महानगर तथा नगरपालिका: शहरलाई मात्र ध्यान दिने कि  गाउँ र कृषकलाई पनि ?

महानगर तथा नगरपालिका: शहरलाई मात्र ध्यान दिने कि  गाउँ र कृषकलाई  पनि  ?

पूर्ण ओली  |  दृष्टिकोण  |  असार २०, २०८१

प्राय युवाहरु सबै सुबिधा र अवसर खोज्दै शहरतर्फ लाग्छन् । सबैका आफ्ना घर नभएपनि श्रम गर्दै डेरामा भएपनि शहरमा बसेर आफ्नो जिविका चलाउँछन् । त्यस्तै अध्ययनको लागि पनि युवाहरु शहरमा नै आउन बाध्य हुन्छन् ।

यी सबैले शहरको सुबिधा उपयोग गर्दै आफुले तिर्नुपर्ने कर सम्बन्धित वडा र नगरपालिकाहरूलाई बुझाइरहेका हुन्छन् । सानातिना ब्यवसाय गर्ने ब्यवसायी देखि सबै कर्मचारी उद्योग पतिले कर नतिरी सुखै छैन । तर गाउँमा जनघनत्व कमि हुने र रोजगारका अवसरहरु पनि नगण्य हुने भएकाले गाउँको आम्दानी नगण्य नै हुन्छ । नगर तथा शहरमा बस्ने जनताले वरिपरिका गाउँबाट आउने तरकारी, फलफुल लगायत  चामल दाल लगायत खाद्यान्न शहरमा उपभोग गरिरहेका हुन्छन् । यिनै गाउँका खाद्यान्नको कारण शहरमा बस्ने मानिसले आफ्नो दैनिक गुजारा गर्न मद्दत पुगिरहेको हुन्छ ।

यसरी महानगर तथा नगरपालिका वरिपरिका गाउँबाट हुने बिभिन्न उत्पादनले शहर बासीहरूलाई सजिलो पारिरहेको हुन्छ । त्यसैले महानगर तथा नगरपालिकाहरुको सोच अलिक फराकिलो पार्दै नजिकैका पालिका सँग समन्वय गरि स्थानीय तरकारी लगायत खाद्यान्न उत्पादनमा स्थानिय कृषकलाई मद्दत पुर्‍याउने गरि नीति र कार्यक्रम ल्याउन जरुरत छ । जसबाट शहरका बासिन्दाले शुद्ध र अग्र्यानिक खाद्यान्नमा पाउन सक्छन् भने स्थानिय कृषकका उत्पादनले सजिलै बजार पाउन सक्छन् । 

मेरो लेखको प्रमुख उदेश्य भनेको शहरका जनताको लागि आबश्यक पर्ने तरकारी लगायत खाद्यान्नको आपुर्ति गर्ने स्थानीय गाउँका कृषकका हितमा नगरपालिकाहरुको सहयोगको योजना हुनुपर्छ । कमसेकम शहरको आम्दानीको केहि अंस गाउँसम्म पुगेर त्यहाँका किसानलाई लाभ पुगोस । सकिन्छ भने महानगर तथा नगरपालिकाहरुले आफ्ना इलाका या बाहिरका खालि जमिनहरू खोजेर त्यसलाई लिज अथवा भाडामा लिएर आबश्यक पर्ने तरकारी फलफुल आधुनिक तरिकाले लगाओस् जुन अग्र्यानिक होस जसमा बिषादी र केमीकलको प्रयोग नहोस । स्थानिय जनतालाई अनुदान दिएर भएपनि अग्र्यानिक तरकारी लगायत खाद्यान्न उत्पादनमा आबश्यक सहयोग पुर्‍याओस् । त्यसको खपत शहरमा गरिने जिम्मा नगरपालिकाहरुले लेउन । यसो गर्दा किसानलाई पनि प्रोत्साहन हुनेछ र आफ्नो उत्पादन सजिलै बिक्री हुनेछ ।

यस्ता खाद्यान्नमा तरकारी फलफुल, डेरी प्रोडक्ट लगायत, चिया, कफी, मह आदी हुनसक्छ । यदि महानगरपालिका तथा नगरपालिकाहरुले यसतर्फ सोचेर कार्यक्रमहरु बनाउने हो भने शहर बासी जनताले शुद्ध र अग्र्यानिक खाद्यान्न खान पाउने छन् र जनताको स्वास्थमा लाभ पुग्नेछ भने स्थानीय युवाहरुले आफ्ना गाउँमा स्वरोजगार गरेर बस्न धेरै मद्दत मिल्छ । 

सरकारले यस सम्बन्धमा ठोस नीति बनाइ स्थानिय निकायहरुलाई आबश्यक समन्वय गरि सहयोग पुर्‍याओस् । यदि यस कार्यलाई सरकार तथा नगरपालिकाहरुले गम्भिरतापूर्वक लिन सकेमा युवाहरु  बिदेश जानुभन्दा स्वदेशमै बसेर केहि गर्ने अवसर पाउने छन् । यसले बिदेश जाने युवाको ताँतीलाई केहि कम गर्न सक्नेछ ।  अब बन्दै गरेको नया सरकारले यसतर्फ ध्यान दिने हो भने सरकारको लोकप्रियता बढ्न समय लाग्दैन ।

