नेपाल अडिटर्स एशोसिएशन १९औं स्थापना दिवसमा विविध कार्यक्रम

नेपाल अडिटर्स एशोसिएशन १९औं स्थापना दिवसमा विविध कार्यक्रम

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन २१, २०८१

काठमाडौं । नेपाल अडिटर्स एशोसिएशन (अडान) को १९औं स्थापना  २०८१ श्रावण २० गतेका दिन 'अडान डे'  विभिन्न कार्यक्रम गरी  सम्पन्न भएको जनाएको  छ ।

प्रथम उपाध्यक्ष एवम् प्रचार प्रसार विभाग संयोजक  डा.  डोल प्रसाद दाहालले दिएको जानकारी अनुसार  संस्थाका अध्यक्ष श केदार नाथ पौडेलको समन्वयमा देशभरी सप्ताहव्यापी रुपमा मनाइएको 'अडान डे'  मा राज्यको आर्थिक क्षेत्रमा भएका समस्याहरु, लेखा व्यवसायीले झेल्नु परेका विभिन्न विषयमा गोष्ठी, अन्तरक्रिया, सामाजिक सहयोग, सहकार्य लगायतका कार्यक्रमहरु आयोजना गरिएको थियो । 

सोही अवसरमा काठमाडौंमा पहिलो दिवा सत्रमा २ वटा कार्यपत्रहरु प्रस्तुत गरी सेसन सञ्चालन गरिएको छ भने उपप्रधानमन्त्री एवम् अर्थमन्त्री, माननीय विष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यता, महालेखापरीक्षक माननीय तोयम रायाको विशिष्ट आतिथ्यता, नेपाल राष्ट्र बैंकका गभर्नर, महा प्रसाद अधिकारी, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) का अध्यक्ष, प्रवीण कुमार झा, नेपाल परिसंघका अध्यक्ष, राजेश कुमार अग्रवाल, नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष, दीपक कुमार मलहोत्राको विशेष आतिथ्यता, अडानका निवर्तमान अध्यक्ष तथा सल्लाहकार समितिका संयोजक, मोहन राज रेग्मी, ब्ऋब्ल् का अध्यक्ष अरुण राउत, अडानका संस्थापक अध्यक्ष, कमल खरेल, लेखापरीक्षणमान् बोर्डका अध्यक्ष अनुप कुमार श्रेष्ठ, लेखामान बोर्डका अध्यक्ष, प्रकाश जङ्ग थापा, आइक्यानका उपाध्यक्ष, निल वहादुर सारु मगर, पूर्व महालेखापरीक्षक, गेहेन्द्र नाथ अधिकारी लगायतको आतिथ्यतामा अडान डे कार्यक्रम सम्पन्न भएको छ ।

१९औं 'अडान डे' का संयोजक तथा बरिष्ठ उपाध्यक्ष बद्री प्रसाद भट्टराईको अध्यक्षता र महासचिव प्रेम बहादुर श्रेष्ठबाट सञ्चालित, यस कार्यक्रममा झण्डै ६०० को संख्यामा रहेका लेखापरीक्षक एवम् लेखा व्यवसायीहरुको ठूलो उपस्थिति रहेको थियो । साथै संस्थाका प्रथम उपाध्यक्ष डा. डोल प्रसाद दाहालले उपस्थित सबैमा धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रममा, 'लेखामानको कार्यान्वयनः लाभहरु, चुनौतीहरु र आगामी कार्यदिशा'  र 'विद्यमान कर प्रणालीमा आमूल सुधार, आर्थिक समृद्धिको आधार  गरेर २ वटा सेसनहरु सञ्चालन भएको थियो । सेसनहरुमध्ये पहिलो सेसनको अध्यक्षता आइक्यानका अध्यक्ष प्रवीण कुमार झाले र दोस्रो सेसनको अध्यक्षता, अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माले गर्नुभएको थियो ।

