घात प्रतिघातका कसीमा एमाले, काँग्रेस, माओवादी एवम् राष्ट्रिय स्वतन्त्र पार्टी

घात प्रतिघातका कसीमा एमाले, काँग्रेस, माओवादी एवम् राष्ट्रिय स्वतन्त्र पार्टी

ऋतु आशिक  |  दृष्टिकोण  |  असार २८, २०८१

   उतिबेला–
    देवरबाबु बचाउन हनुमान बाले 
    जडिबुटीको पपहाड उखेलेर ल्याए । 
    यतिबेला–
    दाजु भाउजूलाई बचाउन गिरीबन्धु बाले 
    चियाको बगान उखेलेर ल्याए । 
                                                 – अर्जुन पराजुली
 

रा.स्व.पा.का संस्थापक महासचिव मुकुल ढकाललाई निर्मम तरिकाबाट ७ दिने निलम्बन गरियो । मुकुल ढकाल व्यवहारमा देखिएको राष्ट्रियताका व्यवहारिक पक्षहरू हुन सक्छन् । उनले भनेका छन्–विदेशी मान्छेहरू नेपालमा आएर राजनीति गर्न थाले । रवि लामिछानेसँग अमेरिकी नागरिकता प्राप्त गरेको स्पष्टता बुझेपछि ढकालको परिलक्षित शब्द हुन सक्छ । 

 रास्वपाबाट सर्वेन्द्र खनालको वहिर्गमन हुनु पार्टीको लागि नैतिक आधारशिलाबाट खस्कदै जानु हो । त्यस पार्टीमा रवि लामछानेको स्वार्थलाई मलजल दिने हावी हुनु रास्वपालाई राष्ट्रिय स्तरको आकार दिन तथा उसका राष्ट्रियता भावना, राष्ट्रिय आचरण अनुकूल गर्न डा. मुकुल ढकालका रगत र पसिना बगेका छन् । रवि लामिछाने जब जब टेलिभिजन मार्फत देश देशान्तरका हाल खबर पस्किँदै गर्दा तत्कालीन नेपाली जनजीवन पस्किँदै गर्दा, विदेशी हायर गर्दैगर्दा तन्नेरी मुद्राहरू भित्र्याउँदै गछियाका बालुवा धनीसँग लुकामारी खेलेर चास्नीमा डुबेर फर्किएको कथाहरू इटहरीमा चर्चित छन् । 

रास्वपा निर्माण गर्न पार्टीलाई अन्तर्राष्ट्रिय छवि छर्न, नेपालका पश्चिमी भागमा, नेपाली जनता जो स्वास्थ्य उपचार बिना मृत्युसँग पौँठाजोरी खेलिरहेका छन् तिनीहरूलाई मुक्ति दिनका लागि मुकुल ढकालहरूको स्वास्थ्य टोलीको योगदान बिर्सन मिल्दैन । अन्टकार ठाउँमा उनीहरूको योगदानप्रति पश्चिमी नेपाली जनता कृत–कृत छन् । 

रवि लामिछानेहरू सहकारी चलाउनु, हल्लाउनु र त्यहाँबाट झिटीगुण्टा उठाएर, आफ्नो उदर भरेपछि म त्यसबाट टाढा छु भन्दै हिँड्नुको प्रलापसँगै कान्तिपुरका सिरोहिया, माओवादीका महरालाई कानूनको विधि सम्मत कारागारको ढोका भित्र नछिराई उनीहरूलाई असरल्ल छोड्नुको नियति, उनीको स्वार्थ पुष्टिएको छैन ? कान्तिपुरका सञ्चालक सिरोहियाको नागरिकता नै किर्ते छ । उनी नेपाली नागरिक नै होइनन् । कान्तिपुर लगायत उनको माफिया गिरीबाट देशप्रति प्रतिघात बन्देज गरिनु पर्दैछ ? 

महत्वपूर्ण पदबाट डा. मुकुल ढकाललाई रास्वपाबाट निष्काशन गर्नु, रवि लामिछानेले ती देश विरोधी तत्व जो यो देशलाई सबै किसिम, सबै क्षेत्रबाट तहस नहस पार्छ उनीहरूको घृणित मनसाय माथि रवि लामिछानेहरूले साथ दिइरहेका छन् । रास्वपालाई नेपाली मन र माटोले हैन विदेशी शक्ति केन्द्रद्वारा परिचालित गर्ने घटकको रूपमा रवि लामिछानेले सञ्चालित भएको कुरा घाम जस्तै प्रष्ट छ । त्यो पार्टीको लागि जो नेतृत्वमा बसेका रवि लामिछानेका लागि पार्टीको ओरालो लाउने क्रमको तयारीमा लागिरहेको स्पष्ट छ । 

