ऋतु आशिक | दृष्टिकोण | साउन २४, २०८१
बङ्गलादेशमा प्रधानमन्त्री हसिनाको पनि पार्टी थियो । आफैँ प्रधानमन्त्री पनि थिइन्, हजारौँ कार्यकर्ता थिए, बहुमत पनि थियो । तर बल बलमिच्याइँ गरेर जनतालाई नजर अन्दाज गर्यो भने हालत के हुँदो रहेछ भन्ने यहाँहरुले पनि बुझ्नु, भ्रष्टाचार छोड्ने कि देश छोडेर जाने हो उनीहरूकै खुशी, भागेर भारत जाउँला भन्ने पनि नसोचे हुन्छ ? यहाँ भन्दा धेरै नेपाली उतै छन् बाजा बजाउनलाई, यो भन्दा बढी ननाङ्गीन सरकारलाई हाम्रो अनुरोध छ । कुलमानलाई हटाएर सरकार आफैँ बङ्गलादेशको बाटो हिँड्न खोज्छ भने शुभ यात्रा हैन जनतालाई नजर अन्दाज नगरियोस् ।
– साउद दिर्घ
कुनै बेला हली, गोठालोको रूपमा बसेका खड्गप्रसाद ओली उर्फ के.पी. ओली यस बेलासम्म आइपुग्दा नेपालको प्रधानमन्त्री पाँच पटकसम्म हुन भ्याएका छन् । यो उनको जीवनमा नदेखिने अप्रत्यक्ष रूपबाट छलाङ्ग लगाएका छन् । उनको शैली जीवन पनि कम्युनिष्ट शैली नभएर सामन्तको जीवनशैली अपनाएका छन् । उनी कम्युनिष्टको आवरणमा आफूलाई ब्याच टाँसे झैँ टाँसेका छन् । कम्युनिष्ट जीवनशैलीमा नफर्किने किसिमबाट छलाङ्ग मारेका छन् । उनी बसेको उनको शान सौकतको थलोको रूपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) नाम दिएका छन् । आफ्नो र उनका ज्यू हजुरिया आदिको जीवनशैलीलाई फेरिदिएका छन् । मान इज्जत दिनका लागि एमालेमा भएका विभिन्न पदहरू आफ्ना आसेपासेलाई बाँड्नका लागि उनी जन्मेका रहेछन् भन्ने झझल्को दिएका छन् ।
कुनै बेला भारतीय पत्रकारलाई उनले दिएको जवाफ, मुलुकको सांस्कृतिक सम्पदा माथि पोखेको विराट देशभक्ति शब्दहरू, उनका तर्कहरू, देशभक्तिका आत्माभिमान शब्दहरू, उनको तत्कालीन अठोटका प्रारब्धहरू प्रति म त नतमस्तक भएको छु । उनीप्रति मैले धेरै आदरभाव पस्केको छु । भारतीय टेलिभिजनका पत्रकारलाई जसरी आफ्ना वाक पटुता देशप्रतिको अगाधता पोखेको छन् कुनै पनि नेपाली प्रधानमन्त्रीले पोखेका छैनन् । उनका दूर दृष्टिहरू पत्रकारितामा लागि पर्नेका लागि कोशेढुंगा बनाई दिएका छन् । मैले पटक–पटक ओलीका ती शैली र व्यवहारहरूप्रति नमन गरेको छु । भन्ने पनि गरेको छु । उनका ती देशभक्तिका उचाइहरू सबैका लागि अनुकरणीय र मनन योग्य छन् ।
ओलीका जीवनशैलीहरू दिन बित्न नपाउँदै उनका छलाङ्गहरू देशप्रति घात प्रतिघातमा फेरिएका छन् । उनी तत्कालीन ती भारतीय पत्रकारसँग जसरी देशप्रति आफ्ना उद्देश्यलाई न्यौछावर गरे, के यस्तो देशभक्तिको अंकुरले कुट–कुट भरिएको मान्छे प्रधानमन्त्रीको उचाइमा पुगेको मान्छे, अर्काको घरमा हली, गोठालो बसेर ती घरधनी सिध्याउने, ती घरधनीलाई त्यस्तो सख्तका साथ मृत्युमा परिणत गर्न सक्ने व्यक्ति खड्कप्रसाद ओली नै हो त ? पत्याउन गाह्रो हुन्छ । भारतीय पत्रकारलाई देशप्रतिको अगाधतामा टक्कर दिने प्रधानमन्त्री के.पी. ओली नै हुन् त अहँ म विश्वास गर्न सक्दिनँ उनी ती मान्छे होइनन् ।
समय र सूर्यको गति सँगसँगै भारतीय शासन व्यवस्थाको लोभ, लालचमा वैभवताको उचाइमा देशलाई अहिले बन्दगी राख्ने के.पी. ओलीमा आकाश जमिनको फरक पाएको छु ।
नेपाली काँग्रेस र नेकपा एमालेको गठ जोडमा पुग्दा–पुग्दै तत्कालीन र अहिलेका वहालवाला प्रधानमन्त्री के.पी. ओलीमा थपक्कै साटिएका छन् । ती भारतीय पत्रकारसँग दिएका जवाफ तथा एउटा देशभक्तिले भरिएको प्रधानमन्त्री के.पी. ओलीमा आकाश जमिनको अन्तर देखिएको छ ।
नेपाल पत्रकार महासंघका देशभरि कै शाखाहरूले देशप्रति तत्कालीन विद्यमान रहेका कलकारखाना विस्थापित तथा त्यसको तहसनहसको जिम्मेवार नेपाली काँग्रेस हो । देशभरिका शाखाहरूले यसरी नेपाली काँग्रेसको सरकारले गरेको देशद्रोही कार्यको भण्डाफोर गर्न सक्छ ? त्यो ल्याकत राख्न सक्छ ?
