प्रचण्डका घात प्रतिघात : मुलुकको अस्तित्वलाई सङ्कटमा पार्दा पनि पत्रकार महासङ्घ मौन किन ?

प्रचण्डका घात प्रतिघात : मुलुकको अस्तित्वलाई सङ्कटमा पार्दा पनि  पत्रकार महासङ्घ मौन  किन ?

ऋतु आशिक  |  दृष्टिकोण  |  असार १३, २०८१

   'बिका हुआ पत्रकार, डरा हुआ विपक्ष और सौई हुई जनता ये तीनो काफी है देश वर्वाद करने के लिए '

– डा. ए.पी.जे. अब्दुल कलाम

 संसारको कुनै पनि पार्टीगत चलेको देशमा नेपाल जस्तो दुर्दिन भोग्ने स्थितिमा यी हरफहरू लेख्दा सम्म पाइएको छैन । जनताको अभिमत लिएको प्रथम पार्टीको रूपमा नेपाली काँग्रेस दोस्रो वैरियत क्रममा एमाले तथा नेकपा माओवादी तेस्रो वैरियत क्रमको पार्टी हो । तेस्रो पार्टीले कतै कुनै देशमा सरकार चलाउँछ त्यस्तो संयोग कुनै पार्टीले प्राप्त गर्न सक्छ ? देशप्रति घात प्रतिघातमा नेपालका सबै पार्टीहरू देशप्रति जिम्मेवार नभएर देशलाई घात प्रतिघातमा उनीहरू उत्रिएका छन् । मुलुक भित्र रहेका विभिन्न पार्टीका संसदहरूसँग अकुत सम्पत्ति रहेको छ । त्यसको स्रोतको रूपमा छिमेकीद्वारा बाँडिएको अवैध रकमलाई नै लिन सकिन्छ । राष्ट्रको निम्ति आफ्नो स्वाभिमानलाई बन्दगी राखेर देशप्रति घात प्रतिघात गर्ने होडमा संसदहरू नै अग्रस्थानमा रहेको पाइन्छ । 

जब–जब प्रचण्ड भारत भ्रमणको क्रममा आफ्नो समकक्षीसँग वार्तामा परराष्ट्रमन्त्री तथा अन्य समकक्षीलाई नराखेर (आफ्नी छोरीलाई/प्रोटोकलले नचिनेको) लाई राखेर कुराकानी गरिएको दृश्य टेलिभिजनमा देखाइएको थियो । प्रचण्डका यस किसिमबाट देशलाई झुकाउने तथा मुलुकको अस्तित्वको उचाइ माथि नै घात प्रतिघातका नमुनाहरू स्पष्ट देखिएका छन् । 

देशप्रति घात गरिएका तथा नेपाली जनताप्रति भद्दा मजाकमा उत्रिएका प्रचण्डको देशद्रोही हरकत हेर्नुस्–तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा व्यक्त गरेको नागरिकता विधेयकलाई संसदमा समेत पेश नगरेर चोर बाटोबाट जसलाई देशद्रोही हरकतको तौर तरिकाबाट रामचन्द्र पौडेलद्वारा हस्ताक्षर गराइएर प्रधानमन्त्री प्रचण्डद्वारा भारत भ्रमण शुरु गरिनु आफैँमा पनि घृणित दृश्य तथा देशप्रति घात प्रतिघात ओढेर प्रधानमन्त्रीको मजेत्रो ओढेर हिँड्नु देशप्रति घात हो भनेर भन्न सकिन्छ ? 

