जय नेपाल फाउन्डेशन: 'नेपालको आर्थिक अवस्था र भावी बजेट' विषयक' वेबिनार आयोजना

जय नेपाल फाउन्डेशन: 'नेपालको आर्थिक अवस्था र भावी बजेट' विषयक' वेबिनार आयोजना

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ११, २०८१

काठमाडौँ । जय नेपाल इन्टरनेशनल फाउन्डेशनले 'नेपालको आर्थिक अवस्था र भावी बजेट'  विषयमा  यही शनिबार (१२ जेठ) नेपालको समय अनुसार बिहान ६:४५ बजे एउटा वेबिनार आयोजना  गर्न लागेको छ ।

उक्त वेबिनारमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष अर्थशास्त्री डा। विश्व पौडेल र रोवान विश्वविद्यालयका सह(प्राध्यापक डा। कुल काप्रीले  प्रस्तुति गर्नेछन्।  नयाँ आर्थिक वर्षका लागि बजेट तयार गर्ने क्रम अन्तिम चरणमा पुगेको बेला नेपालको आर्थिक अवस्था र भावी बजेट के कस्तो हुनु पर्दछ भन्ने सम्बन्धमा छलफल गर्न वेबिनार आयोजना गर्न लागेको फाउन्डेशन अन्तर्गत गठित  ग्लोबल नलेज नेटवर्कका संयोजक डा। नीरज श्रेष्ठले बताए। कार्यक्रममा आर्थिक विज्ञद्वारा पेपर प्रस्तुत गरिए पछि  सामूहिक छलफल गरिने छ।
 
'हामीले विभिन्न समसामयिक विषयमा विज्ञहरुलाई बोलेर छलफल गर्ने गरेका छौं।  बजेटजस्तो  महत्वपूर्ण विषयमा हुन गै रहेको अन्तरक्रियामा सहभागी हुन हामी सबै मित्रहरुलाई आमन्त्रण गर्दछौं',  जय नेपाल इन्टरनेशनल फाउन्डेशनका अध्यक्ष डा. यादव पण्डितले भने ।