राष्ट्रवादी केन्द्र नेपालको अध्यक्षमा पुन: चन्द्रबहादुर थापा निर्वाचित

राष्ट्रवादी केन्द्र नेपालको अध्यक्षमा पुन: चन्द्रबहादुर थापा निर्वाचित

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन ०६, २०८१

काठमाडौं । राष्ट्रवादी केन्द्र नेपालको अध्यक्षमा  चन्द्रबहादुर थापा पुन:  निर्वाचित हुनुभएको पार्टीले जनाएको छ । 

पार्टीले दिएको जानकारी अनुसार शनिवार ललितपुर महानगरपालिका थसिखेल स्थित मेजुला वैक्वेट्समा आयोजित दोस्रो महाधिवेशनबाट  पुनः पाँच वर्षे कार्यकालका  लागी नेतृत्वहरुले सर्वसम्मत चयन गरेको छ । महाधिवेशनमा देशभरि बाट तीन सय भन्दा माथी  प्रतिनिधि तथा पर्यवेक्षकहरू उपस्थिति रहेको थियो ।

पार्टीको स्थापना कालदेखि नै निरन्तर नेतृत्व गर्दै आउनु भएको थापा अहिले दोस्रो राष्ट्रिय महाधिवेशन बाट फेरि अध्यक्ष पदमा चुनिएका छन । महासमिति सदस्यमा बहुमत  पुरानै अनुहार दोहोरिएको  छ भने केन्द्रिय सदस्यमा नयाँ नेतृत्व हुने सम्भावना रहेको र अबको केहि समय भित्र पार्टीमा रहेका सक्रिय सदस्यहरु बाट छनोट गरि नेतृत्व तयार गर्ने तयारी रहेको छ ।

बन्द शत्रमा, सांगठनिक प्रतिबेदन र बिधान भुवन संगम , घोषणापत्र तारा अर्याल , आर्थिक प्रतिबेदन विदुर वाग्लेले त्यो हलमा पेश गर्नु भयो भने राजनीतिक प्रतिबेदन चन्द्रबहादुर थापाको व्यस्तताले गर्दा प्रतिबेदन समुहका सदस्य ज्ञानेन्द्र अधिकारीले पेश गर्नु भएको थियो  ।  त्यसलगत्तै  चार वटै प्रतिबेदनका लागी छ वाट समुह बनाई सम्पुर्ण सहभागी संग घनिभूत छलफल गरि फेरि त्यस बिषयमा छलफल भएर त्यो हलले पास गरेको थियो ।

अध्यक्षमा  चन्द्रबहादुर थापा पुन:  केन्द्रिय महासमिति सदस्य ५१ जना लाई महाधिवेशनले निर्वाचित गराएको छ । खुला सत्र र बन्द सत्र एकै दिन गरि राष्ट्रिय महाधिवेशन सुसम्पन्न भएको थियो ।

राष्ट्र-राष्ट्रियता, धर्म-संस्कृति र जन जीवीकाको लागी निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । कुनै बेला धेरै महत्त्व नदिएको नेपाल आज शक्तिराष्ट्रहरुको केन्द्र बनिरहेको छ । नेपाल हरेक हिसाबले भरिपूर्ण भएको हुदा अहिले आआफ्नो स्वार्थ पुर्तीको लागी दिनप्रतिदिन आर्थिक , सामाजिक र सांस्कृतिक हस्तक्षेप बढिरहेको र नेपालीहरु आज बाच्नकै लागी बिदेशीको चाकरी गर्नु पर्ने जुन अवस्था आएको छ यो असफल व्यवस्था र असफल नेतृत्वका कारणले भएको आरोप लगाउनु भयो । बिदेशी बिचार र बिदेशी हस्तक्षेप बाट नेपाल र नेपालीको भविश्य नभएको बताउनु भयो ।  स्वाधीन नेपाल र नेपाली मौलिकता अनुसारको समाजवाद ल्याउने हो भने आफ्नै माटोमा उत्पत्ति भएको बिचार लाई बिकास गर्नुपर्ने , राष्ट्रियता , स्वाभिमान र स्वाधीनताको बाटो हिड्नुपर्ने बताउनु भयो ।