पूर्ण ओली | दृष्टिकोण | बैशाख ११, २०८१
अङ्ग्रेजहरूको भारतमा आगमन भएपछि विभिन्न राज्यहरू लाई कूटनीतिक, छलकपट र युद्ध गर्दै सबैलाई एकीकरण गरी उनीहरूले शासन गर्न थाले । संसारको आधा भाग आफ्नो राज्य बनाएको अङ्ग्रेजले नेपालमाथि पनि धावा हान्यो । तर हाम्रा वीर पुर्खाले आफ्नो देशको सुरक्षा गरिरहे । एसियाका धेरै देशलाई आफ्नो उपनिवेश बनाउन सफल अङ्ग्रेजी शासकले नेपाललाई भने उपनिवेश बनाउन सफल भएनन् । पछि राणा शासन आएपछि राणाहरूले विशाल अङ्ग्रेजी शासक सँग टक्कर लिनु भन्दा राम्रो सम्बन्ध कायम राख्न उचित ठाने र सोही अनुसार गरे । खासगरि पहिलो र दोस्रो महायुद्धमा अङ्ग्रेजहरूलाई गोर्खाली फौजले धेरै ठुलो सहयोग गरेर गुन लगाए । त्यही भएर अङ्ग्रेजले भारत छोड्ने बेलामा नेपालको गुमेको भाग फिर्ता गर्न खोजेका थिए रे । तर राणा शासकले आफ्नो देशको गुमेको जमिन लिनु भन्दा नगद लिएको कुरा इतिहासमा भेटिन्छ । शायद त्यतिखेर नेपालको पूर्व टिस्टा देखि पश्चिम काँगडा सम्मको जमिन फिर्ता लिएको भए भारतले यसरी हामीलाई हेप्न सक्ने थिएन होला ।
अङ्ग्रेजले छोडेर गएपछि इन्डियाको नजर उसका उत्तरी छिमेकी राज्यतर्फ परेको देखिन्छ । शायद इन्डिया अहिलेजस्तो शक्तिशाली भएको भए सिक्किम जसरी नेपाललाई पनि लिन सक्थ्यो होला । तर त्यति खेरको भारतीय नेतृत्वले ती पहाडी राज्यलाई कब्जा गर्नु भन्दा आफ्नो स्वार्थमा चलुन् भन्ने चाहना राखेको देखियो । तर भारतमा इन्दिरा गान्धीको शासनकालमा सिक्किमलाई भारतमा विलय गराइयो । त्यतिखेर भारतका एक जना प्रशासक सिक्किमका राजाको सल्लाहकार भनी नियुक्त गरिन्थ्यो । उनैको सल्लाहमा राजाले नेपाली मूलका मानिसलाई देश निकाला गर्ने योजना बनाएको शङ्का छ । त्यसैको फलस्वरुप राजा विरुद्धको आन्दोलन बढ्दै गएर राजा हटाइयो । त्यसको केही समय पछि नै सिक्किमलाई भारतमा गाभियो ।
सिक्किमको इतिहास केवल नामग्याल बंसको छ । सन १६४२ भन्दा पहिलाको इतिहास लेखिएको छैन । यो सबै अङ्ग्रेजले लेखाएको इतिहास हो । यो इतिहासमा नेपाल टिस्टासम्म पुगेको कुरा लेखिएको छैन । नेपालीलाई सिक्किमको बाँझो जमिनमा खेती गर्नको लागि ल्याइएको भनिएको छ । तर नेपालीहरू धेरै पहिलादेखि नै सिक्किममा बसोबास गरिरहेका थिए । सन १९३५ देखि १९४९ सम्म भोट दिन पाए पनि भोटको भ्यालु असमान थियो । नेपालीको ५ भोट बराबर भोटेको १ भोट हुन्थ्यो । सिक्किमको आफ्नो करेन्सी थिएन । टकसारले नेपाली भाषामा पैसा छापिन्थ्यो । पछि भारतीय करेन्सी चल्न थाल्यो ।
लेप्चा र नेपाली मिलेर बसेको देशमा भोटेहरूले षडयन्त्र गरेर लेप्चा राजालाई मारेर आफू राजगद्दीमा बसेको भन्ने भनाइमा लेप्चाहरू विश्वस्त छन् । पछि भोटेहरूको थिचो मिचो सहन नसकेर ९५ प्रतिशत लेप्चाहरू किश्चियन भएका छन् । मुस्लिमहरूको सङ्ख्या पनि सिक्किममा बढिरहेका छन् । सिक्किममा सिक्किमको इतिहास पडाइँदैन । सिक्किममा नेपालीहरू नेपालबाट आएका भन्ने भ्रम सिक्किमै छ । यो भूभाग पहिला नेपाल नै थियो भन्ने नत नेपालले भन्छ नत भारतले नै । २५ वर्ष मुख्य मन्त्री भएका पवन चामलीङले मेरा पुर्खा पूर्व नेपालको खोटाङका हुन भनेपछि भारतले नेपालीलाई हेर्ने दृष्टिकोणमा अझै नराम्रो असर परेको देखिन्छ ।
नेपाली जनताले विरोध गर्दा गर्दै अमेरिकाले सहयोगको नाममा इण्डो प्यासिफिक स्ट्राटेजिक योजना एमसिसि नेपालमा छिराउन सफल भएको छ । यसबाट उत्तरी छिमेकी राष्ट्र चीन त्रसित भएको छ । कुनै दिन नेपाल अमेरिका र चीनको युद्ध मैदान नबनोस् यसमा हामी सबै सचेत हुनुपर्छ ।
