सूर्य नेपालद्वारा दमौली अस्पताललाई दुई थान हेमोडायलाइसिस  मेसिन प्रदान

सूर्य नेपालद्वारा दमौली अस्पताललाई दुई थान हेमोडायलाइसिस  मेसिन प्रदान

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १०, २०८१

तनहुँ  ।  संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै संयुक्त लगानीको निजी क्षेत्रको कम्पनी सूर्य नेपालले दमौली अस्पताललाई   २८ लाख बराबरका दुई थान हेमोडायलाइसिस  मेसिन प्रदान गरेको छ । 
कम्पनीका जनसम्पर्क प्रमुख अन्जन दवाडीले दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बराललाई शनिबार ती मेसिन हस्तान्तरण गर्नुभएको हो ।  

अस्पतालमा हाल दश वटा डायलाइसिस मेसिन छन् । अस्पतालले दैनिक आठ वटा मेसिन सञ्चालन गरेर ५६ जना मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा प्रवाह गरिरहेको डा।बरालले राससलाई जानकारी दिनुभयो । एउटा मेसिनबाट दैनिक तीन जना बिरामीको सेवा भइरहेको छ ।