देशमा अवस्थित रहेका ७७ जिल्लाबाट प्रचण्डको देशद्रोही हरकतलाई देशभक्त नेपालीले चिर्दै हिँड्नु यो अहम् नैतिक दायित्व हो । 

तत्कालीन पत्रकार महासंघ

तत्कालीन नेपाल पत्रकार महासंघ आफ्नो सौर्यताको लागि तत्कालीन सरकारसँग मुलुकभित्र राष्ट्रियताप्रति समर्पित, मुलुकका आम जनताको मौलिक अधिकारप्रति समर्पणका शंख नाद गर्दै सशक्त रूपमा आफ्ना वाक् स्वतन्त्रता, राष्ट्रको सार्वभौम सवालमा समर्पण भावधाराप्रति आफ्नो प्रतिबद्धता जनाउँदै थियो । नेपाल पत्रकार महासंघ स्वतन्त्र र स्वच्छ मौलिक अधिकारको धारा प्रवाहको लागि उठिरहेको थियो । त्यस बेलाका समयलाई नेपाल पत्रकारहरूको प्रारम्भिक काल थियो । तत्कालीन पत्रकारका अग्रज पदम ठकुराठी माथि सांघातिक हमला भएको थियो । त्यस सांघातिक हमलालाई नेपाल अधिराज्य भरि जिल्ला जिल्लाबाट आएका पत्रकारहरू विरोधका स्वरहरू लहराएका थियो । तत्कालीन नेपाल पत्रकार महासंघ त्यो काल रात्रिलाई चिरेर नेपाल पत्रकार महासंघको जन्म भएको थियो । ती विरासतबाट त्यो ऐतिहासिक परिघटनाका हामी जिल्ला जिल्लाबाट गएका प्रतिनिधिहरू समेत साक्षी थियौँ । त्यसबेलाका पत्रकार महासंघका हामी साक्षी हौँ । 

आजको नेपाल पत्रकार महासंघको मौनता

 नेपाल पत्रकार महासंघ विभिन्न पार्टीहरूका तर्फबाट पार्टी पत्रकारको रूपमा यसबेला दर्ज भएका छन् । मुलुकभित्र विभिन्न पार्टीबाट कोटामा पारिएका पत्रकारको प्रारूप भन्दा पनि नेपाल पत्रकार महासंघ पार्टीप्रति प्रतिबद्धता भन्दा देशप्रति जनताप्रति जिम्मेवार हुनुपर्छ । 

जब–जब महाकाली सन्धि पास गर्नका लागि नेकपा एमालेका तर्फबाट खड्ग ओलीद्वारा गरिएका हरकतका कारण एमालेको साख गिर्नुका साथै यसबेला भारतीय सरकारको हाम्रो देशप्रति गरिने व्यवहार झन्–झन् खस्किँदो अर्थात् देशप्रति असमान जनक व्यवहारहरू यसबेला प्रष्ट दै गएकाे विषय हाे । 

नेपाल पत्रकार महासंघ देश र जनताप्रति उसको जवाफदेहिता कसौँ टाढा छ । जब, जब प्रचण्ड भारत भ्रमणमा जाँदै थिए, संसदलाई नै वाइपास गरेर तत्कालीन राष्ट्रपति विद्या भण्डारीद्वारा रोक्का गरिएको नागरिकता विधेयकलाई रामचन्द्र पौडेलद्वारा उनको देशद्रोही कार्यलाई पुट दिँदै, भारत भ्रमण प्रधानमन्त्रीको हैसियतबाट निस्किँदा खेरी नेपाल पत्रकार महासंघ किन मौन बस्यो ? देशप्रति घात प्रतिघात हुँदा एउटा देशप्रति जिम्मेवार संस्थाले मौनता साध्नु मिल्छ ? 

