ऋतु आशिक | दृष्टिकोण | असार ०१, २०८१
१७ वटा नगरपालिकाले कुनै Private Company बाट पैसा खाएर बसाएको बैठक बहिष्कार गरेको छ । कसैले अपमान गरेको होइन । नेताज्यूहरूले त देश नै बेच्न खोजिसक्नु भो, तर काठमाडौँ महानगर बिक्री मा छैन ।
तपाईंहरूले पूरै देश बेच्नु भो भने पनि काठमाडौँ एक्लै भए पनि नेपाल भनेर उभिने छ ।
वालेन
मेयर
काठमाडौँ महानगरपालिका
फेसबुकबाट
२०८१ जेष्ठ २६ शनिवार
रास्वपा पार्टीलाई यसबेला सत्ता समीकरणको लागि सम्बन्धित क्षेत्रका जनताले उसलाई भोट दिएका होइनन् । एमाले र नेपाली काँग्रेस तथा माओवादीद्वारा गरिएका देशद्रोही कार्यका लागि जब–जब गठ जोड गरेर बाँडी चुडी खाने हिसाब किताबमा मिलोमतो गरेर देशप्रति घात गरिरहेको अवस्थामा तिनीहरूलाई युद्धस्तरमा सम्बन्धित क्षेत्रका जनताले उनीहरूलाई जिताएको तीतो सत्य हो ।
रास्वपाका उसको व्यवहारहरू सत्तामा जानेर उनीहरूको मलोमतो तथा उनीहरूको स्वार्थका जयजयकार गरेका दृश्यहरूले सम्बन्धित क्षेत्रका जनता यसबेला तित्तता अनुभव गरिरहेको कुरा यथार्थ हो ।
गृहमन्त्री रवि लामिछानेद्वारा महरा पक्रिने हरकतको नाटक मच्चन भएको दृश्यको काष्टिङ सुरु मात्रै भएको थियो । उसलाई अस्पतालमा भर्ना गराएर मुक्त गरेका छन् । कैलाश सिरोहिया नेपाली पत्रकारिता क्षेत्रमा उनले गरेका देशद्रोही हरकतबाट स्पष्ट छ । उनी नेपाली नागरिकता हुँदै होइनन् । उनी प्रशासनलाई आफ्नो मुठ्ठीमा लिन, उनका हरकतहरू निन्दनीय छन् । एउटा देशभक्त नेपालीमा उनी दरिनका लागि हैसियत राख्दैनन् । उनी भारतीय नागरिक हुन् । एउटा कृतिम नागरिकता वाहकको हरकत निन्दनीय छ । जेलमा कोच्न लायक छन् ।
गृहमन्त्री रवि लामिछानेद्वारा पक्राउ त परे उनलाई अन्य जस्तो पक्राउ नभइकन उनलाई विशेष सत्कार सहितको व्यवहारले उनी कानुनभन्दा धेरै माथि छन् । नेपालको कानुन दैव जानुन् भन्ने प्रसङ्गलाई प्रमाणित गरेर देखाइदिएका छन् । कैलाश सिरोहिया नक्कली नागरिकताको आड्म उनले गरेर सञ्चार माफिया ग्यारेज चलाएको स्पष्ट हुन्छ । उनी यी अक्षर लेखुन्जेलसम्म पक्राउ परेर जेलमा हुनुपथ्र्यो । गृहमन्त्री रवि लामिछानेलाई केको कारणबाट कैलाश सिरोहिया जेलमा छैनन् ? यो प्रश्न आम नेपाली सञ्चार जगत्को चासो हो । आफू गृहमन्त्री हुँदा पनि सञ्चार माफियाको देशद्रोही हरकतलाई ठिङ्गुरा नठोक्ने भए उनी गृहमन्त्रीको कम्बल ओढ्ने मनसायले गएका कुरा स्पष्ट छ । नेपाली जनताले रविमा के चै तात्विक फरक भयो भनेर किन नसोध्ने ?
सबै अमेरिकी खेताला !
