आकर्षक छुटसहित प्रज्ञा-प्रतिष्ठानका पुस्तकको प्रदर्शनी सुरु

आकर्षक छुटसहित प्रज्ञा-प्रतिष्ठानका पुस्तकको प्रदर्शनी सुरु

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २६, २०८१

काठमाडौँ ।नेपाल प्रज्ञा-प्रतिष्ठान भानुभक्त कक्षमा नेपाल प्रज्ञा- प्रतिष्ठानका कुलपति भूपाल राईले रिबन काटेर पुस्तक प्रदर्शनीको समुद्घाटन गर्नुभएको थियोे।

पुस्तक प्रदर्शनीमा नेपाली भाषा, साहित्य ,संस्कृति, कला ,इतिहास, दर्शनशास्त्र र समाजशास्त्र आदिका पुस्तकहरू विक्रीको लागि राखिएको छ। प्रदर्शनीको मुख्य लक्ष्य भनेको प्रज्ञाका पुस्तकहरू पाठक समक्ष पुर्‍याउँदै पठन संस्कृतिको विकासमा टेवा पुर्याउने रहेको छ ।

'सबै भाषा,सबै ज्ञान,सबैको प्रज्ञा-प्रतिष्ठान 'भन्ने उद्घोषका साथ सुरु भएको उक्त प्रदर्शनीमा प्रज्ञा(प्रतिष्ठानका महत्त्वपूर्ण र अनुसन्धानात्मक पुस्तकहरू प्रदर्शनीमा राखिएको छ । हिमाल, पहाड, मधेस( तराईका विभिन्न संस्कार र संस्कृति, विभिन्न भाषाका कोशहरू प्रदर्शनी स्थलमा राखिएका छन्।

प्रदर्शनीमा २०७० सालअघि प्रकाशित भएका पुस्तक तथा पत्रिकाहरू६०५ छुट र २०७१ सालयता देखि प्रकाशित भएका पुस्तकहरू खरिद गर्ने व्यक्ति वा संस्थाका लागि विशेष ४० ५को छुट दिइएको छ । पुस्तक प्रदर्शनी २०८१ साउन ५ गतेसम्म रहनेछ । प्रदर्शनीमा पुनस् प्रकाशन भएका अमरकोश,नेपाली साहित्यकोश,कौटिल्यको अर्थशास्त्र ,जाँ ज्याक रुसको कन्फेसन्स, ईषाादि नोै उपनिषद्, ग्रिक महाकवि होमरको ओडिसी, हरेराम जोशिको प्राचीन अभिलेख, गुमानसिंह चाम्लिङको एरिस्टोटल र उनका काव्य शास्त्र 'पेरी पोइएतिकेस' आदिका पुस्तकहरू प्रदर्शनीमा राखिएको छ।