दाजु गुरुङको डायस्पोरिक कथा संग्रह लाइ-सीमाथि भोजपुरमा परिचर्चा

दाजु गुरुङको डायस्पोरिक कथा संग्रह लाइ-सीमाथि भोजपुरमा परिचर्चा

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ०६, २०८१

भोजपुर । हङकङमा बसेर आख्यानमा कलम चलाउने कथाकार दाजु गुरुङको डायस्पोरिक कथा संग्रह लाइ-सीमाथि भोजपुरमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रम प्रगतिशील लेखक संघले संयोजन गरेको हो ‌। कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष अमृका ताम्राकारले गरेका थिए भने सञ्चालन सचिव कवि कविता राईले गरेकी थिइन् । कार्यक्रममा कथाकृति लाइ-सी माथि उप-प्राध्यापक सुरेन्द्र कार्की, समीक्षक शरण बहादुर खत्री र कविरगीतकार कमला प्रधानले कृतिमाथि परिचर्चा गरेका थिए । परिचर्चा कारहरूले कथाकृतिमाथि डायस्पोरिक प्रवृत्ति, दाजु गुरुङका कथामा लैङ्गिकता, दाजु गुरुङका कथागत विशेषताहरु माथि चर्चा गरे ।

समग्रमा  कथाकृति लाइ-सीले नेपाली साहित्यको कथा क्षेत्रमा एक राम्रो उपस्थिति जनाएको निष्कर्ष परिचर्चा कारहरूले प्रश्तुत गरे । कार्यक्रममा खोटाङ जिल्लाको हलेसीमा सम्पन्न राष्ट्रिय कविता महोत्सवमा द्वितीय हुने भोजपुरका कवि सँग्राम किरातीलाई सम्मान पनि गरिएको थियो भने उदयपुरका अतिथि कवि जीवन आरोहीले कविता वाचन गरेका थिए ।