अग्रज मयूरध्वज फूँयल र उमालाल विश्वकर्मासँगको त्यो सामिप्यता

अग्रज मयूरध्वज फूँयल र उमालाल विश्वकर्मासँगको त्यो सामिप्यता

ऋतु आशिक  |  समाज  |  साउन २३, २०८१

कम्युनिष्टहरूले सधैँ सत्यको पक्षमा डट्न तयार हुनुपर्छ, किनभने सत्य जनताका हितहरूको अनुकूल हुन्छ, कम्युनिष्टहरूले सधैँ आफ्ना गल्तीहरू सच्याउन तयार हुनैपर्छ किनभने गल्तीहरू जनहितको विरुद्ध हुन्छन् । 


माओत्सेतुङ
२४ अप्रेल १९४५

नेपाल कम्युनिष्ट पार्टी (पूर्व कोशी) को २००६ सालमा गठन भएको थियो । यो कम्युनिष्ट पार्टीमा धरानदेखि विराटनगरसम्मका पार्टी कार्यकर्तालाई आबद्ध गरिएको थियो । २०१० साल आइपुग्दा पुग्दै अधिवेशनको सङ्घार यसलाई प्रतिबन्ध लगाइएको थियो । चन्द्रध्वज फूँयलको नेतृत्वमा धरानदेखि जोगबनी बोर्डर दक्षिणसम्मको हेर्नुपर्ने जिम्मा दिइएको थियो । 

काका चन्द्रध्वज फूँयलको जन्म  १९८५ साल र उहाँको अवसान २०१३ सालमा भएको थियो । अवसानको समयमा उहाँ २८ वर्षको हुनुहुन्थ्यो ।

 काका मयूरध्वज फूँयल जन्म १९८९ सालमा भएको हो । उहाँ पनि नेपाल कम्युनिष्ट पार्टी तत्कालीन पूर्व कोशीसँग आबद्धता हुनुहुन्थ्यो । यसबेला उहाँको उमेर ९३ वर्षमा हुनुहुन्छ । अझै यो उमेरसम्म पनि नेकपा एमालेसँग आबद्धता रहनुभएको छ .

 नेपाल कम्युनिष्ट पार्टीको अधिवेशनका तयारी २०१० सालमा हुँदै गर्दा सो अधिवेशन स्थगन गरिएको थियो । विष्णुप्रसाद पराजुली बोझघराको नेतृत्वमा नेपाल किसान संगठन २०११ मा खोलिएको थियो । 

किशोर विश्वकर्माले पनि साप्ताहिक पत्रिका दर्ता गरेर पत्रिका निकाल्न थाल्नुभएको थियो । पत्रकारिता सिलसिलामा उहाँको घर आउने जाने क्रमम चलेको थियो । यसरी काका/बुबाहरूसँगको सामिप्यताले हामीलाई झन् नजिक बनाएको थियो ।      

जब–जब म विराटनगरको महेन्द्र मोरङ कलेजमा (२०२५ सालताका) अध्ययन सुरु गरेँ । मेरो जीवनका नजिक तथा सम्मानित व्यक्तिहरू प्रथमत मनमोहन अधिकारी, मलेच्छी चौधरी, प्रेमबहादुर कार्की, लक्ष्मण चौधरी आदिको सामिप्यताले जीवनमा देश प्रतिको अगाधता, देशप्रति समर्पित हुनुर्ने देशभक्तिय भावनाका ऊर्जाको रूपमा मलजल गर्नुभयो । ती ऊर्जाहरू उहाँका भावना, उहाँका उद्देश्यलाई मेरो आफ्नो जीवनको बाटो बनाए । यी पङ्क्ति लेखुन्जेलसम्म उहाँहरू दिवङ्गत हुँदा पनि उहाँहरू मेरो जीवनको प्रेरणाको स्रोत भन्नुपर्दा म गर्वानुभूति अनुभव गर्छु । 

