नेपाल, बाङ्लादेश र भारतको साहित्य, संस्कृति एवं पर्यटन विषयक छलफलका सहभागीलाई सम्मान

नेपाल, बाङ्लादेश र भारतको साहित्य, संस्कृति एवं पर्यटन विषयक छलफलका सहभागीलाई सम्मान

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन ०५, २०८१

नेपाल -बाङ्लादेश मैत्री संघ र साहित्यिक पत्रकार संघको संयुक्त आयोजना आज २०८१ साउन ४ गते नेपाल पर्यटन बोड, भृकुटीमण्डप, काठमाडौंमा नेपाल, बाङ्लादेश र भारतको साहित्य, संस्कृति एवं पर्यटन विषयक छलफल तथा सम्मान कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा नेपाल, बाङ्लादेश र भारतको राष्ट्रिय गानबाट सुरु गरिएको सो कार्यक्रममा भारतबाट आउनु भएकी RUMA PARVINARA  तथा बाङ्लादेशबाट आउनु भएका M.Jahirul Islam Khokon, Barrister Pallab Acharjee, Barrister Keya Sen, Mufti Abdul Kader Mollah, Dr. Rubina Husain, MD. Abdur Rajjak, Hasina Parvin Minu, Nasrin Akter Mila, Dr.Md.Shahinoor Rahman Khan (shawn), Kohinoor Rahman Shilpi, MD. Hafijur Rahman Milon, JEWEL ROY CHOWDHURY र  MD. JANE ALAM  लाई सम्मान पत्रसहित सम्मान गरिएको थियो ।

यसैगरी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय समितिको उपाध्यक्षमा निर्वाचित भएवापत साहित्यकार सरिता अर्याललाई टोपी, माला र फूल वर्षासहित बधाई ज्ञापन गरिएको थियो ।

सो सम्मान कार्यक्रमका प्रमुख अतिथि भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री । बलराम अधिकारी, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, र कार्यक्रमका सभापति नेपाल ( बाङ्लादेश मैत्री संघका वरिष्ठ सल्लाहकार हरिनारायणप्रसाद शाहले गरेका थिए ।

कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले कार्यक्रमको उदेश्य र महत्वबारे बोल्दै स्वागत गर्नु भएको थियो । 

कार्यक्रममा चर्चित गायक एवं संगीतकारहरु शिशिर योगी, गणेश पराजुली, रितु कंडेलले गीत गाउनु भएको थियो भने कलाकार रन्जना थपलियाले नृत्य गर्नु भएको थियो ।

कवि एवं अनुवादक पूनम झाले संचालन गर्नुभएको सोब कार्यक्रममा पूर्व कृषि मन्त्री माननीय अकबर मियाँ, माननीय रेखा यादव, प्रकृति संरक्षण कोषका अध्यक्ष प्रा. डा. कृष्ण ओली, वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र के.सी., नेपाल ( बाङ्लादेश मैत्री संघ लगायत ढाका बाङ्लादेशबाट प्रकाशित हुने Abak prithibi  का प्रधान सम्पादक M.Jahirul Islam Khokon र कोलकाता JADAVPUR UNIVERSITY की RUMA PARVINARA ले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा साहित्यिक पत्रकार संघकि सचिव नीता श्रेष्ठ, सदस्य डा। बुनु दाहाल, कवि दुर्गा दृशीले अतिथिहरुलाई खादा लगाएर स्वागत गरिएको सो कार्यक्रममा प्रमुख अतिथिसहित 

वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र के.सी. माननीय रेखा यादव, माननीय अकबर मियाँ, पूर्व कृषि मन्त्री लगायतलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा साहित्यकार, कलाकार, पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियो ।