एकीकृत समाजवादी अध्यक्षमा माधवकुमार नेपाल र  महासचिवमा घनश्याम भूसाल

एकीकृत समाजवादी अध्यक्षमा माधवकुमार नेपाल र  महासचिवमा घनश्याम भूसाल

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २१, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादी जारी १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल  र   महासचिवमा घनश्याम भूसाललाई सर्वसम्मत चयन गरेकाे छ ।   

जारी १०औं राष्ट्रिय महाधिवेशनले बिहीबार अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भूसाललाई सर्वसम्मत चयन गरिएको छ भने  झलनाथ खनाल सम्मानित नेता चयन भएका छन् । यी तीन पद महाधिवेशन हलले सर्वसम्मत भएको घोषणा गरेको हो ।

अन्य पद सचिवालयलाई  टुङ्ग्याउने जिम्मेवारी  दिइएको जानकारी गराइएको छ ।