नेपाली परिकारको स्वादसँगै  एभरेस्ट कप २०२४ को उपाधि ओस्लो यूनाईंटेडलाई  !

नेपाली परिकारको स्वादसँगै  एभरेस्ट कप २०२४ को उपाधि ओस्लो यूनाईंटेडलाई  !

प्रेम परियार  |  खेलकुद  |  असार १२, २०८१

नर्वे । यही २०२४  जुन २३ तारिक आइतबारको दिन नर्वेको राजधानी ओस्लो शहरको भाईट् भेट स्कूल मैदानमा गैर आवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आयोजनामा भएको एभरेस्ट  कप मैत्री पूर्ण फुटबल टुर्नामेन्ट २०२४ सफलतापूर्वक सम्पन्न भएको छ ।

एनआरएनए  नर्वेले आफनो वार्षिक कार्यतालिका अनुसार २०१३ देखि  निरन्तर एभरेस्ट कप फुटबलको आयोजना गर्दै आएको यो १२ औ वर्ष हो । 
 

नर्बेमा क्रियाशील विभिन्न क्लब र नेपाली संघ , संस्थाको प्रतिनिधित्व गर्दे यस वर्ष  १० टिमको सहभागीता रहेको थियो । 

खेलको माध्यमद्वारा विभिन्न संघ संस्था र समुदाय बीच आपसी सद्भाव अभिवृद्धि गर्दै लैजाने अभिप्रायबाट यो मैत्रिपूर्ण फुटबल खेलको आयोजना गरिएको महासचिव ईश्वरी प्रसाद  खनालले बताउनु भयो । 

बालबालिकाहरुको स्कूल  बिदा र लामो समय सम्म हिउँ र बादल पछि आउने प्रत्येक वर्ष एभेरेस्ट कप रनींग शील्ड फुटबल गरीने यो खेलले धेरैको ध्यान आकर्षण गरेको छ ।
 प्रतियोगिता NRNA NCC   नर्वेका अध्यक्ष विष्णु गौतम ज्यूले निर्धारित समय बिहान ०९:३० बजे नेपाली राष्ट्रिय धून बजाई उद्घाटन गर्नु भएको थियो  ।

आयोजकले प्रतियोगीता सफल पार्नको निमित्त बाक्लो संख्यामा स्वयं सेवक परिचालनका  साथै अन्य आवश्यक संरचनाको उचित ब्यबस्थापन मिलाएको थियो ।
प्रतियोगितामा सहभागी १० टिमलाई पछि पार्दै यस वर्ष ऐभरेसट् कपको उपाधि ओस्लो युनाइटेडले हात पार्न सफल भएको छ भने आयोजक NRNA Norway United उपविजेता हुन सफल भयो ।

प्रतियोगीतमा सहभागी टीम १० मध्ये बाट Oslo and Young boys United  ओस्लोका मोहम्मद आजायु  उत्कृष्ट खेलाडी घोषित हुनु भएको छ भने टप स्कोरमा एनआरएनए टिम बाट सोलमानी बेएर , उत्कृष्ट कीपरमा अमृत तामांग, निष्पक्ष खेल प्रदर्शनमा नेपाली नेस्को  'बी'  उदयीमान खेलाडी मा प्रवीण पौडेल छानिए ।
प्रतियोगीतामा प्रमुख अतिथि प्रा. विशाल सिटौला, एनआरएनका आई सीसी सदस्य पवित्र बस्नेत ,संस्थाका पदाधिकारी,संरक्षक,सल्लाहकार,  विभिन्न संघ संस्थाका प्रतिनिधि र सामाजिक अभियान्ता हरुको रोहबरमा नगद , शिल्ड तथा प्रमाण पत्र वितरण गरिएको थियो ।
प्रथम विजेता ओस्लो एण्ड यूनाइटेड ले ट्रफ़ी, शील्ड, प्रमाण पत्र सहित नगद १५ हजार  प्राप्त गरेको छ । रोचक र प्रतिस्पर्धा भएको फाइनलमा राजन परियारले हानेको गोल निर्णायक  बन्न पुगेको थियो  ।

यस बर्षको एभरेस्ट कप अन्य आकर्षण मा बच्चा हरु को फुटबल खेल जसमा १३ बर्ष मुनि का ६० जना बाल बालिका सहभागी थिए । त्यस्तै ३५ उमेर समुह का हरु बिच पनि मैत्रीपूर्ण फुलबाट खेल भएको थियो जस मा ४० जना सहभागी जानुहुन्नथ्यो ।

प्रतियोगितामा सहभागी १० टिम मध्यको बढी सदस्य संख्या भएको नेपाली पोर्चुगिज समाज नर्बेको उल्लेखनीय उपस्थिति रहेको थियो । नेपोसले आफनो टिमलाई थप उत्साह दिन दमाहा , झ्याली बज्दा थप रोचक बनेको थियो । 

यो मैत्रीपूर्ण खेल संगै नेपाली स्वादको खाना र नेपाली सर समानको अभिवृद्धि गर्दे लैजाने उद्धेश्यले सुरूवात नेपाली स्टल राखिएको थियो । 

स्टलमा नेपाली परिकार मम , सेल रोटी , नेपाली चाउचाउ र बाक्लो उपस्थित रहेको महिलाको संख्यालाई लक्षित गरी पानी पुरीको राखिएको थियो । नेपाली परिकारको स्वाद लिदै आ- आफनो टिमलाई उत्साह दिनको लागी नेपालीहरुको बाक्लो  उपस्थिति रहेको सो वरपर नेपालमय बनेको थियो । 

प्रतियोगीतामा सहभागी टिम र उपस्थित जनसमुदाय लाई आयोजक एनआरएन नर्वेले बिहानको खाजाको ब्यबस्थापन गरेको सो कार्यक्रममा करीव ४०० जनाको उपस्थिति रहेको थियो ।सो कार्यक्रममा सहभागी जनसमुदाय लाई अध्यक्ष विष्णु गौतमले धन्यबाद दिदै आगामी कार्यक्रममा सहयोगको अपेक्षा राखेको बताउनु भयो । 

कुनै पनि भै परि आउन सक्ने  दुर्घटना र प्राथमिक उपचारको सम्पूर्ण ब्यबस्थापन र खर्च आईसीसी सदस्य पवित्र बस्नेत ले गर्नु भएको थियो । प्रतियोगिता संचालन युवा संयोजक असीम  लम्साल  ले गर्नु भएको सो कार्यक्रम साझ २०: ३० सम्म संचालन भएको थियो ।