अमरदीप सुनुवारको तीज गीत ‘गाँउ देखी सहर’ सार्वजनिक (गीतसहित)

अमरदीप सुनुवारको तीज गीत ‘गाँउ देखी सहर’ सार्वजनिक (गीतसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  साउन ०५, २०८१

कवि तथा गीतकार अमरदीप सुनुवारको शब्दमा नयाँ तीज गीत ‘गाँउ देखी सहर ’ सार्वजनिक भएको छ। गीतमा अशोक मुकारुङको संगीत र  मनमाबी राईको स्वर रहेको छ।

राजु कार्की को एरेञ्ज रहेको गीतको रेकर्डिङ, सेवा रेकर्डिङ स्टुडियोमा रेकड़िस योगेन मुकारुङ ले रेकड र  मिक्सिंङ गरेका छन्। गीतको भिडियो अफिसियल युट्युब च्यानल ‘OSR Digital’  मार्फत् सार्वजनिक गरिएको छ । भिडियोमा चर्चित नायिका प्रिय‌ंका कार्कीको मुख्य अभिनय रहेको छ । सौरव लामाको छायांकन, प्रिया रोकायको सृङ्गार, कविराज गहतराजको निर्त्यनिर्देशन र मनोज कार्कीको सम्पादन रहेको छ ।  

कबि तथा गीतकार अमरदीप सुनुवार नेपाल सरकारको उपसचिव पदमा रहेर कुसल प्रसाकको भूमिका बहन गरीरहनु भएको छ । उनी ललितपुरको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवार सम्हालेर केही दिनअगाडि मात्र त्रिभुवन अन्तरास्ट्रिय बिमान स्थल सरुवा भएका छन्।

आफ्नो कार्य व्यस्तता सँगै गीत,कबिता, फुटकर लेखहरु लेख्दै आउनु भएका कबी तथा गीतकार सुनुवार हाल 'पृथ्वीको स्वेतपत्र' कबिता संग्रह प्रकाशनको अन्तिम चरणको तयारीमा जुटिरहेका छन् । 

‘गाँउ देखी सहर’ बाेलको गीत यहाँ क्लिक गरेर हेर्न सकिन्छ