सुनको मूल्य तोलामा नौ सयले घट्यो : एक लाख ५० हजार पाँच सयमा कारोबार

सुनको मूल्य तोलामा नौ सयले घट्यो : एक लाख ५० हजार पाँच सयमा कारोबार

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन ३२, २०८१

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य आज तोलामा नौ सयले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला  एक लाख ५० हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४९ हजार छ सय निर्धारण भएको छ । 

त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु २० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार सात सय ४० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार सात सय ६० निर्धारण भएको छ ।