खोटाङ-हलेसी सेवा समाज काठमाडौं : सन्ध्याकालीन आरती' कार्यक्रमको आयोजना

खोटाङ-हलेसी सेवा समाज काठमाडौं : सन्ध्याकालीन आरती' कार्यक्रमको आयोजना

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन २५, २०८१

काठमाडौँ । खोटाङ-हलेसी सेवा समाज काठमाडौंले आज साउन २५ गते शुक्रबारका दिन काठमाडौँस्थित आराध्यदेव पशुपतिनाथ मन्दिरको प्राङ्गणमा 'सन्ध्याकालीन आरती' कार्यक्रम सम्पन्न गरेको समाजले जनाएको छ । 

खोटाङ-हलेसी सेवा समाज कार्यसमिति काठमाडौंकी अध्यक्ष इन्दा थापाले दिएको जानकारी अनुसार समाजको पूर्व निर्धारित कार्यक्रम अनुसार नै  'सन्ध्याकालीन आरती'  पशुपतिनाथ मन्दिरको प्राङ्गणमा सम्पन्न  गरिएको हो ।  

समाजले खोटाङ जिल्लाबासीहरुविभिन्न घटनाहरुमा दैवीप्रकोप, कालगतिले एवं अकालमा मृत्युवरण गर्नु भएका पितृहरूको चीर शान्ति एवं बैकुण्ठ बासको कामना गर्नुका साथै  समग्र जिल्ला बासीहरूमा सुख-शान्ति तथा समृद्धिको  कामना गर्ने उद्देश्यले 'सन्ध्याकालीन आरती' कार्यक्रमको आयोजना गरिएकाे अध्यक्ष  थापाले जानकारी दिनुभएको छ ।