प्रज्ञा-प्रतिष्ठान उराँव भाषा साहित्यको विकासबारे विमर्शमा

प्रज्ञा-प्रतिष्ठान उराँव भाषा साहित्यको विकासबारे विमर्शमा

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २९, २०८१

काठमाडौँ  । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा प्रत्येक महिनाको अन्तिम शुक्रवार आयोजना गर्न थालिएको 'मातृभाषा साहित्य' को बाह्रौँ शृङ्खलाको ‘सिर्जना, संवाद र विमर्श' कार्यक्रम यस प्रतिष्ठानको देवकोटा सभाकक्षमा सम्पन्न भएको थियोे । सामूहिक रूपमा राष्ट्रिय गान 'सयौँ थुँगा...!' गाए लगतै प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियोे ।

कार्यक्रममा 'उराँवा भाषा साहित्यको विकास'  विषयक कार्यपत्र अध्येता कुमारी शरणा उराँवले प्रस्तुत गर्नुभएको थियो ।उहाँले उराँव भाषा र साहित्यको इतिहास ,आरोह र अवरोहबारे चर्चा गर्नुभएको थियोे ।

कार्यपत्रमाथि आफ्नो धारणा राख्दै प्रज्ञा(प्रतिष्ठानका कुलपति भूपाल राईले चार र पाँच हजार वर्षदेखि सिन्धुघाँटी हुँदै इतिहास निर्माण भएको उराँव जातिको भाषा ,साहित्य र संस्कृति सङ्कटापन्न अवस्थामा पुग्नु दुखद कुरा हो।सबै भाषाको जगेर्ना गर्नसके मात्र कुनै पनि जातिको सभ्यता र संस्कृति बँच्ने बताउनु हुँदै प्रज्ञाप्रतिष्ठान यस अभियानमा रहेको उल्लेख गर्नुभएको थियो ।
प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य,भाषा (मातृभाषा कोष र व्याकरण) विभाग प्रमुख त्रैलोक्यमान बनेपाली (अगिव)ले हाम्रो मातृभाषा सबैजातिको साझा सम्पदा भएकाले यसको संरक्षणमा समान दायित्व हुनुपर्ने बताउनु भएको थियोे ।

उक्त कार्यपत्रमाथि प्राज्ञसभा सदस्य धर्मेश प‍ोखरेल,डा.सोमबहादुर धिमाल,शोभा सुनुवार र रचना मोक्तान तामाङले पूरक टिप्पणी गर्नुभएको थियोे ।

प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य , साहित्य (मातृभाषा) विभाग प्रमुख तथा कार्यक्रमका सभाध्यक्ष राजन मुकारुङले प्रज्ञा-प्रतिष्ठान सबैको साझा थलो भएकाले प्रत्येक भाषा र साहित्यको उन्नायनमा लागिपर्ने बताउँदै ुउराँव भाषा र साहित्यको विकासका बारेमा बुझ्ने र सोच्ने अवसर पाएकामा आफूलाई गौरवबोध भएको बताउनुभएको थियोे ।
कार्यक्रमको उद्घोषण प्राज्ञ चेतनाथ धमलाले गर्नुभएको थियोे ।