सरोज ज्ञवाली | विदेश | जेठ २४, २०८१
हालै सम्पन्न भारतीय चुनावी नतिजाले सबैलाई आश्चर्य चकित तुल्याएको छ । भाजपाले नेतृत्व गरेको एनडीए गठबन्धनले ४०० सिट भन्दा बढी र भाजपाले ३७० भन्दा बढी सिट ल्याउन सक्ने आंकलन साथ चुनावी मैदानमा उत्रेको भाजपा, एनडिए ३०० भन्दा कम र भाजपा आफै ३४० सिटमा समेटिनुले एउटा चुनावी ठुलो धक्का लागेको रुपमा विश्लेषण गर्न थालिएको छ ।
तर चुनाव अगाडि कमजोर ठानिएको काँग्रेसले करिब १०० सिट पुर्याउनु तथा इन्डिया गठबन्धनले २३५ सिटसम्म पुग्नमा सबै जना आश्चर्य चकित भएका छन् । अतः यो लेख भाजपा किन पराजित हुन पुग्यो भन्ने विषयमा केन्द्रित भएर विवेचना गर्न लागिएको छ ।
१. भाजपाले आफ्नो क्षमतामा विश्वास नगरी विपक्षी खेमामा भएका व्यक्तिहरू भित्राएर जुन तवरले टिकट वितरण गर्यो , यो नै हारको मुख्य कारण बन्न पुगेको छ । करिब १२३ सिट विपक्षी खेमाबाट आएका व्यक्तिहरू पराजित भएका छन् । यसले गर्दा इमानदार कार्यकर्ता रुष्ट हुन पुगे र जसले गर्दा नराम्रो हारको सामना गर्नु पर्यो ।
२. भाजपाले भारतमा रहेको जातिगत समीकरणलाई राम्ररी व्यवस्था गर्न सकेन जसले गर्दा उत्तर प्रदेश जस्तो ठुलो राज्यबाट हारको सामना गर्नु पर्यो । अगामी विधान सभा चुनावमा पनि यसको व्यवस्था गर्न नसकेमा ठुलो मूल्य चुकाउनु पर्नेछ ।
३. भाजपाले विपक्षी खेमलाई कम आंकलन गर्नु नै हो । काँग्रेसले अथवा राहुल गान्धीले भाजपाले संविधान बदलेर आरक्षण खतम गर्दैछ भन्ने दुष्प्रचारलाई सुरुमा खासै महत्त्व दिएन तर यो एजेन्डाले भारतीय दलित भव्य उत्तर प्रदेश जस्तो राज्यमा इन्डिया गठबन्धनमा परिणत हुन पुग्यो ।
४. भाजपाले हिन्दुत्व कार्ड खेल्न नसक्नु हो, यसले गर्दा मुस्लिम पन रुष्ट हुन पुग्यो र हिन्दु पनले पनि आफूलाई सुरक्षित महसुस गर्न सकेन । जसले गर्दा हिन्दु भोट तितरबितर हुन पुग्यो ।
५. चुनाव भनेको सांगठानिक कार्य हो, एउटै व्यक्तिमा अथवा नरेन्द्र मोदीको व्यक्तित्वको भरमा चुनावमा होमिनु नै ठुलो गल्ती थियो । जसले गर्दा अधिकांश ठाउँमा हारको सामना गर्नु पर्यो ।
६. भारतीय जनता पार्टीले शक्ति आर्जन गर्ने नाममा अन्य पार्टीलाई टुक्राउने, विभाजन गर्ने कार्य गर्यो । जसले गर्दा जनतामा एक किसिमको रोष थियो, जो महाराष्ट्रकव चुनावमा देखिन पुग्यो ।
जति कोसिस गरे पनि भाजपाका विपक्षी खेमाबाट सरकार बन्ने सम्भावना देखिँदैन । अतः भाजपाले नै सरकार बनाउने र काँग्रेस विपक्षी पार्टीको रुपमा रहने दृश्य देखिन्छ । लोकतन्त्रमा सबल विपक्षी पार्टीको कल्पना गरिन्छ । यसमा हालको चुनावी परिणामले सबल विपक्षी देखाएको छ ।
