । र पुनर्जन्मको मान्यता स्विकार गर्दैनन् ।र, आत्माको अस्तित्व पनि स्विकार गर्दैनन् । तर हिन्दु धर्ममा भने ईश्वरको अस्तित्व स्विकार गर्ने पनि छन् र अस्विकार गर्ने पनि छन् । तर मूलभूत रुपमा पुनर्जन्म र आत्मको अस्तित्व हिन्दु धर्मले स्विकार गर्दछन् । यसै धारणा अनुसार ध्यान, पूजा, प्रार्थना विधिको शुरुवात भएको हो ।
विश्वमा भएको धर्मका अस्तित्व धार्मिक पुस्तक र निर्देशन, धार्मिक नेतृत्व वर्गको विचार निर्देशन र परम्परागत चलि आएका मान्यताबाट भएको पाइन्छ । यसबारे केही व्यक्तिहरु चिन्तन र मनन गरेता पनि धर्मको बारे खुलेर व्याख्या गरेको पाइन्न । तर अब ए आईको युगमा धर्मको बारेमा व्याख्या, आलोचना र समालोचना सबै हुन्छ । जसले गर्दा हालको मान्यता र मूल्य परिभाषित हुने छ ।
हालको ए आईको आइ क्यु लेभल १५५ जति मानिएको छ । जै अति बौद्धिक क्षमताको मानिसको क्षमता हो । आइन्सटाइन जस्ता वैज्ञानिकको क्षमता बराबर हो । अबको दश वर्ष भित्र ए आईको आइ क्यू लेभल ५०० जति पुग्ने अनुमान छ । र अबको पचास वर्ष भित्र ए आईको आइ क्यू लेभल ५००० जति पुग्ने छ । यस अवस्थामा विश्व परिदृश्य कस्तो हुने हो, हनुमान गर्न सकिन्न ।
अव पस्न उठ्छ, ईश्वरको अस्तित्व छ वा छैन ? आत्माको अस्तित्व छ वा छैन ? पुनर्जन्मको धारणा सत्य हो वा होइन? यी प्रश्नको उत्तर एआईबाट आउने वित्तिकै सम्पूर्ण धर्मको अस्तित्वमा प्रश्न चिन्ह लाग्ने छ । सँगसँगै हिन्दु धर्मका ग्रन्थहरू वेद, उपनिषद, रामायण महाभारत र पुराणको विश्लेषण एआईबाट हुनेछ । मानिसबाट विश्लेषण गर्दा मानवीय अवधारणा आउँदा प्रश्न चिन्ह लाग्ने गरेको छ । तर एआईबाट व्याख्या हुँदा मानवीय आग्रह नआउने हुँदा प्रश्न गर्ने ठाउँ रहने छैन । जसले गर्दा के वेदमा सम्पूर्ण ज्ञान भण्डार छ त ? रामायण तथा महाभारतमा उल्लेख भएका घटनाहरु सत्य छ त ? हे हाम्रा मान्यता हरु धार्मिक छन् त ? यी प्रश्नका उत्तरहरू ए आईबाट आजको २०–३० वर्ष आउने छ ।
यस्तै प्रकारले क्रिस्चियन धर्ममा उल्लेख भएका घट्नाहरू ? ईश्वरको पुत्र वा देवदूत हुन त ? के बाइबलमा उल्लेख भएका घट्नाहरू सत्य छन् त ? क्रिस्चियन धर्म मान्नेहरु भ्रममा त छैनन् ? यसको उत्तर आउने वित्तिकै क्रिस्चियन धर्म बारे पनि प्रष्ट हुने छ ।