युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानद्वारा चुमरेको स्वास्थ्यलाभको कामना

युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानद्वारा चुमरेको स्वास्थ्यलाभको कामना

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १८, २०८१

काठमाडौँ । युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै मेची प्रादेशिक अस्पताल, भद्रपुर, झापामा उपचाररत वरिष्ठ साहित्यकार, नेपाली भाषा एवम् शिक्षा सेवी चूडामणि  रेग्मी(चुमरे) को शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रतिष्ठानका महासचिव नन्दु उप्रेती द्वारा  मिति २०८१र०३र१७ मा प्रेसित विज्ञप्तिमा भनिएको छ,' नेपाली भाषा साहित्यका वरिष्ठ विद्वान् एवम् अनवरत सेवक, झर्रोवादी आन्दोलनका अग्रज अभियन्ता,  साहित्यिक पत्रकारिताका विशिष्ट व्यक्तित्व, वरिष्ठ समालोचक, प्रगतिशील लेखक सङ्घ, नेपालका पूर्व केन्द्रीय सदस्य र पूर्वी नेपालका (भारतीय नेपाली समेतका) साहित्य लेखन र साहित्यिक पत्रकारिताका असल गुरु एवम् अभिभावक, त्रिभुवन विश्वविद्यालयका सेवानिवृत्त प्राध्यापक समग्रमा भन्दा कवि, कथाकार, निबन्धकार, हास्यव्यङ्ग्य निबन्धकार , समालोचक,भाषा अनुसन्धाता, साहित्यिक पत्रकार एवम् शिक्षासेवी आदरणीय बहुमुखी प्रतिभा चूडामणि  रेग्मी (चुमरे) लाई मस्तिष्कघात भई झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा भर्ना गरिएको जानकारी प्राप्त भएको छ । युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठान वरिष्ठ व्यक्तित्व रेग्मीको शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना गर्दछ ।'