७. भाजपाले मोदी पछि कुन नेतृत्व हो, त्यो प्रस्ट पार्न सकेन । कार्यकर्ता बिच योगी नै मुख्य चाहना छ । तर नेतृत्व अमित शाह प्रति । जसले गर्दा जनता सम्म भ्रम पैदा भएको छ, यस कुरालाई अरविन्द केजरीवालले चुनावी सभामा पनि व्यक्त गरेका थिए ।
८. भाजपाले विकासको मुद्दालाई प्राथमिकता दियो । सडक निर्माण, रेल विस्तार तथा एयरपोर्टको निर्माणमा । तर बेरोजगारी, महँगी र सामाजिक मुद्दाहरूलाई प्राथमिकता नदिँदा यसको असर चुनावमा पर्न गयो ।
९. किसानको मुद्दालाई भाजपाले राम्ररी समाधान गर्न नसक्नु तथा अग्निवीरको मुद्दालाई प्रस्ट रूपले जनता समक्ष राख्न नसक्नु पनि हारको कारण बन्न पुग्यो ।
१०. घरेलु मुद्दा भन्दा अन्तर्राष्ट्रिय मुद्दालाई अगाडि सार्नाले पनि हारको कारण बन्न पुग्यो ।
अतः हारको कारण अरु पनि हुनसक्छ, तर यस हारसँगै पनि केही सकारात्मक पक्ष पनि माजपासँग रहेको नेताहरुले बताउने गरेका छन् । समग्र रूपमा हेर्दा भोटको सङ्ख्यामा तुलनात्मक रुपमा वृद्धि भएको छ ।
दक्षिण भारतीय क्षेत्रमा भाजपाले विस्तार गर्न सकेको छ र अरुनाचाल तथा उडिसमा राज्य सरकार बनाउन सफल भएको छ ।
अब भाजपाले मिलीजुली सरकार बनाउनु पर्ने देखिइसकेको छ । यसमा मुख्य सहयोगी नितीशकुमार चन्दबावु नायडु रहेका छन् । जति कोसिस गरे पनि भाजपाका विपक्षी खेमाबाट सरकार बन्ने सम्भावना देखिँदैन । अतः भाजपाले नै सरकार बनाउने र काँग्रेस विपक्षी पार्टीको रुपमा रहने दृश्य देखिन्छ । लोकतन्त्रमा सबल विपक्षी पार्टीको कल्पना गरिन्छ । यसमा हालको चुनावी परिणामले सबल विपक्षी देखाएको छ ।
नेपालको सन्दर्भमा यस अवस्थाले खासै असर नगरे पनि विहारको राजनीतिले भने असर गर्न सक्दछ । नितिशकुमार केन्द्र देखि विहार राज्यको मुख्य पात्र हुँदा विहारी राजनीति नेपालमा हाबी हुने सम्भावनालाई नकार्न सकिन्न ।
अन्तर्राष्ट्रिय क्षेत्रमा हालको अवस्था नै रहने छ भारतको अन्तर्राष्ट्रिय छविमा खासै परिवर्तन हुँदैन भने भारत सम्बन्ध विस्तार केन्द्रीकृत नभएर समग्रमा हुनेछ ।
अतः चुनावी परिणाम सरकार गठन गर्न सक्ने बहुमत प्राप्त गरे पनि यो चुनाव भाजपाको निम्ति हारको रुपमा लिइएको छ । अरु घटनाक्रम अगामी दिनमा सामान्य तवरले बढेता पनि नरेन्द्र मोदीको छविमा गिरावट आएको देखिन्छ । अतः राजनीतिमा एकल व्यक्तित्वको सोचमा अगाडि बढ्दा दुर्घटना हुन सक्ने सम्भावनालाई यस चुनावको परिणामले उजागर गरेको भने पक्कै छ ।