रास्वपाबाट महामन्त्री मुकुल निलम्बित !'सबै  प्रश्नको 'लाइ डिटेक्सन टेस्ट' दिन तयार छु' !!

रास्वपाबाट महामन्त्री मुकुल निलम्बित !'सबै  प्रश्नको 'लाइ डिटेक्सन टेस्ट' दिन तयार छु' !!

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २१, २०८१

'सबै  प्रश्नको 'लाइ डिटेक्सन टेस्ट' दिन तयार छु'

काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टीबाट  महामन्त्री तथा प्रवक्ता  डा‍.मुकुल ढकाललाई सात दिनको लागि  निलम्बन गरिएकाे छ । 

पार्टी उपसभापति डोल प्रसाद अर्यालद्वारा हस्ताक्षरित असार १९ को पत्रद्वारा निलम्बन गरिएको हो ।

निलम्बन गरेकाे पत्र सार्वजनिक गर्दै महामन्त्री तथा प्रवक्ता  डा‍.मुकुल ढकालले एक स्टाटस लेख्दै भनेका छन् - 'नेता होइन, राजनेता बनाउनपर्छ, नेता मात्र त चङ्गुलमा फसेँ' । सोही स्टाटसमा भनिएको छ - सबै प्रकारका प्रश्नहरूको जवाफ, आरोपहरूको जवाफ दिन सक्छु । पर्यो भने 'लाइ डिटेक्सन टेस्ट'  दिन पनि तयार छु ।

यस्तो छ महामन्त्री तथा प्रवक्ता  डा‍.मुकुल ढकालले एक स्टाटस

२ वर्षदेखि सभापतिको कुरालाई किन गलत भनिनस् भनेर सोधिन्छ । मलाई लाग्यो उहाँले देश बनाउनु हुन्छ, उहाँको कुरा मान्नुपर्छ । कति कुरा गलत लाग्दा लाग्दै मानिदिए, केन्द्रीय समितिको बैठकमा केहि कुरा पेलेरै लागू गरिदिए ।

पेल्ने मान्छे म थिए, वा म केवल एक पात्रको रूपमा थिए र त्यसको पछाडी अरू कोहि थियो , त्यो आजको बैठकले छर्लङ्ग भएको छ । प्रचण्डसँग सहमति गरेर आइसकेपछि, मलाई सरकारमा जाने भन्नु भयो । मैले उहाँको आदेश अनुसार प्रस्तुति दिए, मैले सोचे , मेरो कर्तव्य हो , र यो मान्छेले देश बनाउँछ साथ दिनुपर्छ ।

तर सरकारमा पुगेपछिका कुराहरूका कारण, मलाई शङ्का लाग्यो - यो मान्छेले देश बनाउँछ वा बनाउँदैन । जनताले जे भने , त्यहि बोलिदिए । सोचे , कुर्सीको न्यानोले छोपेको , गाडीको कालो सिसाहरूले  घेरिएको हुनुहुन्छ , सचेत गराउन पर्छ । मैले सोचे, नेता होइन, राजनेता बनाउनपर्छ , नेता मात्र त चङ्गुलमा फँसे ।

विगत लामो समयदेखि परिचित भएकाले, मलाई महामन्त्रीबाट हटाउँछन् भन्ने लागेकै थियो । पद गौण हो , जनताका कुरा बोलिदिँदा कारवाही भए पनि बोल्न पर्छ लाग्यो र बोले । सरकारमा हुँदा प्रतिवेदनहरू कसरी लुकाइए देखेको मैले , मिडियाबाजी गर्न बाध्य भए । मलाई शङ्का लाग्यो, प्रतिवेदनलाई फास्स फुस्स गर्छन् , पार्टी बिग्रिसक्यो, सुधार्दैनन् ।

जनताको कुरा जस्ताको तस्तै बोलि दिएकोमा आज मलाई कारवाही भएको छ । बाल हठ जस्तो होस् , अस्वभाविक लागोस्, वा अव्यवहारिक जनताले जसरी बताए त्यसरी नै बताइदिए । प्रतिवेदन सार्वजनिक भएपछि पढेर विचार गर्नुहोला नै । जनताको आवाज बोल्दा यो पटक रवि लामिछानेको विरूद्ध बोलेको हुन्थ्यो , उहाँ पनि जनताकै पक्षमा होला सोचेर , बोलिदिए । जनताको पक्षमा बोल्न पर्छ, सत्य त्यहि हो बुझेकाले सत्यको पक्षमा बोलिदिएँ । बोलेकै आधारमा आज मलाई पार्टीले निलम्बन पत्र थमाएको छ । 

अर पनि भनि दिऔँ, अरु के के गर्नुहुन्छ अब भनेर । अब उहाँको एउटा फेसबुक स्ट्याटस आउन सक्छ । केहि परिचालित व्यक्तिहरु छन् , पक्षमा स्ट्याटस हरू लेख्न लगाउन सक्नुहुन्छ । एक स्टेप अघि बढेर मिडियामा 'प्रमाण सहित' यो , त्यो भनेर मेरो चरित्र हत्या हुने गरि केहि हल्ला फैलाउने प्रयास गर्नुहुन्छ । आज बैठकमै भनिसक्नु भयो, मिडिया क्षेत्रको हेडमास्टर हो म । सबै प्रकारका प्रश्नहरूको जवाफ, आरोपहरूको जवाफ दिन सक्छु । पर्यो भने 'लाइ डिटेक्सन टेस्ट'  दिन पनि तयार छु । पदीय मर्यादामा रहँदा केहि राजनीतिक व्यक्तिको नाताले गरेको छु , त्यो पनि आदेशले , हल्ला फैलाउने हो भने डिफेन्सका लागी म तयार छु । त्यसपछि , पत्रकारहरूको प्रश्नमा उहाँले जवाफ दिनुहुन्छ, कहाँ मैले कार्वाही गरेको , सम्पूर्ण केन्द्रीय समिति सदस्यको मतले कारवाही गरेको । मैले लोकतन्त्र मान्न पर्छ, पार्टीको विधि, पद्दति मान्न पर्छ । फेरी विधान उहाँ महामन्त्री आफैँले लेखेको ।

महामन्त्री मुकुल ढकालकाे फेसबुकबाट