वैभव, समृद्धिको लुटमा मौनता !?

वैभव, समृद्धिको लुटमा मौनता !?

लोकसंवाद संवाददाता  |  साहित्य  |  असार १६, २०८१

आफूलाई अब्बल दर्जाको 
कम्युनिष्ट धुन्धकारी पोष्टर 
छाती माथि भराइ टाँसेर 
के.पी. ओलीहरु यसबेला
गिरीबन्धु टी स्टेटलाई 
कानूनी दायरामा ल्याएर 
भ्रष्टाचारको नविनतम कार्य दिशामा होमिएका छन् । 
आफूसँग डाडु पन्यु टाँसेर 
करोडौंको भ्यू टावर 
झापामा ङिच्च हँसाएर 
जोरी पारीलाई कमाउनिष्टको सिनेमा देखाइ रहेका छन् । 
झापा माथि कमाउनिष्ट बर्को 
घृणा र घिनले भरिएको अनुहार प्रस्ट्याउँदै छन् । 

देवासुर संग्राम लेख्ने मोनदाथ प्रश्रितहरु 
मुलुकका बस्ती–बस्तीमा 
सर्वहारा मुक्तिको भजन गाउनेहरू 
जेलको बन्धनबाट निस्किएर 
शिक्षामन्त्रीको जागिर खाँदै 
गोल्छासँग २।२ थान गौँथलीका गुड लतार्छन् । 
भ्रष्टाचार शिलालेख अग्रलेख ठड्याएर 
भ्रष्टाचारको विरोधमा जुलुस लिएर निस्कन्छन् । 

शेरबहादुर देउवाहरु 
जेल र नेलको यातना भोगेर 
प्रहरी यातनाको कठोरताले 
बोली नै लर खराएको छ
अझ उनको बोली बुझिँदैनन् 
उपत्यका चाहार्दा–चाहार्दै
बिहान बेलुकाको खाना जो हो गर्ने साथीहरु 
यसबेला चिताङ्ग भएका छन् 
छोराको नाममा अरबौँको सम्पत्ति जोहो गर्न भ्याएका छन् 
काँग्रेस पार्टीका सभा स्थलहरुमा 
भ्रष्टाचार विरोधी अभियान थालिरहेकै छन् । 

महाकाली नदी भारतलाई सुर्पुदगी गरेर 
यसबेला 
के.पी. बाहरु बोलकोट दरबारको बार्दलीबाट 
भ्रष्टाचार मुक्तको घोषणा गरिरहेका छन् । 
भ्रष्टाचार मुक्त नेपालको घोषणा गरिरहेका छन् । 
प्रचण्डहरु 
शेरबहादुरहरु 
माधव नेपालहरु 
बाबुराम भट्टराइहरु । 

सन्दिप लामिछाने माथि 
वदनियत हिलो छ्यापि रहँदा 
अमेरिकी दाना पानीले शिर झुकेकाहरू 
नेताहरुको मौनता साधेर 
लाज घिन पचाएर 
क्रिकेटको वस्त्र धारण गरेर 
टि.भी. च्यानलहरुमा
देशभक्तको ट्याग टाँसिरहेका छन् । 
रवि लामिछानेहरू
अमेरिकी हुङ्कारलाई 
घोसेमुन्टो लाएर लुगलुगाउँदै कामी रहेका थिए । 
मेरो देशको विजय गाथा 
संसारमा गर्ववोध फैलिनु अघि नै 
सन्दिपलाई मैदानमा पुग्न वर्जित गरियो । 
देशमाथि घात गरिरहँदा 
मेरो देशको अपमान हुँदा
सत्ताको चास्नीमा 
आफ्नै कट्टुमा सु–सु. गरिरहेका थिए । 

मेरो देशको वैभव ता, 
मुस्ताङमा फलेका
सृष्टिको अमूल्य सम्पत्ति 
मेरो देशको वैभवता
हो युरेनियम नै हो । 
पुर्खाहरुले आर्ज्यको अथाह सम्पत्ति 
शेरबहादुर, ओली 
प्रचण्ड, माधव नेपालहरु 
बाबुराम भट्टराईहरु 
अरबौ भिख थापेर 
मुस्ताङका माटोको अथाह अमूल्य धातुहरू 
अमेरिकी सैन्य भूगर्वविद् दस्ता लिएर 
हेलिकप्टर उडिरहेको छ । 
मेरो देशको वैभव, समृद्धि लुटिरहेको छ । 
मेरो देशको सुरक्षा सेना 
अदालत मौनता साधिरहेको छ । 
मेरो देशको सेना मौनताले, 
मेरो मन दुखेको छ । 

मेरो देशको वैभवता 
अमेरिकाले लुटेर लगिरहदा 
म कसरी खुशी हुन सक्छु 
मेरो देशको प्रहरी प्रशासन 
मेरो देशको सेना !
मेरो देशको अदालत !
म तिमीसँग हार गुहार गरिरहेको छु । 
मेरो देशको वैभवता माथि डकैती भइरहदा 
तिम्रो मौनता । 
तिम्रो बिरोधको स्वरहरु 
राष्ट्रिय अन्तर्राष्ट्रिय गुञ्जिनु पर्दैन ? 
मेरो छिमेकी चीनलाई किन गुहार्दै नौ ? 

मेरो देशका देशबासीहरु हो ? 
यो घात प्रतिघातमा 
तिम्रो मौनता 
मेरो लागि औडाहा भएको छ । 
मेरो देशको वैभवता 
मेरो नैसर्गिक अधिकार हो 
म मेरो देशको वैभवता, सम्पन्न संरक्षण
आऊ जोगाऊ
घर/घरबाट आऊ उठौँ घेरौँ । 
हाम्रो सम्पदा जोगाउ 
मुस्ताङ मार्चको अभियानमा सामेल हौ । 
मेरो देशको वैभवता चोरी हुनबाट जोगाऊ । 
आऊ हामी एककार हौ । 
समय धर्किनु अघि एकाकार हौ । 

तरहरा, इटहरी 
२०८१ असार ११, मङ्गलबार
स्वतन्त्र पत्रकार एवम् प्रेस स्वतन्त्र सेनानी 
२०७४