देशद्रोही हरकतमा वितरित नागरिकता : मुलुकमाथि घातै घात

देशद्रोही हरकतमा  वितरित नागरिकता :  मुलुकमाथि घातै घात

ऋतु आशिक  |  दृष्टिकोण  |  असार ०५, २०८१

मुलुक भित्र चाहे ती एमाले, काँग्रेस, माओवादी तथा छिटपुट रूपमा रहेका मधेसी पार्टीहरू नै किन नहुन् यी सबैको कनेक्शन कतै न कतै रूपमा लैनचौरसम्म गाँसिएको छ । यी सबै पार्टीका धार यी शब्दहरू लेखि सक्दा सम्म पनि टसमस छैन । आम नेपाली जनताले जसरी एमालेलाई विश्वास गरेर मुलुकको अहम् पार्टीमा विजय गराए । देशको नेतृत्वको बागडोर के.पी. ओली अर्थात् नेकपा एमालेलाई थमाइ दिएर राष्ट्र प्रति उनीहरू ढुक्क हुन चाहन्थे । विदेशी शक्ति अर्थात् छिमेकी भारत सरकारले यसबेला राष्ट्रियता पहिचान बचाउनका लागि खरो रूपमा उत्रिएको एमालेलाई प्रयोग गर्नु थियो । ऊ कतिको प्रयोग हुन्छ हुँदैन को टेष्ट एमालेका केपी ओली माथि प्रयोग शिल शिला शुरु गर्‍यो । केपी ओलीको तत्कालीन मुलुकको शासन सत्तामा आफूले पैठ नजमाएसम्म तथा आफूको महत्वकांक्षी धरासायी हुने, आफ्नो स्वार्थ अनुकूल नहुने निचोडमा पुगेको स्पष्ट छ । नेकपा एमाले सत्ताको सर्वोच्चमा आसीन भएको बेला त्यस ताकाका लोकप्रिय नेता मदन भण्डारी हत्यामा पार्टीकै कतिपय व्यक्तिहरूको संलग्नताका गन्धहरूका छिटा टाढा–टाढासम्म गएको थियो । 

भारतीय शासनलाई आफ्नो प्रभावमा पार्नका लागि, आफ्नो स्वार्थलाई निरन्तरता सत्तामा आफ्नो साझेदारीको लागि महाकाली सन्धिमा त्यसबेला के.पी. ओलीले मुलुक भित्रका राष्ट्रवादी धार मनमोहन अधिकारी समेत अन्य रहेका नेकपा एमालेका कतिपय नेताहरूलाई वाइपास गरेका थिए । केपी ओलीद्वारा कसलाई उठाउने र फ्याक्ने जस्ता ग्राण्ड डिजाइन अन्तर्गत नै तत्कालीन के.पी. ओलीले डाडु पुन्यू भेटेको भारतीय राजदूतसँग विभिन्न समय–समयमा बाक्लै भेटघाट र त्यतैबाट प्राप्त मन्त्रणालाई कार्य रूप दिनका लागि उनका डिजाइन बमोजिम नै देशभक्ति आन्दोलनमा आफू उछित्तो परेको कुरा कतिपय नेताहरूद्वारा अभिव्यक्त भएका छन् । 

मदन भण्डारी गुमाउनु पर्दा राष्ट्रको क्षति 

मदन भण्डारी र जीवराज आश्रितका ड्राइभर अमर लामाको जीप दुर्घटनामा उनको संलग्नतालाई नकार्न सकिन्न । हो दुर्घटनामा ड्राइभर अमर लामा बाँच्नु र बाँच्नुको रहस्यमय  पर्दालाई खोल्ने तथा अमर लामा प्रति जाँच पडताल क्रमलाई किन निरन्तरता दिइएन ? निरन्तरता नदिउञ्जेल तथा सत्य तथ्यलाई मुलुक बासी समक्ष ल्याउने दृढता ओली, माधव हुँदै यसलाई ध्यान नदिनु तथा वास्ता नगरिनुका पछाडिका मदन भण्डारी हत्याका धेरै प्रश्नहरू धेरैसँग तेर्सिन सक्छ । केपीओली प्रधानमन्त्री हुँदै गर्दा विद्यादेवी भण्डारी दुई÷दुई पल्ट राष्ट्रपति हुँदासम्म मदन भण्डारी जाँच आयोगको गठन नगर्नुका पछाडि केपीओली तथा विद्या भण्डारीले यी सबैको फेहरिस्त नेपाल कम्युनिष्ट पार्टी एमाले तथा देशभक्त जनतालाई सत्यता अवगत गराउन के ले रोकेको हो ?

