युरेनियम प्रति गिद्धे नजर

युरेनियम प्रति गिद्धे नजर

लोकसंवाद संवाददाता  |  साहित्य  |  जेठ १७, २०८१

मेरो देशमा –
यसबेला एम.सी.सी.को चकचकी, चलेको छ । 
झन्–झन् उदण्डका साथ आइरहेको छ । 
युद्धका नगराहरु झन्–झन् बज्दैछन् । 
वख्तरवन्द युद्धपोतहरु 
पहाडका कान्लाभरि देखिएका छन् । 
बुद्धको यो पावन भूमिमा 
सीताको यो जन्मभूमिमा 
भृकुटीको यो माइतीमा 
अमेरिकालाई मेरो देशको अथाह भण्डार 
युरेनियमको ऐश्वर्यता । 
चकाचौधले भरिएको 
अर्थको उच्चतम ऐश्वर्यता 
मैले सुनेको छु 
३ करोड नेपालीलाई ५०० वर्ष सुतेर खाने वैभवता
अमेरिकाले लुटिरहेको छ । 
प्रचण्ड सरकार लुट्न छुट दिइरहेको छ । 
एमालेका, काँग्रेसका, माओवादीका 
विभिन्न कलेवरमा देखिएका लेण्डुपेहरुलाई 
नाथे करोड र अरब चटाएर 
देशद्रोही संसदका हर्कतहरु 
झन्–झन् प्रष्ट देखिएका छन् । 
लुट खसौटमा पार्टीहरुको गठजोड 
अमेरिकी लालीपपमा 
देशद्रोही पार्टीहरुको ऐक्यवद्धतामा 
एम.सी.सी. पास भएको थियो । 

एमाले, काँग्रेस, माओवादी 
भारतीय खोल ओढेका
सीमापारिका नुन र चूक खाएकाहरु 
जसरी–जसरी महाकाली सन्धि पास भयो । 
ती झिल्के पुनरावृत्ति एम.सी.सी.मा देखियो । 

मेरो मुलुक बुद्धको पावनभूमि 
पृथ्वीनारायण शाहको एकीकरण
खुकुरीको उद्घोषमा 
मेरो महान देश उभिएको थियो । 
शत्रुहरु छिचोलेर मुलुक अघि बढेको थियो । 

प्रिय देशभक्त राजा वीरेन्द्र !
तिम्रो समूल परिवारको नष्ट भएको छ । 
तिमी सैनिक घेरामा मारिएका छौ । 
प्रधान सेनापति !
तिमी यसबेला अमेरिका बसेका छौ । 
अब म निसंकोच भएर भन्न सक्छु 
तिमीलाई आश्रय स्थल अमेरिकाले दिएको छ । 
यसबेला संसदमा भारतीय गुमस्ताहरुको 
हाली मुहाली उग्र रुपमा बढिरहेको छ । 
मेरो देशका सांसदमा 
भारतीय लेण्डुपेहरुको गठजोड 
झन्–झन् बाक्लिदै छ । 
सिक्किमको नियति भोग्ने समय चव्रmमा पुगेको छ । 

यसबेला नेपाली काँग्रेस
यसबेला नेकापा एमाले 
यसबेला एमाओवादीहरु 
झिन मसिना पार्टीहरु 
यी सबै इण्डो अमेरिकी साँठगाँठमा छन् । 
प्रमाणको प्रारुप प्रचण्डको पार्टी हेरे हुन्छ । 

मेरो देशको आर्थिक समृद्धिको वैभवता, 
प्राकृतिकले हामीलाई दिएको वैभवता, 
मुस्ताङमा प्राकृतिक वैभवता, 
युरेनियम 
हो युरेनियम नै हो । 

भारत र चीन माझको 
यो सेन्डवीच देश
मेरो देशको महानता उजिल्याउँछ 
पञ्चायती व्यवस्थाको उद्घोषमा 
सयकडौँ कलकारखानाले देश वैभव हुँदै थियो । 
राजा महेन्द्रको देशभक्तिमा 
देश गौरवशाली हुँदै थियो । 
देश माथि–माथि अक्कासिदै थियो । 

हामी जस्ता कखरा पढेका 
आफूमा कम्युनिष्ट रोपेर 
पञ्चायती व्यवस्था विरुद्ध 
हामी समय–समयमा कारागारहरुमा 
भित्रिने र बाहिरिने गर्दै थियौँ । 
म यसबेला
आफूले आफैँलाई धिक्कार्दै छु । 
देशप्रति घात माथि घात रोप्दै थियौँ । 
महेन्द्रको देशभक्ति माथि हुङ्कार गर्दै थियौँ । 
आफू माथि घात माथि घात रोप्दै थियौँ । 

म यसबेला सचेत भएको छु । 
म आत्मआलोचना गर्दै भन्छु 
म मरेर मेरो देशको राजा महेन्द्र 
तिमी बाँच्नु पथ्र्यो 
म मरेर भए पनि 
शान्तिक्षेत्रका प्रवर्तक राजा वीरेन्द्र 
तिमी बाँच्नु पथ्र्यो । 

मुस्ताङको युरेनियम 
हाम्रो समृद्धिको धरोहर हो । 
हाम्रा महान जनताको ऐश्वर्यता
युरेनियम हो युरेनियम 
अमेरिका यसबेला
पार्टीहरुका लेण्डुपेहरुलाई 
करोडौँ र अरबौँको कुत्तेका चारा बाँडेर 
मेरो महान देशको लुट खसौट गरिरहेको छ । 
हामी टुलुटुलु हेरिरहेका छौँ ।
हाम्रो ऐश्वर्य र समृद्धिलाई 
लुट खसौट हुन दिइरहेका छौ ।
यसबेला –
मुस्ताङका छेउ किनारमा
बग्रेल्ती युद्धपोतले सजिएका छन् । 
युरेनियमको लुट खसौटमा 
अमेरिका यसबेला अग्रगामी छलाङ लगाइरहेको छ । 

मेरो देशको अहम्ता 
मेरो देशको शान सौकात 
मेरो देशको ऐश्वर्यता
हामीलाई युद्धपोत तेर्साएर 
हाम्रो समृद्धि र वैभवता डकैती शैलीको 
दुःसाहस माथि दुःसाहस गरिरहेको छ । 

पार्टीका झोलेहरु 
तिम्रा पापहरु मेटाउन 
देशको समृद्धिको लागि पार्टी छोडेर 
हाम्रो देशको ऐश्वर्यता फर्काउ 
आउ हातेमालो गरेर 
अमेरिकी लुटपाट बाट देश जोगाउँ । 

 

१३ जेष्ठ २०८१
तरहरा, इटहरी