सप्तकोशीमा ३ लाख ८६ हजार ७ सय ३५ क्युसेक पानीको बहाव : रातो बत्ती बालियो

सप्तकोशीमा ३ लाख ८६ हजार ७ सय ३५ क्युसेक पानीको बहाव : रातो बत्ती बालियो

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २४, २०८१

सप्तरी । सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी व्यारेजका ५६ ढोका खोलिएका छन् ।

सप्तकोशीमा ३ लाख ८६ हजार ७ सय ३५ क्युसेक पानी बहाव भएपछि कोशी ब्यारेजमा अहिले खतराको संकेतको रातो बत्ती बालिएको छ र ५६ ढोका खोलिएका छन् ।

]\

ब्यारेजका सम्भावित खतराको आकलन तथा कोशी ब्यारेज र तटबन्धका तटीय क्षेत्रका बासीन्दालाई सचेत गराइएको छ भने नदि आसपासका गाउँबस्ती बाढीको उच्च जोखिममा परेकाले अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह समेत गरिएको छ ।

यता सुनसरीको राजावासमा २३ नम्बरको स्पर कटान सुरु भए पछि तटबन्धका तटीय क्षेत्रका बासिन्दालाई सचेत गराउँदै स्परमा तार जालीमा बालुवाका बोरा र ढुङ्गा भर्ने कार्य सुरु गरिएको छ ।