नेपालीहरूमा बहुसङ्ख्यक क्षेत्री, बाहुन, मगर, लिम्बु र तामाङ छन् । अहिले त्यस्तो भेदभाव छैन । तर पनि भोटेलाई २० प्रतिशत, लाप्चेलाई ४० प्रतिशत निर्वाचन सिटमा उठ्ने अधिकार छ । ८० प्रतिशत मेडिकल र इन्जिनियरिङमा सिट यी दुवै जातिलाई संरक्षित छ । क्षेत्री, बाहुन, सन्न्यासी तथा योगीलाई कुनै आरक्षण छैन । सन १९३५ तिर प्रत्येक घरबाट एक जना मानिसले आफ्नो सातु चामल लिएर बिना पैसा राजाको मा काम गर्न भारी बोक्न जानु पर्थ्यो र नजाने लाई सजाय हुन्थ्यो । पछि नेपाली मूलका केही व्यक्तिबाट यसको विरोध सुरु हुन थालेपछि १९६२ देखि राजाले प्रजा प्रमाण पत्र बाँडेर सबैलाई दिएपछि यो प्रथा हटाइयो ।
सिक्किमका जनता अझै पनि राजा महेन्द्रलाई सम्झन्छन् । राजा महेन्द्रले राजा छोग्याललाई यु एन को सदस्यता लिन ढिला नगर्न भनेको थियो रे । यो चाल पाएर जुहारलाल नेहरुले सिक्किमका राजालाई सम्झाउँदै भनेका थिए । भारत छदैंछनी के को डर सदस्यताको कुनै काम छैन भनेका थिए । यदि राजा छोग्यालले समयमै बुद्धि पुर्याएको थियो र नेपालीहरूलाई टिस्टा तथा मेची तार्छु नभनेको भए आज सिक्किम देश नै रहने थियो भन्ने सिक्किमेली जनताको भनाइ रहेछ ।
लेण्डुप दोर्जेलाई सिक्किमेलि जनताले त्यति गाली गर्दैनन् । उनले त आफूलाई देश निकाला गर्ने राजा छोग्यालको विरोधमा आन्दोलन चर्काएको थियो । लेण्डुपले नेपाली जनतालाई भुटानी शरणार्थी जस्तो हुनबाट बचाएका हुन भन्दा रहेछन् । यसको मौका भारतले लिएको हो । हुन त इन्दिरा गान्धीको योजना अनुसार नै सिक्किमलाई भारतमा मिसाइएको कुरा विभिन्न समयमा 'र' का प्रमुखहरुले लेखेको किताबहरूबाट पनि प्रस्ट हुन्छ । अहिले बोर्डर स्टेट भनेर सिक्किममा भारतले निकै ठुलो बजेट लगानी गरेकोले पनि सिक्किममा निकै विकास भइसकेको छ । जनसङ्ख्याको आधारमा हेर्ने हो भने सबभन्दा धेरै कर्मचारी भएको राज्य सिक्किम नै हो ।
नेपालमा पनि सन १९६२ । ६३ सालमा माओवादी तथा अन्य दलको आन्दोलनलाई भारत र पश्चिमाको सहयोग गरेर सङ्घीयता, धर्मनिरपेक्षता तथा राजसंस्था हटाउनु पनि नेपालमा अस्थिरता र विदेशीको चलखेल बढाउनु हो । भारतमा इन्दिरा गान्धी जस्तो आक्रामक र तानाशाही स्वभावका अहिलेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नभए पनि भारतको पुरानो नीतिमा फरक परेको देखिँदैन । अझै पनि भारतले हिन्दु राष्ट्र फर्काउन मद्दत गरे पनि राजसंस्था फर्काउन त्यति चासो देखाएको छैन । किनकि हाम्रा नेताहरू विदेशीका दास बन्न तयार हुन्छन् भने राजाबाट देशको लागि धोका दिएको अहिलेसम्मको इतिहास छैन ।
नेपालमा भारतीय खुफिया एजेन्टहरू सिधै प्रधानमन्त्रीको बेड सम्म पुगेर घण्टौँ सम्म छलफल गर्छन् । त्यसपछि देशको सरकार बदलिन्छ । यसतर्फ हाम्रा नेताहरू अझै पनि सचेत नहुनु हाम्रो दुर्भाग्य हो । नेताहरू देश र जनताको हित हेर्नु भन्दा विदेशीको इच्छा अनुसार चलेका देखिन्छन् । नेपालको जलश्रोतका सबै नदीहरू अब भारतको अधीनमा गइसकेका छन् । नेपालको हितमा प्रयोग हुनुपर्ने ठुला सिचाइ आयोजनाहरू हामीले अगाडि बढाउन नसक्नु कतै भारतको इशारामा हो कि भन्ने शङ्का बढेको छ । नेपालको सामान केही राम्रोसँग भारत निकासी हुन थालेपछि भारतले विभिन्न भाँजो हालेर रोक्छ । नेपालको विकासमा कहिल्यै पनि हार्दिकतापूर्वक सहयोग गर्दैन । भारतीय सामान वैद्य अवैध तरिकाबाट नेपालमा आयत भइरहन्छ । यसबाट नेपालको व्यापार घाटा दिन प्रतिदिन बढिरहेको छ ।
नेपाली जनताले विरोध गर्दा गर्दै अमेरिकाले सहयोगको नाममा इण्डो प्यासिफिक स्ट्राटेजिक योजना एमसिसि नेपालमा छिराउन सफल भएको छ । यसबाट उत्तरी छिमेकी राष्ट्र चीन त्रसित भएको छ । कुनै दिन नेपाल अमेरिका र चीनको युद्ध मैदान नबनोस् यसमा हामी सबै सचेत हुनुपर्छ ।
हाल- अस्ट्रेलिया
२०८१ वैशाख १०