नेपाल आइडल विजेता परियारलाई  प्रधानमन्त्री प्रचण्डद्वारा गितार उपहार

नेपाल आइडल विजेता परियारलाई  प्रधानमन्त्री प्रचण्डद्वारा गितार उपहार

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  असार १३, २०८१

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल विजेता करण परियारलाई आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएर बधाई दिनुभएको छ । उक्त अवसरमा उहाँले विजेता परियारलाई गितार उपहार दिनुभएको थियो ।

प्रधानमन्त्री दाहालले विजेता परियारलाई बधाई दिनु हुँदै सङ्गीतका खासखास कार्यक्रम आफूले हेर्ने गरेको उल्लेख गर्दै युवापुस्ताका हरेक सुख दुःखमा आफू साथमै रहेको बताउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले साङ्गीतिक क्षेत्रमा राम्रो सम्भावना र भविष्य भएकाले परियारले निरन्तर साधनामार्फत देशकै प्रतिष्ठा बढाउन मेहनत गर्ने विश्वास व्यक्त गर्नुभयो ।