 प्रहरी जीवनमा सर्वेन्द्र खनाल एउटा स्वच्छ छवि भएको प्रहरीको रूपमा आकलन गर्ने गरिएको छ । २९ वर्षे प्रहरी जीवनको अनुभवमा आफूलाई प्रत्येक महिना दिन वर्ष राष्ट्रको हित र नेपाली जनतामा आफूलाई समर्पणको कोशेढुङ्गा बनाएका छन् । जब–जब उनी रास्वपाबाट बाहिरिदै गर्दा भनेका छन् – रविहरू भित्री रूपमा 'राइट ट्याक' मा नभएको थाहा पाएँ – अनि रास्वपा छोडे । उनीहरूले मलाई स्पष्टिकरण सोध्नु भयो मैले तुरुन्त राजीनामा दिएँ । उहाँहरू 'राइट ट्याक' मा हुनुहुन्न । लहै–लहैमा सरकारमा जानुहुन्न । १९८४ सम्म सरकारमा जानुहुन्न । 

नेपाली काँग्रेसको राजाद्वारा स्थापित झण्डै–झण्डै मुलुक भित्र रहेका ३०० भन्दा बढी कलकारखाना तहस नहस पार्न नेपाली काँग्रेसको भूमिका हुँदाहुँदा भुटानी शरणार्थी प्रकरणमा नेपाली काँग्रेस मुछिनुका साथसाथै यी दुवैको मिलोमतोमा सरकार बन्ने सपना बुन्नु हो । प्रचण्डले भारतबाट फर्किने वित्तिकै लाखौँको तादातमा भारतीयहरूलाई नागरिकता वितरण गर्ने उर्दी दिएका थिए ।

 नेपाली काँग्रेस पार्टीलाई देशभक्त नेपालीहरूले भारत सरकारको एउटा अङ्गको रूपमा लिने गरेका छन् । यहाँसम्म कि पञ्चायती व्यवस्थाद्वारा देशको आर्थिक समृद्धिमा टेवा पुगोस् भनेर राजा महेन्द्र हुँदै राजा वीरेन्द्रसम्म आइपुग्दा देश भरिमा झण्डै झण्डै ३०० भन्दा बढी कलकारखानाको निर्माण गर्नका साथै अन्य सामान्य क्षेत्रमा त्यस जिल्लाको हावापानी अनुसार फैक्ट्रीहरू खुल्ने क्रममा विस्तार हुँदै थिए । ती क्रमहरू जारी नै थिए । नेपाली काँग्रेसको सत्ता रोहण पछि तत्कालीन भारतीय सरकारको छिमेकीलाई खुट्टा टेक्न नदिने, तथा छिमेकीको आर्थिक स्थितिलाई मजबुत हुन नदिनका लागि भारतीय नीति चलखेल, हाम्रा देशमा भएका कलकारखानालाई कसरी ठप्प बनाउने त्यसका लागि त्यस्तै किसिमका पात्रहरूको खोजी नीति तथा त्यसलाई कसरी टिकाउने चालका दृश्यहरू देखिँदै आएका छन् । मुलुक भित्र युद्धस्तरमा देशको विकासमा अग्रणी भूमिका खेली रहेका जनताको अत्यावश्यकको परिपूर्तिमा अहोरात्र खट्ने कलकारखानाहरूलाई शिथिलीकरणका घृणित चाल तथा धराशायीका शिलशिला सुरु भयो । ती संस्थानहरूमा धुन्धुकारीहरूको नियुक्ति तथा संगठनको नाममा अझै फेक्ट्रीहरूका कामदारहरूलाई लाखा पाखा, पार्टीका झोलेहरूको संरक्षण तथा त्यसको परवर्धन गर्न थालियो ।

नेपाली काँग्रेसको उदयसँगै राष्ट्रघात

मुलुक भित्र नेपाली काँग्रेस पार्टीद्वारा सत्ता रोहण सँगसँगै छिमेकीले आफ्नो पार्टी मार्फत् देशको आर्थिक स्थितिलाई कसरी तल–तल झार्दैछन्, मुलुकमा भएका जनजीवनमा भएको ग्यारेन्टी तथा श्रमजीवी वर्गको दिन चर्चाको मेलो मेसो तथा तिनीहरूको परिवारको भरण पोषणमा, मुलुक भित्र खुलेका कलकारखानाले गति लिदै थियो भन्न सकिन्छ । एक किसिमबाट मुलुक औद्योगिकीकरणको दिशामा उन्मुख थियो । 

