सीताराम नेपाल | साहित्य | जेठ १२, २०८१
परेवा जोडी
शान्ति गीत गाउने
मान्छे नसुन्ने
सिंह गर्जदा
खरायो डराएन
कुवा देखायो
मत्ता हात्तीले
ढुटिमाटी पार्दा नि
किन चूप छौ ?
लागेको बानी
तिउन चाखी हिड्ने
गयो पोइल ।
बापबैरीको
चोचोमोचो मिलेको
सत्तालिप्साले
झर्यो ओराली
त्यो दम्भको भकारी
दुष्टमतीले ।
चौका दाउमा
छक्किनु हुन्न अब
सत्ता स्वार्थमा ।
कुरौटे भाग्यो
भोकको बल्दा आगो
कर्मजीवीको
भुटेको मकै
साँधेको गुन्द्रुकमा
मौलिक स्वाद
माटो मलिलो
कृषि कर्म कसिलो
उब्जनी सुन्ना