ऋतु आशिक | दृष्टिकोण | जेठ २६, २०८१
जब मैले २०२४ सालमा शारदा माध्यमिक विद्यालय खनार सुनसरीबाट टेष्ट पास गरेर विराटनगर स्थित सत्यनारायण हाइस्कुलबाट एस.एल.सी. परीक्षा दिएको थिएँ । त्यस ताका एस.एल.सी. को रिजल्ट निस्कन ६ महिना जस्तो कुर्नु पर्थ्यो । एस.एल.सी. दिएर रिजल्ट ननिस्कुञ्जेल तत्कालीन इटहरीका जनता प्राथमिक विद्यालयका हेडसर जयपाल बोहोराले पढाइ दिन अनुरोध गर्नुभयो । मैले पनि रिजल्ट ननिस्कुञ्जेल हुन्छ भनेर महिनाको १५० पारिश्रमिक पाउने कुरा जानकारी गराउँदै मैले पनि पढाउन थाले
राति/राति हामी प्रेमबहादुर कार्कीको घरमा माक्र्सवादी क्लास लिने क्रममा शेरबहादुर, रमेश विष्ट, प्रमोद श्रेष्ठ, वसन्त सुवेदी, मधु रिमाल लगायतकाहरू पनि सामेल हुन थालेका थियौँ । हामीलाई माक्र्सवादी क्लास लिन धरानबाट रामप्रसाद खनाल, कहिलेकाही मनमोहन अधिकारी, भरतमोहन अधिकारी समेतको संलग्नता हुँदै बज्राहाबाट मलेछी चौधरी सम्मको उपस्थिति रहने गरेको थियो ।
तत्कालीन प्रेमबहादुर कार्कीको हामी जस्ताका लागि उहाँ जहिले पनि प्रेरणादायी भूमिकामा रहनुभयो । हामीलाई समय–समयमा परेका कतिपय समस्याका निराकरण गर्नका साथै यस किसिम समाधान गर्ने उपायहरूबारे हामीलाई प्रशिक्षण दिनु हुन्थ्यो । एउटा अभिभावकले गर्नुपर्ने व्यवहार सानातिना मसिना गल्तीहरूलाई पनि स्नेह पूर्ण व्यवहार गरेर त्यसलाई फेरि पुनरावृत्ति नहोस् जस्ता स्नेही शब्दहरूलाई हामीलाई उपचार गर्नु हुन्थ्यो ।
प्रेमबहादुर कार्की घरमा हामी माथिका सम्बन्धित साथीहरू बसिरहेका थियौँ । लक्ष्मण चौधरी धोती लगाएर उपस्थित हुनुभयो । हामी सबैले उहाँलाई नमस्कार गरिऊँ । उहाँले नमस्कार फर्काउनु भयो । त्यसबेला म धोती लाउने इण्डियन हुन्छन् । इण्डियनहरू खराब हुन्छन् आदि इत्यादि सोच ममा थियो । जब–जब उहाँले हामीलाई ‘कम्युनिष्ट’ बारे आफ्नो भनाइ राख्न थाल्नुभयो । उहाँका वाक पटुता उहाँको कम्युनिष्ट बारे आफ्नो सोच, कम्युनिष्ट कसलाई भनिन्छ आदि बारे धाराप्रवाहसँग आफ्ना कुराहरू राख्न थाल्नुभयो । एउटा सामान्य मान्छेको तत्कालीन कम्युनिष्ट चेतबारे उहाँका भनाइ उहाँका शालीनता बारे अझै म नतमस्तक छु । ती शब्दहरू मध्ये मैले जीवनमा नभुलेका शब्दहरू यहाँ उद्धरण गर्छु ।
कम्युनिष्ट भनेको बुढीखोलाको पानी जस्तै स्वच्छ र निर्मल हुन्छ । कम्युनिष्टको हृदय विशाल हुन्छ, कम्युनिष्ट जहिले पनि देशभक्ति हुन्छ । त्यसदिन देखि लक्ष्मण चौधरीप्रति मेरो सन्मान झन्–झन् बढेर उर्लिरहेको थियो । त्यो पनि त्यस समयमा सुनसरीमा होमबहादुर श्रेष्ठ, दिलबहादुर श्रेष्ठहरू त्यसबेला पञ्चायती व्यवस्थाका समर्थक थिए । इटहरीका राजा महेन्द्रको स्वागत सम्मानका लागि मञ्चको आयोजना गरिएको थियो । तत्कालीन साने बाबु र दिलबहादुर श्रेष्ठले गरेका व्यवहारप्रति असन्तुष्ट हुँदै राजा महेन्द्र मञ्च सिन भएको आमसभामा सरकारको सवारी भएको बेलामा हाम्रा समस्याहरू राख्न बोल्न पाइदैन भने सरकार अनुपस्थितिमा हामी जनताप्रति के कस्तो व्यवहार हुन्छ, सरकारबाट महसुस गरि बक्सियोस् ।