देशलाई नेपाल पत्रकार महासंघका जिम्मेवार व्यक्तिले प्रधानमन्त्री प्रचण्डद्वारा गरिएको देशद्रोही हरकतप्रति मौनता बस्नु ? मुलुकभरका पत्रकार महासंघलाई प्रचण्डले गरेका देशद्रोही कार्य विरुद्ध किन पत्रकार महासंघले फरमान जारी नगरेका ? प्रधानमन्त्री प्रचण्डद्वारा गरिएको देश प्रतिको गद्दारीमा नेपाल पत्रकार महासंघमा सहभागी भएको कुरा मुलुकभरका पत्रकारहरूले भन्न सक्नुपर्छ । देशप्रति घात प्रतिघात हुँदा हामी मौनता हुनु, प्रचण्डका हरकतप्रति मौनता बस्नु, देश प्रतिको गद्दारी हो ।  आज देशभक्त नेपालीप्रति धोका हो । मुलुक भित्र जुन सुकै जिल्लामा रहेका पत्रकार भित्रहरू देशप्रति घात गर्ने नेता तथा पत्रकारको भेषमा तिनीहरूको देशद्रोही कार्यलाई समर्थन गर्ने पत्रकार जो सुकै होस् तिनीहरूलाई नङ्ग्याउनुस् । यहाँसम्म कि हामी आफू बिच कोही छौ देशप्रति घात गर्ने कोही छौ । कुनै पनि आवरणमा हामी हरकत गरिरहेका छौँ भने ती सबैलाई नङ्ग्याउनुस् । देश भन्दा ठूलो, देशभन्दा प्रिय अरू केही हुँदैन । यो अहम् सवाल यो अहम् अठोटले तपाई हामीमा प्रश्रय पाएको हुन्छ । देशभन्दा ठूलो कुनै पार्टी हुँदैन । देशभन्दा अर्को विकल्प हुँदैन । देशप्रति घात प्रतिघात गर्ने जो सुकै होस् तपाईं जहाँ जे जस्तो अवस्थामा हुनुहुन्छ त्यहीबाट तपाईले शंख घोष गर्नुस् । देश तपाई हामी तथा हाम्रा सन्तानहरूको नासो हो । हामीले जसरी अघिल्लो पिँढीबाट जे जस्तो विरासतमा पाएका छौ । त्यो स्वतन्त्र तथा गर्विलो मुलुक हामीले हाम्रो पछि आउने सन्तानलाई हस्तान्तरण गर्नु हाम्रो नैतिक जिम्मेवारी हो । 

भारत सरकार हाम्रो देशमाथि अनिष्ट गर्न तथा भारतीय शासकको स्वार्थमा आफ्नो मनोगत चाहना मिसाउँदै चिनियाँ सरकारप्रति घृणा फैलाउँदै एम.सी.सी. यसबेला मुलुक भित्रै मुस्ताङका विभिन्न क्षेत्रमा क्याम्पस खडा गरिरहेको कुरा सार्वजनिक हुँदैछ ।         

प्रिय मित्रहरू !

विभिन्न पार्टीमा आबद्ध रहेका पत्रकारहरू पहिलो शर्त हाम्रो प्रतिबद्धता देशप्रति हुनुपर्छ । उपमाकै रूपमा तत्कालीन महाकाली सन्धि पास गर्न एमालेका के.पी. ओलीले नेपालाई खरबौँ रूपैयाँ वार्षिक आय हुने वताए भारतलाई सुर्पुदगी गर्ने अहम् भूमिका खेलेर भारतलाई जिम्मा लगाएका थिए । खोइ ती वार्षिक रूपमा आउने खरबौ रूपैयाँ के.पी. ओली र उनको गुटद्वारा गरिएको देशद्रोही हरकतलाई चिर्दै अघि बढ्नु नेपाली पत्रकारहरूको अहम् पहिचान हो । 

एम.सी.सी. को चपेटामा मुलुक

मुलुक यसबेला भारतीय सरकारद्वारा एकतर्फी रूपमा आम नेपालीलाई कमजोर तर्फ तथा यो मुलुकलाई दोस्रो सिक्किमीकरणको लागि युद्धस्तरमा लागि परिरहेको छ । प्रचण्ड सरकारसम्म आइपुग्दा झण्डै–झण्डै ७०–८० लाखसम्म भारतीयहरूले नेपाली नागरिकता बाँडिएको कुरा सतहमा आएको छ । भारत सरकार हाम्रो देशमाथि अनिष्ट गर्न तथा भारतीय शासकको स्वार्थमा आफ्नो मनोगत चाहना मिसाउँदै चिनियाँ सरकारप्रति घृणा फैलाउँदै एम.सी.सी. यसबेला मुलुक भित्रै मुस्ताङका विभिन्न क्षेत्रमा क्याम्पस खडा गरिरहेको कुरा सार्वजनिक हुँदैछ ।         

