प्रधानमन्त्री पदमुक्त भएको २ घण्टामा आव्हान, २ घण्टा भित्रै दाबी प्रस्तुत !

प्रधानमन्त्री पदमुक्त भएको २ घण्टामा आव्हान, २ घण्टा भित्रै दाबी प्रस्तुत !

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २९, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले  दाबी पेश गर्न आब्हान गरेको दुइ घण्टा पनि भित्रै   नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सहितका दलहरुको समर्थनमा संविधानको धारा ७(२) अनुसार आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश गरेका छन्

प्रतिनिधिसभाबाट  प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्ड  विश्वास गुमाएर  प्रचण्ड पदमुक्त  भएकाे  करिब २ घण्टामा नै राष्ट्रपतिले संविधानको धारा ७(२) अनुसार नयाँ सरकार गठनका लागि दाबी  प्रस्तुत गर्न २०८१ असार ३० गते  आइतबार अपरान्ह ५ बजे सम्मको समय दिएर आब्हान गरेको भए पनि एमाले र नेपाली काँग्रेस २ घण्टा भित्रै दावी प्रस्तुत गरेका  हुन । 

दावी प्रस्तुतका लागि आब्हान 

 आब्हान लगत्तै नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सहितका दलहरुको समर्थनमा संविधानको धारा ७६(२) अनुसार आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश गरेका थिए ।

दुई घण्टामै दावी प्रस्तुत

राष्ट्रपतिले संविधानको धारा ७६(२) अनुसार सरकार गठनका लागि आह्वान गरेलगत्तै नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी  गरेका छन्। 


शुक्रबार उनले नेपाली कांग्रेस समेतको समर्थनमा राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन्। त्यसको समर्थन गर्दै नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पनि पत्रमा हस्ताक्षर गरेका छन्।

संसदीय दलको नेताका रूपमा हस्ताक्षर गरी आआफ्नो दलको सदस्य संख्या पनि उल्लेख गरेका छन्। कांग्रेससँग ८८ र एमालेसँग ७८ सदस्य रहेको पत्रमा उल्लेख छ। 

उनले पेस गरेको दाबी पत्रमा भनिएको छ,  ‘सम्माननीय राष्ट्रपति ज्यूबाट मिति २०८१।०३।२८ गतेका दिन नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्नको लागि दाबी पेश गर्न आह्वान भएकोमा सो समय सीमाभित्रै प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने निम्न दलहरूको समर्थनमा प्रतिनिधि सभामा स्पष्ट बहुमत सहित नेकपा (एमाले) का अध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य श्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा हामीहरूको समर्थन भएको व्यहोरा अनुरोध गर्दछौं। हामी हस्ताक्षर कर्ता दलको प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य संख्या कुल प्रतिनिधि सभा सदस्य संख्याको बहुमत रहेको हुँदा उहाँलाई नेपालको संविधानको धारा ७६(२)  बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरिदिनु हुन अनुरोध गर्दछौं।’