अग्रज उमालाल विश्वकर्मासँगको सामिप्यता कलेज जीवनताका उहाँको घरमा समय/समयमा जान्थेँ । उहाँको देशप्रतिका अगाधता तथा देश प्रतिको जिम्मेवारी आफ्नो–आफ्नो क्षेत्रबाट निर्वाह गर्नुपर्छ । यस किसिमका देशबोध समय–समयमा भेट हुँदा भन्ने गर्नुहुन्थ्यो । उहाँको सामिप्यता मेरो जीवनमा प्रकाश पुञ्ज ल्याउन उहाँको पनि देन प्रति म गौरव गर्दछु । 

एस.एल.सी. उत्तीर्ण पछि २०२५ सालतिर विराटनगरमा तत्कालीन महेन्द्र मोरङ कलेजमा आइ.कमको प्रथम वर्षमा अध्ययनरत थिएँ । त्यसबेला विराटनगर सरौचियामा काका उमाबहादुर कट्टेलको घरमा भाइ बलबहादुर कट्टेलसँग पढ्न बसेका थियौँ । भाइ दलबहादुर कट्टेल सरस्वती मा.वि.मा पढ्थे । दुवैजना मिलेर खाना पकाएर खान्थ्यौँ । 

काका मयूरध्वज फुँयलले म सरौचियामा बसेर कलेज पढ्दै गरेको जानकारी पाए पछि मलाई बेला–बेलामा उमालाल विश्वकर्मालाई भेट्दै गर्नु भन्नु भएको थियो । 

२०२५ सालतिर होला भाइ बलबहादुर कट्टेललाई लिएर उमालाल विश्वकर्माको घरमा गएका थियौँ । मैले आफूलाई शम्शेरबहादुर पराजुली र भाइ बलबहादुर कट्टेललाई उमाबहादुर कट्टेलको छोरा भनेर परिचय दिँदै, नमस्कार गरेका थियौँ । प्रत्युक्तरमा नमस्कार फर्काउनु भएको थियो । 

अग्रज उमालाल विश्वकर्माको व्यवहार शालीनता थियो । उहाँले हामीप्रति देखाउनुभएको स्नेहताबाट म आफैँ गद्गद् भएको थिए । बुबा शम्शेरबहादुर पराजुली र काका उमाबहादुर कट्टेलसँग उहाँको परिचय प्रगाढता रहेको बताउनुभएको थियो । हामीले खाजा खाएर निस्केका थियौँ । 

उमालाल विश्वकर्मा 

विजयपुर !
ऐतिहासिक वैभवता 
मेरो देशको उत्थानमा अतुलनीय बोकेका छौँ । 
तिमीलाई मनैदेखि नमन 
तिम्रो वैभवले भरिएको काखमा 
उमालाल विश्वकर्मा जन्म भएको थियो । 
बाबु रहरमान सुनार 
आमा लक्ष्मीदेवी सुनारको कोखबाट 
म तपाईंप्रति गर्व गर्छु । 
यौवनका शैशवकालहरू 
माक्र्सवादी राजनीतिप्रतिको अगाधतामा 
आफूमा समेटेर 
चन्द्रध्वज फूँयल 
मयूरध्वज ध्वज फूँयल 
नेपाल कम्युनिष्ट पार्टीको पुनर्गठन 
इतिहास रच्दै अघि बढेका थियौ । 
विष्णुप्रसाद पराजुलीको नेतृत्वले 
नेपाल किसान सङ्गठन माथिको मलजल 
यी अक्षरहरूले तिमीलाई पछ्याउँदै 
उमालाल विश्वकर्मा !
म तिम्रा सन्मानमा 
हसिया हथौडो झन्डा आकाश माथि उचाल्दै 
उद्घोष गर्छु 
संसारभरिका देशहरू कम्युनिष्टमय हुनेछन् 
हो ! संसारभरिका देशहरू कम्युनिष्टमय हुनेछन् । 

२०८१ श्रावण २१
तरहरा, इटहरी