गृहमन्त्री रवि लामिछाने एवम् स्वर्णिम वाग्ले सहित दर्जनौँ नेपाली काँग्रेस तथा कम्युनिष्ट या अन्य पार्टीका सँग अमेरिकी पासपोर्ट भएको तथ्य आइसकेको छ । यसको यो अर्थ किन नलगाउने यी सबै विभिन्न ब्राण्डका नेताहरू अमेरिकी शासन व्यवस्थाका गोटीहरू छन् । यी सबै अमेरिकी सरकारबाट अराइ खटाइएका खेताला हुन् भनेर स्पष्टसँग भन्न सकिन्छ । गृहमन्त्री रवि लामिछाने, प्रचण्ड, ओली आदि सबैले किन संसदमै सन्दिप लामिछानेलाई अमेरिकाले पासपोर्ट नदिएको भनेर किन बोल्न सकेन ? सुनिन्छ क्यानले नै सन्दिप लामिछानेको भिसा प्रक्रियामा नाम नै राखेन किन ? राष्ट्रको गौरव राख्ने प्रति अन्याय तथा सबै पार्टीका शीर्षस्थ नेताहरूको मौनताले के सन्देश दिन्छ भने विभिन्न ब्राण्डका पार्टीहरूका नेताहरूको घृणित कार्यको लेखाजोखा अमेरिकन एम्बेसीसँग सुरक्षित छ । कुनै पनि नेताको पोल खोल दिन सक्छ ? यी अहम् कारणले पनि प्रचण्ड, ओली, शेरबहादुर हुँदाहुँदा गृहमन्त्री रवि लामिछानेका पनि लेखाजोखा अमेरिकी दूतावाससँग सुरक्षित रहेको स्पष्ट छ ।
देशप्रति यी पार्टीका नेताहरूको अगाधना नभएको कारण तथा उनीहरूका घृणित कार्यको फेहरिस्त अमेरिकी दूतावाससँग सुरक्षित भएकै कारण अमेरिकालाई नेपालको सन्दिप लामिछानेले हराएर फर्कने छ । ऊ जितेर फर्कने छ । यसै मनसायको कारण अमेरिकीले उसलाई भिसा नदिएको स्पष्ट भएको छ ।
के कुरा चै सत्य हो भने अमेरिकी जनता जहिले पनि आफ्नो देशको पक्षमा उभिन्छन् । यो उनीहरूको नैतिक मान्यता हो । उनका व्यवहारहरू पनि त्यसरी नै परिलक्षित भएका हुन्छन् । अमेरिका आफैँमा भ्रष्टाचारप्रति ऊ निर्ममतापूर्वक प्रदान गर्छ । भ्रष्टाचार र देशद्रोहीप्रति सख्त हुन्छ । यो अहम्ता हामी सबैले सिक्नुपर्छ । अमेरिकी राष्ट्रपति आफ्नो पदबाट निवृत्त भए पछि कुनै अफिसमा काम गरिरहेका हुन्छन् । म राष्ट्रपति भएको थिएँ यस किसिमका दम्भहरूले उनीहरूलाई करयापझ्याप पारेका हुँदैन । यसै अमेरिका अमेरिका भएको होइन रहेछ यस किसिमको स्पष्ट चित्रहरू देखिन्छन् ।
एम.सी.सी. ले ल्याएको तरङ्ग
विश्वमा देखिएका अमेरिकी गतिविधिमा जुन देशमा अमेरिका पर्दापण त्यस देशका लागि भारी पर्नुका साथै ती देशहरू उजाडमा परिवर्तन देखिएका छन् । विश्वका विभिन्न देशमा अमेरिकी हैकमका कारण देशको अस्तित्वमाथि सङ्कटका साथै सिङ्गो देश उभिन नसक्ने किसिमको वातावरण बनाएको कुरा स्पष्ट भएका छन् ।
मुस्ताङ यसबेला अमेरिकी सरकारको लागि अथाह युरेनियम स्रोतको भण्डार रहेको छ । यी अथाह भण्डारमाथि अमेरिकाले आफ्ना विशेषता विभिन्न वहानामा पठाएर ती अमूल्य धातुलाई आफ्नो नियन्त्रणमा लिन विभिन्न वहाना बनाएको छ । ती युरेनियम भण्डारको सम्पूर्णता आफूले नकुम्ल्याएसम्म अमेरिका त्यहाँबाट फर्किने टस/मस गर्ने छनक आभाष उसका गतिविधिबाट प्रस्ट छ ।
अमेरिकी सरकार पनि युरेनियमको वैभवता आफूले लग्ने शर्त तथा भारत सरकार बिच कुनै किसिमको टकराहट नहुने शर्तमा, मेरो देशको अथाह सम्पत्ति, मुलुक भित्रका विभिन्न व्राण्डका झोले पार्टीहरू एमाले, काँग्रेस, माओवादी तथा विभिन्न किसिमका झोले पार्टीहरूलाई करोड र अरबद्वारा तिर्खा भेट्ने कार्य भएको सहजै अनुमान गर्न सक्छ । मुलुक भित्र रहेको पार्टीहरू देशको समृद्धितर्फ भन्दा पनि देशको लुट खसौटमा आफ्नो भूमिका खोजिरहेका छन् ।