प्रचण्डका देशद्रोही हर्कत, भारतीय नागरिकहरूलाई युद्ध स्तरमा हजारौँ भारतीहरूलाई लाइन लगाएर नागरिकता बाँडिएको छ त्यसका विरुद्ध त्यसका खारेजीको लागि जिल्ला जिल्लाबाट उठेर यी देशद्रोही हरकतबाट विभिन्न पार्टीका झोले नेताहरूका विरुद्ध देशभरि नै देशलाई माया गर्ने देशवासीहरू उठ्न जरुरी छ ।

यी सबै कुराको निर्कोलता इतिहासको कठघरामा उभिएका के.पी. ओली तथा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पतिको मृत्युको रहस्य उद्‍घाटित गर्न केले रोकेको थियो । त्यसको सत्य तथ्य बाहिर ल्याउनका लागि के.पी. ओली लगायत विद्यादेवी भण्डारीलाई के ले रोकेको थियो ? यसको जवाफ दिन किन ढिलाई गरिरहेको छ ? सत्तामा हुँदा आफूले जे जस्तो हरकत तथा घटनाहरूलाई ओझेल पार्नका लागि छानविनमा आफ्ना तर्फबाट पाइएका सत्य तथ्यलाई उजागर गर्नका लागि एमालेका जिम्मेवार नेता केपी ओली एवम् विद्यादेवी भण्डारीलाई केले रोकेको थियो । 

जति जति यी यस्ता आरोपका भनकहरूलाई आउने पिँढीलाई मदन भण्डारीको हत्याराको चिरफार गर्नु आजका जिम्मेवार व्यक्तिहरूको पनि नैतिक दायित्व र कर्तव्य होइन ? 

गगन थापासँग रवि लामिछानेको कनेक्सन 

काठमाडौँको चुनाव क्षेत्र रवि लामिछानेले गगन थापालाई चटक्कै छोड्नु प¥यो । गगन थापाले संसदमा चिच्याउँदै भनेका थिए एम.सी.सी. नेपालमा आयो भने मलाई चार पाटा मुडेर थानकोट कटाइ दिनु । उनले यसो भन्दै गर्दा मुलुक भित्रका सबै पार्टीहरूको मिलोमतोमा एम.सी.सी. पास भएको छ । यी सबै पार्टीका नेताहरूले करोडौं र अरवौमा एम.सी.सी. ले चलखेल गरेको छ । पार्टीका बहुसंख्यक सदस्यहरूको या उसका परिवारका सदस्यहरूको खाता जाँच गरिएको खण्डमा कति रकम कसले खाएको छ त्यसको पूर्णता पाठ उनीहरूलाई कोर्रा लगाउने वित्तिकै प्रष्ट हुन्छ । 

रवि लामिछाने जुन ठाउँमा बसोबास गरेका थिए त्यो क्षेत्रमा गगन थापा पनि त्यसै क्षेत्रबाट उठ्ने भएकाले त्यसको चाँजो तथा सेटिङवाला दूताबासको कारण रवि लामिछानेले अन्तत चुनावी मैदानको लागि चितवनलाई बनाएका थिए । यस कारण गगन थापा र रवि लामिछाने कसबाट प्रयोग भएको कुरा बुझ्न माथा धेरै खियाउनु नै पर्दैन । गगन थापा हुन रवि लामिछाने यी दुवैको गडफादर एउटै हो भन्ने कुरामा दोमन रहेन । 

रवि लामिछाने गृहमन्त्रीमा आवागमनपछि कैलाश सिरोहिया, महरा, देशघाती, देश लुटेराको ट्याग लगाउनु र कारवाहीको सिलसिला निरन्तर दिन नसक्नु तथा भोलि पल्ट यी दुवैलाई किन सन्मान सहित छोड्नु ? किन जेल हाल्न नसकेको ? देशप्रति घात गर्ने नक्कली नागरिकताको आधारमा पत्रिका, एफ.एम. रेडियो, टेलिभिजन आदिलाई प्रतिबन्ध किन नलगाएको यसो गर्न नसकिएकोमा देशवासीका नाममा सन्देश जारी गर्न रवि लामिछानेलाई के कारण रोकियो ? के कुरा स्पष्ट छ भने रवि लामिछानेले अझै अमेरिकाको ग्रीन कार्ड त्यागेका छैनन् । यसरी नेपाल सरकारलाई गुमराह बनाउन मिल्छ ? नैतिकताको आधारले उनले गृहमन्त्री खान मिल्छ ? यी सबैको जवाफ गृहमन्त्रीले दिनु पर्नेछ । 

प्रधानमन्त्री प्रचण्डको नैतिक सवाल

  वहालवाला प्रधानमन्त्री प्रचण्ड यी कुनै देशभक्तिको दम्भ यिनीमा नै छैन । यी भारतीय सरकारबाट पालित पोषित अझ भन्ने हो भने नेपालको लागि कम्फोर्टेवल लेण्डुपे दोर्जे भन्दा पनि हुन्छ । अझ भन्ने हो भने तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा रोकिएको नागरिकता विधेयकलाई संसदमा नलगिकन भारत भ्रमण जाने वहानामा राष्ट्रपतिलाई विधेयक माथि हस्ताक्षर गर्न तारतम्य मिलाए । संसदलाई नै वाइपास गरेर देशद्रोही कार्य गरिएको थियो । संसारमा कतै नभएको ऐन व्यवस्था तथा नागरिकता सम्बन्धी हचुवाको भरमा भारतीय नागरिकलाई मुलुक भित्रका जिल्ला जिल्लामा सिनेमाको टिकट काटेको जस्तै नेपाली नागरिकता थमाउने कार्य भयो । देशप्रति घातको घात गरेर मुलुकलाई सिक्किमीकरणका लागि मार्ग प्रशस्त गर्न, देशप्रति घात प्रतिघातका बाली लाउने त्यसलाई मल जल दिएर देशलाई विमुख बनाउने अर्थात् सिक्किमको बाटोमा नेपाललाई जवरजस्ती  धकेलिँदैछ ।

मुलुक भित्र रहेका जुनसुकै पार्टीहरू हुन् या पार्टीमा नभएकाहरू हुन्, पार्टीका व्यक्तिहरू या विभिन्न नामधारीको रूपमा भएका नै किन नहुन्, पार्टी भन्दा देश ठूलो हो यो महानता र तीतो सत्यलाई स्वीकार्दै देशमाथि विभिन्न कोणबाट घातमाथि घात गरिदै छ । प्रचण्डका देशद्रोही हर्कत, भारतीय नागरिकहरूलाई युद्ध स्तरमा हजारौँ भारतीहरूलाई लाइन लगाएर नागरिकता बाँडिएको छ त्यसका विरुद्ध त्यसका खारेजीको लागि जिल्ला जिल्लाबाट उठेर यी देशद्रोही हरकतबाट विभिन्न पार्टीका झोले नेताहरूका विरुद्ध देशभरि नै देशलाई माया गर्ने देशवासीहरू उठ्न जरुरी छ । पुर्खाले आर्जायको यो मुलुकको अस्तित्वलाई निरन्तर प्रदान गर्नका लागि हामी आफ्नो आफ्नो समर्थ लिएर प्रचण्डको देशद्रोही हरकत  भारतीहरूलाई युद्धस्तरमा वितरण गरिएको नागरिकता खारेजको लागि युद्धस्तरमा लाग्ने र  खारेजीको पहल गर्ने हाे कि ?

 

२०८१ असार १
इटहरी, तरहरा 
स्वतन्त्र पत्रकार एवम् 
प्रेस स्वतन्त्रता सेनानी–२०७४