पञ्चायती व्यवस्थाको उत्थानसँगै राजा महेन्द्रद्वारा मुलुक भर नै तत्कालीन मुलुक भित्रको आवश्यकता अनुसारको उत्पादन गरिने ती उत्पादनका बजारको सर्वेक्षण ती उत्पादित वस्तुहरूको निकासी आदिले मुलुक आत्मनिर्भर उत्प्रेरित हुँदै अघि बढी रहेको थियो । 
    नेपाली काँग्रेस भारतीय सरकारको लागि पोश्य पुत्रको रूपमा हुर्काउँदै तथा मुलुकप्रति घात प्रतिघात खेल्न तथा त्यस किसिमको वातावरणको विकासमा दत्तचित्त भएर लागेको कुरा तत्कालीन नेपाली काँग्रेसको क्रियाकलापबाट स्पष्ट हुन्छ । 

नेपाली काँग्रेस जब–जब सत्तामा आफ्नो अग्राधिकार तथा भारतीय सरकारको नीतिमा जब जब मुलुकलाई सिध्याउने खेलमा नेपाली काँग्रेसका सत्ता सीनहरूलाई जीवन सुख भोगका ऐश्वर्यहरूलाई खोजी–खोजी उनीहरूको चाहना परिपूर्तिका लागि अहम् भूमिका खेल्यो । नेपालमा रहेका कम्युनिष्ट पार्टीका कतिपयहरूलाई झुटो मुद्दामा फसाएर, कम्युनिष्ट पार्टीका कतिपय नेताहरू जालझेल, तिकडम आदि बाट परै राख्ने तथा त्यस्ता किसिमका व्यवहारहरू झन् झन् प्रष्टै गए । मुलुकको औद्योगिकीकरणलाई भारत सरकारले विभिन्न तिकडम तथा औद्योगिकी करणका लागि विभिन्न विघ्न बाधाहरू तेस्र्याउने किसिमका षडयन्त्रका ताना बुनालाई घनिभूत पारेर, देशमाथि घात–प्रतिघातमा फैक्ट्रीहरूलाई धरासायी बनाउने खेलहरूलाई युद्धस्तरमा बढाइयो । 

महाकाली सन्धिको पर्याय केपीबा 
    तत्कालीन महाकाली सन्धिका अग्राधिकार प्रधानमन्त्री शेरबहादुर देउवासँगको सर संगत तथा ग्राण्ड डिजाइन अनुसार तत्कालीन के.पी. बा का हरकतहरू यी पङ्क्तिहरू लेखुन्जेलसम्म महाकाली नदीबाट धेरै पानी बगिसकेको छ । तत्कालीन हत्काराका रूपमा मुलुकलाई वर्षेनी अरब र खरबका कुरा गर्ने केपी ओली देशप्रति गद्दारीका लागि के गरेनन् भन्ने आवाज झन्–झन् प्रबल भएर आइरहेको छ । 

केपी ओलीको भारतप्रति आत्मसमर्पण र उनले महाकाली सन्धिमा गरिएको अभिनयका कारण प्रधानमन्त्रीसम्म हुन भ्याएका कुराहरू सतहमा आएका छन् । ती सतहलाई त्यस्तै सम्झिन थालिएको छ । 

मुलुकको इतिहासमा जङ्गबहादुर राणा १ कक्षा पनि पास नगरेका व्यक्ति जब–जब प्रधानमन्त्री भएका थिए । उनी जब बेलायत यात्राको भ्रमणको क्रममा २१ तोपको सलामी नदिँदासम्म बग्गीबाट नउत्रिने उद्घोष पछि अन्ततः उनलाई २१ तोलको सलामी पछि बग्गीबाट उत्रेका थिए । भलै उनी पढेका थिएनन् । राष्ट्रको सन्मानको लागि उनले अँगीकार गरेको ‘पद’को लागि उनले देखाएको राष्ट्र प्रतिको गौरव, शान आउने पिढीका शासकहरूले उनीबाट सिक्नुपर्छ । राष्ट्रियता ओजको लागि यी यस्ता अहम् सवालहरूमा अडान हुनुपर्छ । यस किसिमको अडानले राष्ट्रको गौरव तथा त्यसमा सम्हाहित हुनेले आफूलाई अहोभाग्य सम्झिनुपर्छ ।