नेपाली काँग्रेस भनेको मेरो दृष्टिमा भारतीय सरकारद्वारा बनाइएको नेपाली काँग्रेस भन्ने पार्टी हो । भारतीय राजदूतावास नेपाल स्थित राजदूतावासले पद र हैसियतसम्म दिने गरेको हुन्छ । नेपाली काँग्रेस पार्टीको निर्माण र कुन व्यक्तिलाई कुन पद दिनुपर्छ त्यसको निर्णय र निरूपण काठमाडौँ स्थित भारतीय राजदूतावासले खेलो फड्को गर्ने गरेको छ यो नै तीतो सत्य हो ।
मुलुक भित्र यसबेला संसदमा हाम्रो मुलुकको सरकार निर्माणमा भारतीय हस्तक्षेप झन्–झन् तीव्र रूपमा बढिरहेको छ । नेपालमा नेपाल सरकारको निर्माणको लागि नेपाली जनताले गर्न नसक्ने भएका छन् । सरकार निर्माणको लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा लैनचौरले हैसियत राख्छ भन्ने किसिमका आवाज उठिरहेको छ । मुलुकलाई जुनसुकै कोणबाट पनि घुँडा टेकाउने किसिमका अभ्यासहरू देखिन थालेका छन् । यस्तै किसिमबाट हो भने नेपाली जनताले ठूलै मूल्य चुकाउनुपर्ने स्थितिहरूका झल्याक–झुलुक्कका सङ्केतहरू आइरहेका छन् ।
देश कति निम्छरो भएको छ भने एउटा क्रिकेट खेलाडीको चयन अमेरिकाले गर्ने गर्छ । उसका इसाराहरू यहाँ परिपूर्ति भएका छन् । सन्दिप लामिछानेको अहम् सत्यता तथा उसले पाउने अधिकारको लागि सन्दीपले खेल्न नपाउने हो नेपाली खेलाडी कुनै पनि जाँदैन हामी यसलाई बहिस्कार गर्छौ भन्ने हिम्मत किन गर्न सकेनन् ? यसको अर्थ नेपाली सरकार उनीहरूका सामु चुकेका छन् । चुकेका छन् भन्ने उनीहरूले देशप्रति घात र आफ्नो स्वार्थको लागि परिपूर्ति तर्फ लागेका छन् । उसका लागि उनीहरूको नियत बुझेका छन् । यसको अर्थ देशप्रति गद्दारी गरिएको रेकर्ड उनीहरूले हिसाब किताब गरेर राखेका छन् भन्ने कुराको स्पष्टता झल्किन्छ ?
