गायिका सुस्मिता स्याङ्तानको 'इन्टरनेटरी ह्रुप ताजी' बोलको गीत बजारमा (गीतसहित)

गायिका सुस्मिता स्याङ्तानको 'इन्टरनेटरी ह्रुप ताजी' बोलको गीत बजारमा (गीतसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  भदौ ०७, २०८१

काठमाडौँ । गायिका सुस्मिता स्याङ्तान र गायक कुन्साङ दोर्जे लोप्चनको आवाजमा 'इन्टरनेटरी ह्रुप ताजी' बोलको गीत बजारमा आएको छ । गायिका सुस्मिता स्याङ्तानको आफ्नै युटुब च्यानल सुस्मिता स्याङ्तान अफिसियलमार्फत उक्त गीत बजारमा ल्याएको हो । गायिका सुस्मिता स्याङ्तान चिरपरिचित गायिका हुन ।

गायिका स्याङ्तानले बिदेशी भुमिमा रहेका युवा र स्वदेशमा रहेका युवतीबिच भएको प्रेमिल कुरालाई गीतमा समावेश गरिएको बताइन । उनले दर्शक एंव स्रोताले गीत मन पराउनेमा आफु विश्वास्त रहेको बताइन ।

गीतमा धीरज गोलेको शब्द, जोगलाल लामाको संगीत संयोजन रहेको छ भने उनै गायक कुन्साङ दोर्जे लोप्चनको संगीत रहेको गीतलाई मनोज डंगोलले मिक्सिङ गरेका हुन । स्टुडियो २१ मा रेकर्डिङ गरिएको गीतलाई श्याम बहादुर थिङले निर्माण गरेका हुन ।

'इन्टरनेटरी ह्रुप ताजी' बोलको गीत यहाँ क्लिक गरेर हेर्न  सकिन्छ ।