लोकसंवाद संवाददाता | दृष्टिकोण | जेठ १३, २०८१
'कैलाश सिरोहिया पत्रकार होइनन्, उनी मालिक मात्र हुन् । उनले गरेका सबै हरकतप्रति नेपाल पत्रकार संघ जिम्मेवार हुने कुरा भएन । उनको नागरिकता नै किर्ते गरेको आरोप लागेकाे छ । किर्ते नागरिकताको आडमा कान्तिपुर प्रकाशित भएको हो भने दुःखको कुरा हो । गृहमन्त्रीका आफ्नै कति कमजोरी छन् । त्यसको पाटो अर्कै छ । किर्ते नागरिकता बाहक हुन भने कैलाश सिरोहिया के हुन् उजागर हुनु पर्दैन ? झोले पत्रकार तथा साहित्यकार जो सुकै होउन् । हामी सबै देशप्रति जिम्मेवार हुनुपर्छ । देशघाती सिरोहियाको भण्डाफोर गरिनुपर्छ । किर्ते नागरिकताको जगमा कान्तिपुर कसरी यतिका सालदेखि प्रकाशन हुँदो छ ? तपाईं हामी सबैले आवाज उठाउनुपर्छ ।'
हरि अधिकारीको फेसबुकमा मेरा शब्दहरू
२०८१ जेष्ठ १० गते
रवि लामिछाने पत्रकारिता क्षेत्रबाट छोटो समयमा पत्रकारितामा उनले गरेका कर्महरू बखान गर्न जरुरी छ । उनका नकारात्मक पाटोहरू पनि त्यतिकै वर्गेल्ती गन्हाएका छन् । रवि लामिछाने काम र मामको सवालमा अमेरिकातर्फ लागेका थिए । अमेरिका बसाइ उनको निम्ति रुचीकर हुन सकेन । आफ्नै धर्मपत्नीसँग आफ्ना सन्तानलाई त्यतै छोडेर नेपाल फर्किएका थिए ।
वैदेशिक रोजगारमा गएका महिलाहरूको उद्धारका लागि उनले टेलिभिजनद्वारा गरिएका उद्धार कार्यहरू स्तुतीय र वन्दनीय नै छन् । मैले मेरा संगतका कतिपय पत्रकार मित्रहरूलाई भनेको थिए । यो देशमा पत्रकारिता क्षेत्रमा रवि लामिछानेले पुर्याएको योगदान भुक्तभोगी व्यक्तिहरूका परिवार तथा आफन्तहरूले उनले लगाएको गुण कहिले तिर्न सक्दैनथे । यसकारण ती कार्यको लागि रवि लामिछाने र उनले रोजेको पत्रकारितामा गरेका उदाहरणीय कार्यले उनी नेपाली जनताका मुटुमा आसन जमाएका थिए भन्दा अन्यथा हुने छैन । ्
रवि लामिछानेको अर्को पाटो
रवि लामिछाने यसबेला गृहमन्त्री पदमा आसीन भएका छन् । मुलुक भित्रका विभिन्न सहकारी संस्थाबाट रवि लामिछाने झण्डै झण्डै अर्बौको तादातमा उनले अपचलन गरेको प्रष्ट हुन्छ । उनले विभिन्न मितिमा बैंकबाट रूपैयाँ निकालेको प्रष्टताले मान्यता पाएको थियो । सहकारी संस्थामा संलग्न ग्राहकहरूको पसिनाको कमाई तथा कसैको घरखेत बेचेर राखिएको सम्पत्तिलाई बैंकबाट निकालिने गरिएको स्पष्ट देखिन्छ । यी कुरालाई थाती राख्दै रवि लामिछानेले यसबेला नेपाली पत्रकारहरूमा १२ भाइ पत्रकारको भाष्य खडा गरेर, पत्रकारिताको आडमा गरिएका देशप्रति घात तथा देशप्रति छिमेकीद्वारा गरिएका हेपाहा प्रवृत्तिप्रति आँखा चिम्लाइ हुनुका साथै देशको संरचनालाई झन्–झन् कमजोर बनाउँदै जाने तथा देशको राज्य सञ्चालनमा लागि परेका सबै निकाय माथि विभिन्न छिद्राद्वारा ती भित्र पसेर धमिरा झैँ तिनीहरूलाई सक्दै जानु अर्थात् पतनको गर्त तर्फ लानलाई यिनीहरूको देशद्रोही कार्यलाई नङ्ग्याउने कार्यमा रवि लामिछानेको कार्यको सरहाना नै गर्नुपर्छ ।