उल्लेखित कार्यक्रम अन्तर्गत लेखामानको कार्यान्वयनः लाभहरु, चुनौतीहरु र आगामी कार्यदिशा सेसनमा सीए विदुर लुइटेल र विद्यमान कर प्रणालीमा आमूल सुधार, आर्थिक समृद्धिको आधार सेसनमा सीए शेष मणि दाहालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रहरु माथि, ACAN का अध्यक्ष, अरुण राउत, लेखामान वोर्डका अध्यक्ष, प्रकाश जङ्ग थापा, नेपाल उद्योग वाणिज्य महासंघका अम्बिका प्रसाद पौडेल र सविन श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्शका पर्शुराम दाहाल तथा अडानका प्रथम र तृतीय उपाध्यक्षहरु क्रमशः डा. डोल प्रसाद दाहाल र झलक मणि लम्सालले टिप्पणी गर्नुभएको थियो । 

कार्यक्रममा आइक्यानका नबनिर्बाचित अध्यक्ष तथा उपाध्यक्षलाई सफल कार्याकालका लागि सम्मानित गरिएको थियो । 

विद्यावारिधि हासिल गरेका ८ जना रजिष्टर्ड अडिटरहरुलाई सम्मान गरिनुका साथै Nepal Financial Reporting Standard (NFRS)  for Small and Medium sized Entities (SMEs)  को Nepal Financial Reporting Standard (NFRS)  for Small and Medium sized Entities (SMEs)  नामक पुस्तकको विमोचन गरिएको थियो । 

उपप्रधानमन्त्री तथा अर्थमन्त्री माननीय विष्णु प्रसाद पौडेलले आर्थिक विकास, राजस्व व्यवस्थापन तथा वित्तीय अनुशासनमा लेखापरीक्षकको जिम्मेवारी र दायित्वको सन्दर्भमा यस संस्थाले खेलेको भूमिका सदैव सराहनीय रहँदै आएको र भावी दिनमा अझ सुदृढ, व्यवस्थित एवम् प्रभावकारी हुँदै जानेछ भन्ने आशा लिएको भन्दै वर्तमान आर्थिक चुनौतीहरूको समाधानमा लेखापरीक्षकहरूको भूमिकालाई अझ सशक्त बनाउन थप आवश्यक रहेको बताउनु भयो । त्यसैगरी महालेखापरीक्षक माननीय तोयम राया तथा नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले समग्र आर्थिक क्रियाकलापका क्षेत्रमा लेखापरीक्षकहरु जोडिने भएकोले लेखापरीक्षकको भूमिका महत्वपूर्ण रहेको विचार राख्‍दै अडान डे र अडानको सफलताको शुभकामना दिनुभयो । 

अडानका बरिष्ठ उपाध्यक्ष बद्री प्रसाद भट्टराईले लेखापरीक्षकहरुले वित्तीय सुशासन र आर्थिक समृद्धिमा गरेको योगदान र  संस्थाले हालसम्म गरेका उपलब्धिहरु तथा  योगदानको वारेमा जानकारी गराउनुका साथै आगामी दिनमा समेत वित्तीय सुशासनका लागि संस्थाको भूमिका रहिरहने जानकारी गराउनुभयो । 
आइक्यानका अध्यक्ष श्री प्रवीण कुमार झाले अडानसंगको सहकार्यलाई अझै सवल र सुदृढ बनाएर लैजाने र लेखापरीक्षण कार्यलाई अझ चुस्त र दुरुस्त बनाउनको लागि भूमिका खेल्ने कुरा व्यक्त गर्नुभयो । 

त्यसैगरी अडानका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार समितिका संयोजक मोहन राज रेग्मीले अडानले विगत देखि नै वित्तीय सुशासन र आर्थिक समृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको विचार व्यक्त गर्दै अडान डे को अवसरमा आज देश भरी नै कार्यक्रम सञ्चालन भैरहेको समेत जानकारी गराउनु भएको थियो  ।