 मुस्ताङमा रहेको अथाह सम्पत्तिको आँकलन भएको छ । संसारका विभिन्न ठाउँबाट अमेरिकाले महङ्गो युरेनियमहरू ओसार्दै, लुटका दुम दुमी बजाएको नौलो कुरा भएन । एम.सी.सी. को बहानामा अर्थात् नेपालमा रहेको युरेनियमलाई नेपालबाट त्यसलाई भारतलाई साक्षी राखेर अर्थात् भारत सरकारको हैकममा नेपाललाई छोडेर युरेनियम संसारको अहम् अथाह सम्पत्ति भर्खरै भनिएको थियो । ३ करोड नेपालीलाई ५०० वर्षसम्मको बाँच्नुको साथै येश आराम दिने कुरा सार्वजनिक भएको थियो । त्यसलाई चिर्दै १००० वर्षसम्म पुर्‍याइएको कुरा सार्वजनिक भएको छ । 

 मुलुक भित्रका विभिन्न पार्टी तथा उनका नेताका नाममा रहेका सम्पत्तिको छानवीन गरिएको खण्डमा एम.सी.सी.बाट अवैध तरिकाबाट भित्रिएका रकमहरूको लेखाजोखा स्पष्ट हुनेछ । देशभक्त नेपालीहरू मुलुकको यो वैभवता, यो हाम्रो मुलुकको ऐश्वर्यता केही मुट्टभर स्वार्थी नेपालीको ऐशको लागि ती लुटेराहरूप्रति हामी कठोर हुनुपर्छ । हाम्रो मुलुकको वैभवता हाम्रो समृद्धि हाम्रो सम्पदालाई कसरी संरक्षण र सम्बर्धन गर्ने तर्फ हामी युद्धस्तरमा लागि पर्नु हाम्रो अहम् साथै नैतिक जिम्मेवारी हो । हामी आफ्नो–आफ्नो ठाउँबाट देशप्रति घात गर्नेका विरुद्ध उठ्नुको विकल्प छैन । देशभरिका देशभक्तहरू हो ! आउ हातेमालो गरेर देशको सम्पदा जोगाउँ/लेखको अन्तिम बिट मार्नु अघि यी शब्दहरू जोड्न चाहन्छु ।

नेपाली काँग्रेस २०६३ सालमा सत्तामा भएको बेला भारतबाट आएका ४० लाख भारतीहरूलाई नेपाली नागरिकता दिइएको छ । ती नागरिकता खारेज गरिनुपर्छ । कैलाश सिरोहियाले नेपाली काँग्रेसको कुनै पनि खाले भ्रष्टाचारको बारे लेखेको छैन । कैलाश सिरोहियाले त्यसतर्फ मौनता साधेका छन् । काँग्रेस चै कैलाश सिरोहियाको कठपूतली पार्टी हो भनिँदै आएको छ । व्यवहारमा त्यस्तै देखिएको छ । कैलाश सिरोहिया भारतीय नागरिक हुनुका साथै उनले नेपाली नागरिकता नै कतै पाएका छैन । उनी नेपाली नागरिक नै होइन । उनको नेपाली नागरिकता नविकरण प्रमाणित नभइकन कान्तिपुर जस्तो पत्रिका कसरी उनको नाममा आयो । सम्बन्धित क्षेत्र किन मौनता रह्यो ? सुनिन्छ नेपालका प्रमुख अंगहरूको फेहरिस्त कैलाश सिरोहिया सँग छ । सम्बन्धित निकायले कैलाश सिरोहियाको नक्कली नागरिकताप्रति छानबिन गरेर देशप्रति घातका सूचनाहरू बारे सम्बन्धित क्षेत्रको संगीन जाँच पडताल गरिनु देशको हितको लागि अनिवार्य कदम हो । यसतर्फ सरकार कुनै कदम चाल्दैन भने सरकारको नियत र हैसियत आदिको छरपष्ट भएर पोखिन्छ । 

 

  स्वतन्त्र पत्रकार एवम् प्रेस स्वतन्त्र सेनानी २०७४          
पगाछी, तरहरा
                                        २०८० असार ९