जब–जब महाकाली सन्धि पास गर्न तथा त्यसबाट सालाना आउने रकमको महत्ता बारे बोलेका थिए । सुनिन्छ महाकाली सन्धि पास गर्नका लागि अरबौं अरब लगानी गरेको कुरा पनि आएको छ । महाकाली सन्धिमा के.पी. ओलीले गरेको राष्ट्रघात प्रति देशभक्त नेपालीको आँखामा उनी देशद्रोही को रूपमा आँकलन गरिएका छन् ।
राजा महेन्द्रद्वारा तत्कालीन आफ्ना समस्याहरू राख्न अग्रज लक्ष्मण चौधरीलाई समय प्रदान गरेपछि जिल्लाका समस्या तथा स्थानीय समस्याहरूलाई संयम भएर उजागर गर्नु भएको थियो । तत्कालीन उहाँको निडरता चौधरी जातमा उहाँको विलक्षण वाक्पटुता बारे अझै पनि उहाँलाई इटहरी बासी गर्वका साथ सम्झिने गर्छ ।
तत्कालीन लक्ष्मण चौधरीले २०२२–२०२८ सम्म इटहरीको प्रधानपञ्च भएर तत्कालीन पञ्चायतलाई हाँक्नु भयो । विभिन्न विकास तथा निर्माणको कालमा उहाँको सक्रियता रह्यो । उहाँ जहिले पनि जुन सुकै विषयमा पनि उहाँ पोख्त तथा आफूमा माक्र्सवादी अडान रोप्नु भएको थियो । उहाँ विशेषत गाउँ परिवेशमा तत्कालीन समस्याहरूलाई कसरी निराकरण गर्ने ? किसानहरूका समस्या समाधानका उपायहरूमा बढी केन्द्रित हुनुहुन्थ्यो ।
(तत्कालीन इटहरी गाउँपञ्चायतका प्रधानपञ्च लक्ष्मण चौधरी एवम् उप प्रधानपञ्च प्रेमबहादुर कार्की २०२२–२०२८)
मेरो जीवनको महत्वपूर्ण पाटो
तत्कालीन इटहरी गाउँ पञ्चायतमा विशेषतः लक्ष्मण चौधरी र प्रेमबहादुर कार्की विजयले आम इटहरीका जनतामा उहाँहरूको निर्भय ता तथा गाउँ विकासले अग्रता आउदै गरेको थियो । इटहरीका सचेत युवाहरू माक्र्सवादी अध्ययन मनन चिन्तन तर्फ आफ्ना अग्रगति कदमहरू चाल्दै गरेको अवस्था थियो । तत्कालीन भारतीय सरकारद्वारा सुस्ता, महेशपुर भूमि माथि लुट खसौट चलिरहेको अवस्था थियो । त्यसै अवस्थामा एउटा गीत सार्वजनिक भएको थियो ।
सुस्ता पनि हाम्रो हो
महेशपुर पनि हाम्रो हो ।
भारतीय अतिक्रमण पछि देशभक्त नेपालीहरूमा यो गीत कालजेयी भएर देश देशाटन गरिरहेको थियो । देशभक्तिले ओतप्रोत भएका आफ्ना भावनाहरूलाई फैलाउँदै देशप्रति अगाधता प्रकट गरिरहेका थिए ।
मेरो लेखहरूको संगालो शब्द घोष पेज ३०६ (२०५६) बाट संस्मरण यस्तो थियो ।
भोटु दाइ (प्रमोदकुमार श्रेष्ठ), म ऋतुवर्ण पराजुली (ऋतु आसीक), रमेश विष्ट, शेरबहादुर अम्बर, मधु रिमाल त्यस ताका शेखर कार्की, उद्धव आचार्य पार्टीले निर्देशन गरेर इटहरीको हाटखोला जाने चोक तत्कालीन अमरबहादुर कटवालको घर अगाडि कोण सभा गर्ने निर्णय भएको थियो । म टेबुल (लामो अग्लो माथि) उक्लिएर आदरणीय जनसमुदाय मात्र के भनेको थिए त्यसबेला इटहरीका तत्कालीन असई (डेढे असई) समेतको पुलिसको जत्थाले मलाई टेबुलबाट उतार्यो । मसँगै शेखर कार्की, उद्धव आचार्य, मधु रिमाल, धरानका खड्का (मलाई नाम थाहा भएन जो मेरो भाइ कौशल पराजुलीको नाताले सालो), एकजना काठ मिस्त्रीलाई पक्रेर इटहरीमा लगे । काठ मिस्त्रीलाई तत्काल छोडिदिए । दुई घण्टा हामीलाई चौकीको कोठामा (स्व. सुन्दर तामाङको घर मुनि) राखेर विराटनगर जिल्ला प्रहरी कार्यालयमा लगियो । जिल्ला प्रहरी कार्यालयमा विराटनगरका साथीहरू पक्राउ पर्नुभएको थियो । पक्राउ पर्नेमा वासुदेव गिरी हुनुहुन्थ्यो । हामीलाई उहाँहरू बसेको अर्को कोठामा राखियो । हामीले त्यहाँ नारा लगाएका थियो । जिल्ला प्रहरी कार्यालयमा ठाउँ नभएर केही घण्टा त्यहाँ राखेर मारवाडी भोजनालयबाट खाना खुवाएर हामीलाई राति नै जिल्ला प्रहरी कार्यालय इनरुवा लगिएको थियो ।
ओलीको छलाङ
जब–जब भारतीय पत्रकारलाई एक टेलिभिजन अन्तर्वार्तामा के.पी. ओलीले यति सटिक साथ प्रमाणका साथ उनले गरेका प्रश्नलाई मात गर्दै जवाफ दिदै थिए । मैले त्यसबेला नै उनीप्रति मेरो सन्मान भाव उर्लियो । ती भारतीय पत्रकारलाई नेपाली स्वाभिमानको खरो र स्पष्टताका साथ जवाफ दिएका छन् । ती भारतीय पत्रकारको समय–समयमा कति पल्ट हड्बडाएका छन् । ती तर्कलाई थेग्ने सामर्थ्य ती भारतीय पत्रकारसँग रहेको थिएन । के.पी. ओली मा भएको तार्किक क्षमताका साथै जेल जीवनमा उनले गरेको अध्ययनले उनलाई राष्ट्रियताप्रति समर्पणमा म अझै गद्गद् भएको छु । मेरो यो ओलीप्रति उनको देशभक्ति कार्यलाई सलाम गरेको छु ।
जब–जब महाकाली सन्धि पास गर्न तथा त्यसबाट सालाना आउने रकमको महत्ता बारे बोलेका थिए । सुनिन्छ महाकाली सन्धि पास गर्नका लागि अरबौं अरब लगानी गरेको कुरा पनि आएको छ । महाकाली सन्धिमा के.पी. ओलीले गरेको राष्ट्रघात प्रति देशभक्त नेपालीको आँखामा उनी देशद्रोही को रूपमा आँकलन गरिएका छन् ।
ओलीको कम्युनिष्ट भोटो नाङ्गियो – गिरी बन्धु काण्डमा छताछुल्ल
क) गिरीबन्धुमा ओलीले १० हजार करोडको नीतिगत भ्रष्टाचार गरेका छन् ।
ख) १० हजार करोडको काण्ड लुकाउन ओलीले जनता झुक्याउन अर्को काण्ड मच्चाउँदैछन् । न्यूरोडमा शक्ति खन्याउँदैछन् ।
ग) गिरीबन्धुको घोटालामा इतिहास हेर्दा ओलीको सहमति बिना पत्ता पनि हल्लिएको थिएन ।
घ) गिरीबन्धुमा वैना दिनेलाई दुई वर्ष भित्र जग्गा दिलाउने भन्दै थुम्थुमाएका छन् ।
के.पी. ओली जीवनको पूर्वार्द्ध मा टाउको काटेर जेल जीवन १४ वर्ष व्यतित गरेका थिए । कम्युनिष्टको पहिरन पहिरिएर जेल जीवन बिताउँदै गर्दा आफूमा कम्युनिष्ट आचरण तथा व्यवहार शैलीलाई आफूलाई सामान्यीकरण गर्न सकेनन् । उनीका हरकतहरू कम्युनिष्ट आचरण माथि नै लाञ्छित गरिरहेका छन् । त्यो उन्मादीसँग गिरीबन्धुमा आएर रोकिएको छ । उनी कम्युनिष्ट पार्टी तथा कम्युनिष्ट शैलीबाट कोसौँ टाढा पुगिसकेका छन् । उनी सामान्य देशभक्ति तथा सामान्य जनताप्रति उत्तरदायित्व नभएर देशप्रति घात गर्ने रूपमा उनी अवतरित भएका छन् ।
२०८१ जेठ २६ शनिबार
तरहरा आँपगाछी, इटहरी
स्वतन्त्र पत्रकार एवम्
प्रेस स्वतन्त्रता सेनानी–२०७४