मुलुक भित्रका विभिन्न पार्टीले सत्ता रोहण गरे । ती सत्ता रोहण सँगसँगै जुनसुकै पार्टीले मुलुकमा शासन गरे तापनि देशको हितभन्दा पनि अमेरिकालाई कसरी खुशी पार्ने अर्थात् उसको स्वार्थको परिपूर्तिको लागि कसरी सहायक हुने यस दिशातर्फ ऊ प्रेरित भयो र त्यसैका लागि लागि पर्यो ।
नेपाली काँग्रेस नेकपा एमाले हुँदै अल्पमतमा रहेको प्रचण्डको पार्टीलाई देशको सर्वोच्चता हाक्न दिइएको छ । यस किसिमबाट विहारी शक्तिबाट पार्टीहरू परिचालित छन् । यी देखिएका पार्टीहरू विभिन्न ब्राण्ड बेग्लै भए पनि यिनीहरुको स्वार्थ लुटेर, भुटेर खाएर देशप्रति गद्दारी गर्नु नै हो ।
मुलुकको स्वतन्त्रता माथि छिमेकीले चारैतिर हाम्रो सार्वभौमिकता माथि विस्तारवादी नीति लिएर भारत सरकारले चौतर्फीबाट हमला बोलेर हाम्रो राष्ट्रियता माथि नै झन्–झन् प्रहार गरिरहेको छ । अमेरिकी सरकार पनि युरेनियमको वैभवता आफूले लग्ने शर्त तथा भारत सरकार बिच कुनै किसिमको टकराहट नहुने शर्तमा, मेरो देशको अथाह सम्पत्ति, मुलुक भित्रका विभिन्न व्राण्डका झोले पार्टीहरू एमाले, काँग्रेस, माओवादी तथा विभिन्न किसिमका झोले पार्टीहरूलाई करोड र अरबद्वारा तिर्खा भेट्ने कार्य भएको सहजै अनुमान गर्न सक्छ । मुलुक भित्र रहेको पार्टीहरू देशको समृद्धितर्फ भन्दा पनि देशको लुट खसौटमा आफ्नो भूमिका खोजिरहेका छन् ।
तीतो सत्यमा घोत्लिँदा
एमाले इतिहासको विरासतमा एउटा कर्मठ, इमान्दार देशभक्त नेपालीले प्रधानमन्त्रीको रूपमा मनमोहन अधिकारीले ९ महिने शासन हाँक्नु भएको थियो । नेपालको कम्युनिष्ट पार्टीको आफ्नै इतिहासमा यो ऐतिहासिक गौरवमय क्षण थियो । एमालेको ९ महिने शासनकालमा तत्कालीन भारतीय प्रधानमन्त्री पी.भी. नरसिंह राव हुनुहुन्थ्यो । उहाँको मैत्रीपूर्ण निमन्त्रणमा नेपालका प्रधानमन्त्री मनमोहन अधिकारीको भारत भ्रमण भएको थियो । प्रधानमन्त्रीको यो भ्रमण नेपाल भारत बिचको सम्बन्धमा नयाँ आयाम राख्दछ भन्ने विश्वास लिएको छु ।
भारतीय सरकारका तत्कालीन प्रधानमन्त्री पी.भी. नरसिंह राव बिच नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री मनमोहन अधिकारीले नेपाल भारत बिच भएको १९५० को असमान सन्धिलाई पुनरावलोकन तथा त्यस खारेजीको लागि भारत सरकारबाट पहल गरिदिन हुन अनुरोध गरिएको थियो । प्रधानमन्त्री पी.वी. नरसिंह राव बिच पुराना तथा देशलाई दावी हुने त्यस किसिमका सम्झौतालाई खारेज गर्ने भन्दै दुवैमा आपसी सोचाइ बनाइएको थियो । ती अतीतका अन्याय पूर्ण सम्झौतालाई खारेज गर्ने र नेपाल भारत बिचको सम्बन्धलाई उचाइमा पुर्याउने जस्तो अभिव्यक्ति भएको थियो ।
नेपाल भारत बिच भएको असमान सन्धिका कारण तत्कालीन भारतीय गुप्तचर प्रमुखले नेपाल भारतबाट सधैँ आफ्नो गिरफ्त मै परिरहोस् भनेर त्यसबेला चुनावको माहौल थियो पी.वी. नरसिंह रावलाई उहाँको निवासमा एउटा ब्रिफकेश भरी भारतीय मुद्रा भेटिएको आरोपमा प्रधानमन्त्री पद चैट भएको थियो । यो सबै तानाबाना भारतीय गुप्तचर विभाग निर्देशकमा भएको थियो । तत्कालीन भारतीय गुप्तचर प्रमुखका घृणित कार्यको भण्डाफोर भएको थियो । तत्कालीन भारतीय प्रधानमन्त्री पी.भी. नरसिंह रावको मृत्यु जेलमा भएको थियो । तत्कालीन भारतीय प्रधानमन्त्री पी.वी. नरसिंह राव र नेपालका प्रधानमन्त्री मनमोहन अधिकारी बिच भएको सहमति पत्रप्रति भारतीय सरकार किन उदासिन छ यसको जवाफ दिनुपर्दैन ?
२०८१ जेष्ठ २९
इटहरी, तरहरा
स्वतन्त्र पत्रकार एवम्
प्रेस स्वतन्त्रता सेनानी–२०७४