कान्तिपुर नेपाली पत्रकारिता जगतमा तथा ऊ समेत संलग्न भएको अर्थात् रविद्वारा डामेका ‘१२ भाइ पत्रकारहरू’ भन्ने वित्तिकै जनताको नजरमा यी पत्रकारहरूलाई आफ्नो स्वार्थ सिद्ध गर्नका लागि जे जस्तो हर्कत तथा देशप्रति घात प्रतिघातका जुनसुकै सिलसिलामा यिनीहरुको नाम अगाडि आउँछ । सुन्नमा आएको छ रवि लामिछाने पनि यी १२ भाइ पत्रकारहरू भन्दा कमी छैनन् ।
झापाका प्रसाइले रवि लामिछानेले ..... पत्रकारलाई ६ लाख दिएर पठाएको कुरा आफैँले भनेका छन् । रवि लामिछानेद्वारा उल्लेखित गरिएको भए तापनि यी एक्लै भए पनि १२ भाइलाई मात दिन सक्ने तथा तीभन्दा यी जब्बर छन् भन्ने प्रमाणित रविले आफ्नै व्यवहारद्वारा प्रमाणित गरिसकेका छन् ।
विश्वको परिवेशमा मेरो देश
श्री ५ वडा महाराजधिराज पृथ्वीनारायण शाहद्वारा मुलुकको एकीकरण अभियानमा तत्कालीन परिवेशमा भारतका इष्ट इण्डियाको कम्पनीको जगजगीमा तत्कालीन श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहको नेतृत्वमा आफ्नो भूमिको रक्षार्थ तथा आफ्नो परिवेशको अस्तित्वलाई नियमित तथा अक्षुंण राख्नु आफैँमा पनि गौरान्वित बनाउँछ । व्रिटिश साम्राज्यवादको तत्कालीन उदयको परिप्रेक्ष्यमा सम्पूर्ण भारतलाई आफ्नो अधिनस्थ गर्न तथा आफ्नो हैकमी चलाएको कुरा विश्ववासी समक्ष टड्कारो रूपमा देख्न र भोग्न पाइएको कुरालाई नकार्न सकिन्न ।
नेपालका जुनसुकै पार्टीहरू माथि अंकुश तथा मुलुकको राष्ट्रियतालाई भुत्ते बनाउने, हाम्रो राष्ट्रियताको धज्जी बनाउदै मुलुक भित्रका जुनसुकै पार्टीमा लेण्डुपे जोकरहरूको नेता गिरीको पनि उद्वारा नै संरक्षित छ । भारतीय दादा गिरीका विरुद्ध तथा यहाँको जोकरहरूका विरुद्ध हामी आफूलाई पत्रकार भन्छौ र भनाउँछौ भने हामीले आफूलाई मृत्यु रोपेर भए पनि राष्ट्रको संरक्षण सम्बर्द्धन अभियानमा हातेमालो गर्नु पर्ने होइन र ?
१०४ वर्षिय राणा शासन कालमा पनि जङ्गबहादुर राणा खलक उदय पश्चाताप पनि राष्ट्रियता चेत तथा राष्ट्र संरक्षणको लागि आफ्ना हरकततले भ्याएसम्मको लागि देशलाई निरन्तरता दिन तथा राष्ट्रिय ओजप्रति राणा शासनकाल भरि आफ्नो अगन प्रति राष्ट्रियता प्रतिको उसको अहंतालाई सबैले नतमष्तक भएर स्वीकार्नु
पर्छ ।
पञ्चायती व्यवस्थाका सकारात्मक पाटो
पञ्चायती व्यवस्था कालमा विद्यार्थी जीवनताका तत्कालीन राज्यले गरेका कतिपय कार्यप्रति विरोध जनाइएको सिलसिलामा प्रहरी हिरासत हुँदै जेलसम्मको यात्रा तय गर्नुपर्थ्यो । म आफैँ पनि कतिपल्ट जेल जीवन भोग्नु परेको अनुभव पनि आफैँमा समेटेको छु ।
मुलुकभित्र पञ्चायती व्यवस्था थियो । झण्डै झण्डै २०० भन्दा बढी कलकारखाना मुलुक भित्र स्थापित थिए । ती कलकारखानाबाट उत्पादित वस्तुहरूले मुलुक भित्र र मुलुक बाहिर पनि बजार पाएको थियो । मुलुक बाहिर पनि ती वस्तुहरूको खपत हुन्थ्यो ।
तत्कालीन हाम्रा सिमाका स्तम्भहरू हाम्रा भूभाग माथि छिमेकी भारतको गिद्दी दृष्टि लगाउनेसम्म पनि उसलाई अनुमति थिएन । हाम्रा भूमिहरू सुरक्षित थिए । राजतन्त्रको पटाक्षेपलाई सदाकाल बन्दको लागि भारतीय सरकारले भित्रभित्रै भूमिका खेल्दै प्रचण्ड र बाबुराम भट्टराईको पहलकदमीमा ४० बुँदै सूत्र भारतीय सत्ता, मठाधीशलाई बुझाएर देशप्रति गद्दारी गर्दै, राष्ट्रलाई पराधीनताको बाटो तर्फ लाग्नका लागि आफूलाई पराधीनताको परिदृश्यमा समाहित गरेको पाउँछौँ ।
