प्रधानमन्त्री केपी ओलीको ७६(२) अनुसार नियुक्ति विरुद्धको रिट निवेदन संवैधानिक इजलासमा

प्रधानमन्त्री केपी ओलीको ७६(२) अनुसार नियुक्ति विरुद्धको रिट निवेदन संवैधानिक इजलासमा

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन ०६, २०८१

काठमाडौँ ।  सर्वोच्च अदालतले  प्रधानमन्त्री केपी ओलीको ७६(२) अनुसार नियुक्ति विरुद्धको रिट निवेदन संवैधानिक इजलासमा पठाउने  आदेश दिएको छ ।

न्यायाधीश बालकृष्ण ढकालको इजलासमा आज भएको प्रारम्भिक सुनुवाइपछि संवैधानिक इजलासमा पठाउने आदेश दिएको  हो।

नेपालको संविधानको धारा ७६ ९२० बाट बनेको प्रधानमन्त्री विश्वासको मत पाउन असफल भएपछि स्वतः उपधारा ३ मा लैजानुपर्नेमा ओलीलाई उपधारा २ अनुसारै प्रधानमन्त्री नियुक्त गर्नु गैरसंवैधानिक दाबी गरी तीनवटा रिट परेका थिए। 

यसमा गम्भीर संवैधानिक विवाद निहित रहेको भन्दै ढकालको एकल इजलासले होइन  संवैधानिक इजलासबाट निरुपण हुनुपर्ने  भनि  आदेश दिएको हो।