प्रज्ञा-प्रतिष्ठानद्वारा १६ र १७ जेठमा आयोजना गरिने सङ्गोष्ठीका लागि लेख छनौट

प्रज्ञा-प्रतिष्ठानद्वारा १६ र १७ जेठमा आयोजना गरिने सङ्गोष्ठीका लागि लेख छनौट

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ११, २०८१

्काठमाडौँ । नेपाली समाजमा विद्यमान विविध ज्ञान र आयामका बारेमा बहस निर्माण गर्ने ध्येयले नेपाल प्रज्ञा-प्रतिष्ठानको सामाजिकb शास्त्र विभागले सामाजिक शास्त्रका विभिन्न विषयमा प्राज्ञिक प्रवचन, गोष्ठी, विचार-विमर्श र सम्मेलन गराउँदै आएको थियो ।

यसै उद्देश्य अनुरूप आगामी २०८१ ज्येष्ठ १६ र १७ गते प्रज्ञा-प्रतिष्ठानले सामाजिक शास्त्र वार्षिक स‌ङ्गोष्ठीको आयोजना गर्दै छ। यसका लागि गत चैत्र महिनामा नै 'राजनीतिक परिवर्तन र नेपाली समाज'  विषयक सामाजिक शास्त्रको पठनपाठनमा राष्ट्रिय चिन्तन, इतिहास र समाज, द्वन्द्व र शान्ति निर्माण प्रक्रियामा समाज, सामाजिक विभेद र उत्पीडनले पारेका प्रभावलगायत १३ ओटा विभिन्न विषयमा लेख रचना आह्वान गरेको थियो । विभिन्न विषयसँग सम्बन्धित प्राप्त भएका ५८वटा लेखहरूमध्ये प्राज्ञिक मूल्याङ्कन समितिको यही ज्येष्ठ २ गते बसेको बैठकबाट २२ वटा अनुसन्धानात्मक लेखहरू छनोट गरिएको थियोे ।

यसैगरी प्राप्त लेखमध्ये प्रा.डा. दीपबहादुर अधिकारीको नेपाली समाज र जनस्वास्थ्य, कुमार यात्रु र टासी लामाको आदिवासी ह्याल्मोको प्रथाजन्य स्वशासन पद्धति, डा. सोमबहादुर धिमालको नेपालका आदिवासीमा जीवित सङ्ग्रहालयको सम्भावना र औचित्य, तुलसी सापकोटाको नेपालमा कोरोना महामारी कालमा सञ्चार संस्थाको पत्रकार मैत्री रणनीतिको सामाजिक शास्त्रीय अध्ययन, भोजविक्रम बुढामगरको नेपाली राजनीतिमा मगर जातिको समावेशीकरणको अवस्था, कृष्णकुमार शाहको मधेस प्रदेशको राजनीतिमा सीमान्तकृत दलित, दामोदर न्यौपानेको योग र प्राकृतिक चिकित्सा, गौरी तमूको 'तमूको राजनीति परिवर्तन जनजातिका पहिचानका आधारहरू', मकरबहादुर सार्कीको सामाजिक विभेद र उत्पीडनले पारेका प्रभावहरू, सन्तोष चोङवाङ लिम्बूको सङ्घीय नेपालमा एकीकृत बहु भाषा योजना र आवश्यकता, गङ्गा पुनको Enterprise Identification and Needs Assessment: On The Rolpa Magar Region. डा. पुनम आर एल रानाको Nexus between the Vedic Marriage System and the Transition in the Sanatana Netion of Kathmandu Nepal.  डा. शशी थापा पण्डितको थामी जातिमा राजनीतिक परिवर्तनले पारेको सामाजिक असर, डा. श्यामु थापा मगरको च्भRevisiting indigenou Ethnic Identity movement in the context of the Political change in Nepal. डा. सुरेशकुमार ढकालको समावेशी लोकतन्त्र र सांस्कृतिक राजनीतिक पश्चिम नेपालका थारूहरूको पहिचानसहितको समावेशीताको अभ्यास, डा. देवी पौडेलको नेपालको सन्दर्भमा राजनीतिक परिवर्तन र समाज विकासका आयामहरू, हिक्मतबहादुर खत्रीको सामाजिक शास्त्रको पठनपाठनमा राष्ट्रिय चिन्तन, केशव पुडासैनी बिमलको नेपालको वर्तमान शासन व्यवस्था र समाजवाद स्थापनाको प्रश्न, डा.विष्णुराज उप्रेतीको द्वन्द्व र शान्ति निर्माण प्रक्रियामा समाज, योगी दयानाथको नाथ सम्प्रदाय र नेपाली समाज, हरि रोकाको विकास र समाज, केशवराज सिलवालको Research nepales Societies through Residential Relocation and it's social effect. र धर्मेश पोखरेलको नेपाली जनयुद्धको सौन्दर्य विषयक शीर्षकका लेखहरू उक्त प्राज्ञिक मूल्याङ्कन समितिले छनौट गरेको थियोे ।
यसबारे प्रज्ञा- प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा।कौशिला रिसालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्प्रेषण: प्रज्ञ चेतनाथ धमला