सबैतिरबाट देशलाई घात माथि घात गरिदै छ । देशलाई झन्–झन् घातका सिलसिला थपिँदै छ । घात माथि घात गर्ने नेताहरूप्रति नेपाली जनताले कठोरतम किसिमका पाइताला चालिनुपर्छ । देशद्रोही जो सुकै हुन् त्यसका विरुद्ध देशभक्त नेपाली उठ्नुपर्छ । ती सबैलाई मृत्युदण्ड पस्किनुपर्छ । यो अहम् निदान हो । आऊ हामी सबै यसैका लागि लागि परौँ ।
नेकपा एमाले र नेपाली काँग्रेसका सेलिब्रिटी पत्रकारहरू
नेपाल पत्रकार महासंघ केन्द्रीय स्तरदेखि जिल्ला तहसम्मका पत्रकारहरूको मौनता स्थिति, आफ्नो पार्टीको व्यक्तिहरूको रुझान अनुसार नेपाल पत्रकार महासंघलाई हाँक्ने तथा त्यसलाई कुखुराका चल्लालाई जसरी माउ कुखुराले छोप्छ त्यस्तै किसिमबाट नेपाल पत्रकार महासंघलाई पार्टीका झोलेद्वारा त्यसलाई नियन्त्रण गर्ने, त्यसलाई आफू अनुकूल बनाउने, पार्टीहरूको आदेशलाई पत्रकारिता मार्फत् कज्याउने थलोको रूपमा विकास गरिदैछ ।
मुलुकभरका जिल्ला स्तरका नेपाल पत्रकार महासंघमा भर्खरै एउटा उर्दी जारी गरेको कुरा ज्ञातमा आएको छ । त्यो के भने पञ्चायती व्यवस्थाताका नेपालको पत्रकारिता यसो किन गरिदैछ । पञ्चायती व्यवस्था त फर्केर आउँदैन तर पञ्चायती व्यवस्था पत्रकारितामा देशभक्तिको ओज थियो । पञ्चायती व्यवस्थाताका हाम्रो गौरवपूर्ण भूमि लिम्पियाधुरा लिपुलेक कालापानी माथि भारतीय हस्तक्षेप थिएन । झण्डै झण्डै ३०० जति कलकारखाना थिए ती कलकारखाना बेचविखन हत्याउन नेपाली काँग्रेस नै लागि परेको थियो । मुलुक भित्र कलकारखाना सिध्याउन नेपाली काँग्रेसले अहम् भूमिका निर्वाह गरेको थियो । यी स्पष्ट कुरालाई मुलुक भित्र रहेका नेपाल पत्रकार महासंघका शाखाहरूले यसलाई उजिल्याउन र प्रस्ट पार्न सक्छ ?
नेपाल पत्रकार महासंघका देशभरि कै शाखाहरूले देशप्रति तत्कालीन विद्यमान रहेका कलकारखाना विस्थापित तथा त्यसको तहसनहसको जिम्मेवार नेपाली काँग्रेस हो । देशभरिका शाखाहरूले यसरी नेपाली काँग्रेसको सरकारले गरेको देशद्रोही कार्यको भण्डाफोर गर्न सक्छ ? त्यो ल्याकत राख्न सक्छ ?
पत्रकार मित्रहरू ! हामी कुनै पार्टीको झोलेको रूपमा आफूलाई नउभ्याउ हामी पत्रकारहरू देश र जनताप्रति समर्पित हुनुपर्छ । देशको स्वाभिमानका लागि आफूलाई राष्ट्र प्रतिको समर्पण बनाउन, त्यसप्रति समर्पण हुन नेपाली पत्रकारहरूको अहम् नैतिक दायित्व हो यसको प्रतिपालनाको लागि आफूलाई उभ्याउनुपर्छ ।
नेपाली पत्रकार हामी देशप्रति समर्पण हुनु, देश प्रतिको आफ्नो दायित्व निर्वाह गर्नु, हाम्रा पुर्खाहरूले देशप्रति समर्पण गरेर जसरी यो मुलुकलाई यहाँसम्म पुर्याए त्यसको लागि हामीले गर्व गर्नुपर्छ ।
नेकपा एमाले र नेपाली काँग्रेसका झोले पत्रकारहरू मारवाडी समूहद्वारा सञ्चालित फैक्ट्रीहरूका सरकारी राजस्व प्रति प्रतादित र देशको ढाड भाँचिँदै गर्दा सरकारलाई दवाव दिन किन सक्दैनन् ? किन बोल्दैनन् ? फैक्ट्रीहरूले प्रयोग गरेको बिजुली रकम विद्युतलाई किन बुझाउँदैन ? नेपाली काँग्रेस र एमालेका सेलिब्रेटी पत्रकार मौनता स्पष्ट बुझ्न सकिन्छ ती सेलिवृटी पत्रकारहरूको सम्पत्ति सुद्धिकरणतर्फ पनि निगरानीलाई बढाउनुपर्छ ।