राजा वीरेन्द्रको शान्ति क्षेत्र प्रस्ताव
२० भाद्र २०३६ सालमा तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहदेवबाट क्यूवाको राजधानी हवानामा भएको असंलग्न राष्ट्रहरूको छैठौँ शिखर सम्मेलनमा नेपालको शान्ति क्षेत्र सम्बन्धमा अभिव्यक्त गर्नुभएका शब्दहरू–
'... हामीले हाम्रो देश नेपाललाई शान्ति क्षेत्र घोषित होस् भनी प्रस्ताव गरेका छौ । हाम्रो ऐतिहासिक तथा सांस्कृतिक परम्पराबाट उक्त प्रस्तावको बीजाङ्कुर भएको हो भने हाम्रो स्थितिको यथार्थमा यो आधारित छ । यो बाहेक यसले संघर्ष र हिंसाबाट अलग रहने हाम्रो युगौँ देखिको आकांक्षा पनि प्रतिविम्वित गर्दछ । नेपाल जस्तो सानो र विकासोन्मुख देशको लागि शान्ति तथा उत्कृष्ट अभिलाषा भन्दा अरू कुनै कुरा स्वभाविक हुन सक्तैन । जनताको आर्थिक सुधार ल्याउने महान् कार्यमा व्यस्त भएको समयमा हामी क्षेत्रीय वा अन्तर्राष्ट्रिय तनाव, भय, चिन्ता र अस्थिरतामा अल्झिन सक्दैनौँ । यसरी शान्तिलाई संस्थागत गरेर विश्वका सबै मित्र देशहरू हामीले कायम राखेका उत्कृष्ट सम्बन्धलाई हामी सदाको लागि बलियो बनाउन चाहन्छौ ।'
राजा महेन्द्र हुँदै राजा वीरेन्द्रसम्म शासन व्यवस्था आइपुग्दा मुलुकले आत्मनिर्भर बाटोमा आफूलाई सबल सक्षम बनाउँदै थियो । झण्डै झण्डै ३०० भन्दा बढी कलकारखाना मुलुकका विभिन्न भोगमा खोलिँदै, तिमीहरूको उत्पादनको बजार पाउँदै, कति वस्तुहरूले अन्तर्राष्ट्रिय क्षेत्रतर्फ निर्यात पनि बढाइ रहेका थिए । मुलुक आत्मनिर्भरको बाटोमा आफूलाई केन्द्रिकृत गर्दै लगेको अवस्था थियो ।
छिमेकीको वर्चस्व
नेपाली काँग्रेस र एमाले शासन व्यवस्थाबीचबाट नेकपा माओवादी पार्टी जसलाई भारतद्वारा निर्देशित पार्टी थियो । नेकपा माओवादीको निर्माणको मलजल तथा सम्भार तथा संरक्षण भारतीय सरकारको अहम् भूमिका थियो । यहाँसम्म कि संसारमा नै प्रयोग नभएको परिपाटी अर्थात् नेपालमा पार्टीको वैरियता क्रमको तेस्रो स्थानमा रहेको माओवादी पार्टीले शासन सत्ता सम्हालेको छ । भारत आफूलाई प्रजातन्त्रको देश भन्छ तर भारतीय शासकहरूको क्यियाकलाप चाहिँ छिमेकी देशलाई सिक्किमको प्रारूपको साइजमा नेपाल माथिको वर्चस्व प्राकृतिक स्रोत पानी माथि कब्जा जमाइ राख्न तथा दोहनका नयाँ–नयाँ तरिका निकालेर भारतीय शासनको पराधीनतामा मुलुक घिसारिरहेको प्रस्ट देखिँदैछ ।
नेपालका जुनसुकै पार्टीहरू माथि अंकुश तथा मुलुकको राष्ट्रियतालाई भुत्ते बनाउने, हाम्रो राष्ट्रियताको धज्जी बनाउदै मुलुक भित्रका जुनसुकै पार्टीमा लेण्डुपे जोकरहरूको नेता गिरीको पनि उद्वारा नै संरक्षित छ । भारतीय दादा गिरीका विरुद्ध तथा यहाँको जोकरहरूका विरुद्ध हामी आफूलाई पत्रकार भन्छौ र भनाउँछौ भने हामीले आफूलाई मृत्यु रोपेर भए पनि राष्ट्रको संरक्षण सम्बर्द्धन अभियानमा हातेमालो गर्नु पर्ने होइन र ?