अहिले बिदेशी आलु फिङगर चिप्स,  फ्रेन्च फ्राइ बनाउने  बिदेशबाट आयत गरिने गरेको सुनिन्छ । यसमा पनि अरबौं रकम बिदेश जाने रहेछ । यस्ता किसिमका आलुको बिउ स्थानिय कृषकलाई उपलब्ध गराउन सके यसबाट कृषकलाई फाइदा पुर्‍याउने मात्र होइन दीर्घ कालमा देशको बिदेशी ब्यापार घाटा पनि कम हुंदै जानेछ । अहिले काठमाण्डौ महानगरपालिकाले  जनताको लागि  स्वास्थ र शिक्षामा धेरै नै सहयोग पुर्‍याउँदै आएको छ । त्यस्तै गरेर बन्चरे डाँडामा भएको फोहोर ब्यबस्थापन गर्न जमिन दिए वापत स्थानिय  जनहितमा पनि धेरै कार्य गर्दै आएको छ । त्यस्तै गरेर स्थानिय जनतालाई कृषि लगायतमा मद्दत पुर्‍याउने गरि गुरु योजना बनाएर कार्य गरोस् । जसबाट सबै महानगरपालिका र नगरपालिकाहरूलाई उदाहरण बनून् । कमसेकम शहरमा बस्ने जनताको लागि स्वस्थ खाद्यान्न तरकारी, माछामासु , दुधको उत्पादनबाट बन्ने सबै किसिमका पदार्थको आपुर्ति नजिकैका गाउँ बस्तीबाट हुन सकोस् । जसमा नगरपालिकाहरुले आर्थिक, प्राविधिक लगायत बिउ मलमा मद्दत गरेको होस । कमसेकम कृषकका उत्पादनमात्र महानगरपालिका तथा नगरपालिकाहरुले खरिद गरिदिने निश्चित गरिदिने हो भने किसानले आफ्ना उत्पादित सामानको सजिलै बजार पाउने छन् । 

अहिले नेपाल सरकारले हरेक बर्ष अर्बौको बिदेशी मल खरिद गरेर ल्याउने गरेको छ । जसको उदेश्य कमिसनको खेलको ठुलो रकमको कारणले पनि हो । त्यसको प्रतिस्थापन गर्दै स्थानिय कम्पोस्ट मल, अग्र्यानिक मल जनताबाट नै बनाउन आबश्यक प्राविधिक र आर्थिक सहयोग पुर्‍याउन महानगरपालिका हरु सफल हुनसके यसबाट अर्बौको रकम बिदेशी न बाट जोगिनेछ । जंगली सुकेका झारपात, फोहोर मिलाएर मल बनाउन सकिन्छ । अहिले फोहोरबाट मोहोर बनाउने चलन पनि बढ्दै गएको छ ।

यस्ता कार्य परम्परागत तरिकाबाट जनताले गर्दै आएका छन् । घरमा पालेका गाईवस्तुको मलबाट बन्ने गोबर ग्याँस प्लाण्टले खाना पकाउने कार्य गरिँदा दाउराको लागि रुख काट्ने कार्य रोक्ने र  बिदेशी ग्याँसको खपत घटाउनेछ । यसतर्फ पनि महानगरपालिका तथा नगरपालिकाहरुले आफ्ना क्षेत्र र वरिपरिका गाउँमा आबश्यक सहयोग पुर्‍याउने नीति बनाइयोस् । यसबाट हाम्रा स्थानिय निकायहरु लाभान्वित हुनेछन् तथा युवाहरु स्वरोजगार गर्न सक्षम हुनेछन् । यदि यस्ता कार्यहरु अघि बढेमा शहरमा बस्ने जनताले शुद्ध र अग्र्यानिक खाद्यान्न पाउन सक्नेछन् । त्यस्तै बिषादी मिसिएका आयतित तरकारी फलफुल पनि रोकिनेछ । 

कमसेकम शहरबाट बाहिरका गाउँ बस्तीमा नगरपालिकाहरुको लगानी बढेमा यसले स्थानिय युवाहरुलाई स्वरोजगारमा मद्दत पुर्‍याउने छ । त्यस्तै गरेर अन्य खाद्यान्न धान,मकै, गहुँ आदिको लागि केन्द्र सरकारले राज्य भर सिँचाइको प्रबन्ध गर्दै मल कारखाना खोलेमा हामी खाद्यमा आत्मनिर्भर हुने मात्र होइन निकासि गर्न पनि सक्षम हुनसक्छौ । त्यसपछि बिदेश जाने युवाहरु स्वदेशमा ब्यवसायिक कृषि गरेर बस्न सक्छन् । 

सरकारले यस सम्बन्धमा ठोस नीति बनाइ स्थानिय निकायहरुलाई आबश्यक समन्वय गरि सहयोग पुर्‍याओस् । यदि यस कार्यलाई सरकार तथा नगरपालिकाहरुले गम्भिरतापूर्वक लिन सकेमा युवाहरु  बिदेश जानुभन्दा स्वदेशमै बसेर केहि गर्ने अवसर पाउने छन् । यसले बिदेश जाने युवाको ताँतीलाई केहि कम गर्न सक्नेछ ।  अब बन्दै गरेको नया सरकारले यसतर्फ ध्यान दिने हो भने सरकारको लोकप्रियता बढ्न समय लाग्दैन ।  


बालकुमारी ललितपुर नेपाल
२०८१ आषाढ १९