नेपाली काँग्रेस र एमालेको फ्युजनबाट प्रधानमन्त्री के.पी. ओलीले मुलुक भित्र रहेका कलकारखाना विशेषत मारवाडी वर्गद्वारा सञ्चालित कलकारखानामा विद्युत प्रयोग गरिन्छ । ती बिजुली प्रयोग गरिएको रकम अरबौं/अरबको रूपमा रहेको छ । ती रकम ती कलकारखानाबाट नउठाउन प्रधानमन्त्री के.पी. ओलीले फरमान जारी गरेका छन् । सामान्य व्यक्तिलाई पनि बुझ्न कठिन छैन कि वहालवाला प्रधानमन्त्री के.पी. ओलीले ती व्यापारी मारवाडी घरानाको जत्थासँग अरबौं रूपैयाँ कुम्ल्याएको प्रष्ट छ ।
नेपाली माटोमा अमेरिकी एम.सी.सी. को प्रवेश
हाम्रो देशको अथाह सम्पत्ति, मुलुकको ऐश्वर्यताको मुहान । मुस्ताङ हाम्रो अभिन्न अङ्ग हो । हाम्रो मुलुकको मुटु भूमि हो । मुस्ताङमा युरेनियम लुटपाट मच्चाउनका लागि एम.सी.सी. आएको छ । ऊसँग अमेरिकी सेना आएको छ । हाम्रो मुलुकको अथाह सम्पत्ति युरेनियम माथि डकैती शैलीमा अमेरिकी सेना आएको छ । दिन रात हाम्रो ती वैभवपूर्ण सम्पत्ति डकैतीका लागि ती युद्धस्तरमा ती अथाह सम्पत्ति युरेनियम माथि डकैती मच्चाइ रहेका छन् । सरकारमा बस्ने माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले यी सबैका नेताहरूदेखि सरकारमा बस्ने सवै निकायलाई सुन्दा गफ जस्तो लाग्न सक्छ यी सबै पार्टीका नेताहरूलाई करोडौंको मात्र होइन अरबौं अरब दिएको छ ।
मुस्ताङमा लुटिँदै गरेको सम्पत्तिको आँकडा भर्खरै विस्फोट भएको छ । नेपालका ३ करोड जनतालाई ५०० वर्षसम्म बसी–बसी, सुती–सुती खान पुग्ने, कतै केही काम नगरी पनि पुग्ने सम्पत्तिको स्रोतको अपारता खुलेको छ । मुस्ताङमा रहेको अपार सम्पत्ति लुट खसौटमा अमेरिकी सेना आएर त्यसको खोज खबर तथा हाम्रो देशबाट सहजसँग लाने किसिमको वातावरणको तयारी अमेरिकी सरकारले गरेको छ । देशप्रति घात प्रतिघात गर्नेहरूमा मुलुक भित्र सबै पार्टीहरू लागिपरेका छन् । मुलुक स्थित सबै पार्टीका उच्च नेताहरू तथा मुलुक भित्रका उच्च पदस्थ कर्मचारीहरूको बैंक, घर तलासी गरिएको खण्डमा सत्यता प्रकट हुने नै छ । सबै पार्टीका नेताहरू तथा उच्च पदस्थ कर्मचारीहरूको घर तलासी, बैंक खाता तलासीका लागि उनीहरू तयार छन् ? तयार छौ भन्ने आँट कुनै पनि पार्टीका नेताहरू तयार छन् ?
अमेरिकी शासन व्यवस्था यस्तो परिपाटी उसले अन्य देशको अमूल्य सम्पत्ति माथि जहिले पनि आँखा गडाइ आएको छ । यस किसिमको लुट खसौटको नमूनामा नेपाल भने पहिलो होइन । अमेरिकाले यस्तो लुट खसौटमा नेपाल माथि युरेनियम भण्डारका आफ्ना हात कसरी पार्ने सोच ५० वर्ष भन्दा अगाडिको सोच हो । ती सोचलाई कार्य रूप दिन देशप्रति गद्दारी गर्ने पार्टीहरू एमाले, नेपाली काँग्रेस, माओवादी पार्टीहरू तथा उच्च पदस्थ कर्मचारीहरूको संलग्नताका कारण अमेरिकी एम.सी.सी.को भेषमा अमेरिकी सैनिक भेषमा हाम्रा बहुमूल्य सम्पत्ति युरेनियम माथिको डकैतीलाई कानून सम्मत जालोमा फसाएर हाम्रो देशको अमूल्य सम्पत्ति माथि डकैती भइरहेको छ । हामी मुकदर्शक भएर हेरिरहेका छौं ।
इटहरी, तरहरा
२०८१ साउन २३ बुधबार