  के.पी. बा, प्रचण्ड, शेरबहादुर, रामचन्द्र पौडेल आदिका हरकतहरूले देशको शान र मानमा चोट पुर्‍याएका छन् । समय घर्किनु अघि नै यिनीहरु माथि देशप्रति घात प्रतिघात गरिएका दृश्यहरूलाई अझ प्रष्ट पार्दै देशप्रति घात गर्नेहरूको लागि कठोर तथा सधैंका लागि उसले आफूलाई बदल्न सकोस् । कसैले घोडा चढ्दैमा उसले गरेका घृणित हरकतका विरुद्ध यो नै तीतो सत्य हो । तीतो संरक्षण केन्द्र पनि हो । देशप्रति गद्दारी गर्ने, देशप्रति गद्दारी गर्दै एमालेको हुलमा अल्झिनु, देशप्रति घात गदै गर्दा त्वम शरणम् हुनु, आफूले आफैँलाई घृणित गरिने यो भन्दा घिनलाग्दो हरकत के हुन सक्छ ? 

केपी र प्रचण्डका धुपौरेहरू 

 आज भन्दा धेरै वर्ष अगाडि काठमाडौँबाट प्रकाशित हुने सायद छलफल साप्ताहिकमा तत्कालीन खड्गप्रसाद ओलीले सायद जेलबाट निस्कनुको पूर्व सन्ध्यामा खड्गप्रसाद ओलीले भनेका थिए मैले ५ करोड रूपैयाँ कसैले दिएको खण्डमा म राजनैतिक जीवन नै छोडेर विश्राम लिन्थे भनेर भनेका थिए । यसै किसिमको आसयका शब्दहरू पढेको हिजै जस्तो लाग्छ । 

 महाकाली सन्धिबाट जसरी पनि भारतीय तत्कालीन सरकारबाट पारितोषिक हुनका लागि देशप्रति गद्दारीका सिलसिला शुरु गर्नका साथै, तत्कालीन महाकाली नदी वार पारको देशद्रोही को फेर समात्नेमा २०/२२ जना भन्दा पनि कम संख्यामा महाकाली सन्धि पास भएको छ । कतिपयहरू यस सन्धिमा तत्परता देखाउन सकेका छन् । त्यसबेला कसकसले पास गर्न आफूले हस्ताक्षर गर्‍यो । ती कर्तुतहरू यसबेला पनि देख्न सकिन्छ । 

महाकाली नदी भारतलाई सुर्पुदगीको बहानामा भारतीय सरकारबाट प्राप्त रकमले पार्टीका कतिपय व्यक्तिहरूको जीवनमा नै उठा पटक भएका छन् । ती सबै भारतीय सरकारको आहारा तथा देशघाती चाराबाट उनीहरू हष्ठपुष्ट भएका छन् । 

एमाले, काँग्रेस, माओवादी एवम् राष्ट्रिय स्वतन्त्र पार्टी 

एमाले, नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टीहरू, यी पङ्क्ति लेखुन्जेलसम्म मुलुकको संवर्द्धन विकासमा  उचाइहरू पाउनु त परै जाओस्, जनताप्रति घात, देशप्रति घात हुँदा हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी जन्मँदा जन्मँदै देशप्रति घात प्रतिघातका दृश्यहरू स्पष्टता साथ देखिन थालेको छ । एमाले र नेपाली काँग्रेस झन्डै–झन्डै भ्रष्टाचारका  काण्डहरूलाई नस्विकारी कन आपसमा मिलेर राष्ट्रलाई हाँकौँ जस्ता स्वप्न देखेका छन्

ओलीको गिरी बन्धु  टी स्टेट प्रकरण 

नेपाली काँग्रेसको राजाद्वारा स्थापित झण्डै–झण्डै मुलुक भित्र रहेका ३०० भन्दा बढी कलकारखाना तहस नहस पार्न नेपाली काँग्रेसको भूमिका हुँदाहुँदा भुटानी शरणार्थी प्रकरणमा नेपाली काँग्रेस मुछिनुका साथसाथै यी दुवैको मिलोमतोमा सरकार बन्ने सपना बुन्नु हो । प्रचण्डले भारतबाट फर्किने वित्तिकै लाखौँको तादातमा भारतीयहरूलाई नागरिकता वितरण गर्ने उर्दी दिएका थिए । यस किसिमबाट यी तीनै पार्टीहरू देशद्रोही अथवा दोस्रो सिक्किम बनाउने परिपाटीमा लागेका छन् । यी तीन पार्टीको हरकत विरुद्ध नेपाली उठ्न ढिला  हुँदैछ । 
    

स्वतन्त्र पत्रकार एवम् प्रेस स्वतन्त्र सेनानी       २०७४                                      
 २०८१ असार २७
आपगाछी, तरहरा