पूर्ण ओली | दृष्टिकोण | भदौ ११, २०८१
प्रहरी बारेमा लेख्न त्यति सजिलो छैन । आज मैले प्रहरी भित्रका समस्या भन्दा जनताले प्रत्यक्ष देखेका र भोगेका बिभिन्न बिषयमा पहिला र अहिलेका पाइने केहि भिन्नता यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु ।
जुन कुरा आफैले अनुभव गरेका जनताका सरोकारका बिषयमा केन्द्रीत भएर लेख्ने कोसिस गरेको छु । यसलाई कसैले पनि अन्यथा नलिइ दिनु होला ।
केटाकेटीमा प्रहरी देख्दा हामी भाग्थ्यौ । एक पटक प्रहरीको ठुलै समुह आठराईमा आएका थिए । त्यतिखेर मास्तिर गल्लीमा ढाडमा झोला बोकेका प्रहरीको ताँती देखेर म घर भित्र पसेको छु । एकपटक आठराईकै सक्रान्ति बजार जाँदा थानामा भएका प्रहरीले एकजना टिनमा मट्टीतेल बेच्ने खुद्रा ब्यापारीलाई महंगोमा बेचेको भन्दै टाउकोमा लट्ठीले पिट्दै थानामा लगेको देखेर ती ब्यापारी प्रति दया आएको थियो ।
शायद त्यति खेरका अलिक कडा प्रशासक भएकाले सानो गल्तीमा पनि छोडिँदैन थिए । एकपटक गाउँमा बालविवाह हुंदै थियो । त्यसको स्थानीय हाइस्कुलका विद्यार्थीले बिरोध गरे । जन्ती र बिद्यार्थी बिच लडाइँ नहोस भनेर जिल्लाबाट एकजना प्रहरी कम्मरमा खुकुरी भिरेर आएका थिए । उनले सबैलाई चेतावनी दिए यदि तपाईँहरुले दायाँबायाँ गर्नु भयो भनि म छोड् दीन भने । त्यसले पनि त्यहाँ शान्तिको बातावरण बनाउनमा मद्दत पुर्यायो । प्रहरीप्रति मानिसमा डर र श्रद्धा दुबै थियो ।
एक पटक झापामा मेरो घर नजिकैको बजारमा खसीको मासु खरिद गर्न गएको थिएँ । त्यहाँ खसीको फिलाको राम्रो मासु देखेर त्यो मासु किन्न माग्दा यो मासु त चौकीमा हवल्दारसावलाई दिनु पर्छ भनि मलाइ त्यो मासु दिएनन् । २०४६ सालमा म एकपटक भैरहवामा भर्खर पुगेको थिए । पसलमा मैले एउटा पेन्टको कपडा किनेर पैसा दिन खोज्दा उनले हजुरसँग कहाँ पैसा लिने र म अहिले हजुरको क्वाटरमा प्याक गरेर पठाइदिन्छु भने ।
अहिले हाम्रा ट्राफिकहरूले गाडीलाई ब्यबस्थापन गरि यात्रुलाई सजिलो पार्नु भन्दा कसरी पैसा कमाउने बाटो बनाउन सकिन्छ भनेर त्यसतर्फ लागेको जस्तो देखिन्छ । हुनत काठमाण्डौमा गाडि धेरै भएर पनि केहि समस्या थपिएको छ । तैपनि सडक लाइटहरु बलेको ठाउँमा त्यति समस्या हुंदैन तर लाइट बिग्रेको स्थानमा २०.२५ मिनेट सम्म कुर्नु पर्ने हुन्छ ।
मैले भने म त्यो बजार नजिकै आर्मी ब्यारेकको हाकिम हुँ भनेपछि उनले मसँग पैसा लिए । पहिला उनले मलाई प्रहरीको नया हाकिम भन्ठाने छन् । अर्को एकपटक हेटौडामा एउटा कार्यक्रममा आर्मी र प्रहरीका हाकिमहरूको जमघट थियो । त्यहाँ डिआइजिसाबले लगाएको ज्याकेट देखेर जर्साबले सोध्नु भयो डिआइजिसाबको ज्याकेट राम्रो रहेछ कति पैसा परेको भनेर सोध्दा यो कहाँ किन्ने जर्साब पसलमा यसो हेरेको साहुजीले मन पर्यो भनेर मलाइ दिनु भयो । हामीसँग पैसा लिनै मान्दैनन् । किनकि उसले भंसार, कर भ्याट नतिरेका धेरै सामान भएकाले हामीसँग डराउँछन् ।
पञ्चायती ब्यबस्था समेत चाडपर्व र नया बर्षमा पसलहरूबाट पैसा उठाउने गर्दा थिए प्रहरी प्रशासकहरू । खासगरी त्यस्तो बेलामा सुरक्षाको लागि गस्ती गर्न पेट्रोल खर्च भनेर उठाइन्थ्यो । त्यो कुरा महाकाली अञ्चलाधीशको मा समेत पुगेपछि अञ्चलाधीश जोन देन उक्यावले प्रहरी प्रमुखलाई यस्तो पैसा उठाउने कार्य नगर्नुहोस् पेट्रोलको ब्यबस्था म गरिदिन्छु भन्नु भएको थियो । अहिले सिमानामा रहेका प्रहरी प्रशासक हाकिमले तस्करसँग कमिसन असुल्ने गरेको कुरा लुकाइरहनु परेन । त्यहि भएर कमाउ हुने ठाउँमा जान हाकिमहरु सचिब र मन्त्री र आइजिपिकोमा पुग्ने गरेको कुरा प्रहरीबाट बाहिर आउन थालेका छन् ।
यो सबै पैसा कमाउन सिकाउने र अवसर दिने माथिल्लो तह बाट सुरु हुन्छ । प्रधानमन्त्री इमान्दार सक्षम छन भने तलकाले पैसा खान सक्दैनन् । गृहमन्त्री र आइजिपि पैसा नखाने इमान्दार हुने हो भने तलकाले पैसा खान सक्दैनन् । नेपाल प्रहरीका पूर्व प्रमुख खड्कजीत बराल एक उदाहरणीय आइजिपि हुनुहुन्थ्यो । वहाँको कार्यकालमा प्रहरीको छवि निकै राम्रो थियो । उहाँसँग सचिवहरु समेत डराउँथे । वहाँको कार्यकालमा प्रहरी कार्यालयहरु धेरै बने । स्थानीय जनताको सहयोगमा त्यो बेलामा जिल्ला प्रहरी कार्यालयदेखि ट्राफिक कार्यालयपनि धेरै बनेका थिए । त्यसबाहेकका आइजिपिहरु त्यति सशक्त र प्रभावकारी देखिएनन् ।
त्यतिबेलाको ट्राफिक प्रहरीको हात हल्लाउने तरिका, गाडीलाई इशारा गर्ने तरिका निकै लोभलाग्दो हुन्थ्यो । चौबाटोको बिचमा उभिएर सतर्क पोजिसनमा बसेर हात कुमबाट सिधा पारेर बिस्तारै माथि उठाउँदै कुम सम्म पुर्याउँदै गाडि लाई इशारा दिएर बोलाउ थिए । अहिले छिटो छिटो आउ भनेजस्तै गरेर निकै अब्यबस्थित तरिकाबाट इशारा गरेको देखिन्छ । खासगरी जेब्रा क्रसिङमा प्रहरीले मानिसले बाटो काट्दा निग्रानि गर्दै गाडि रोक्नु पर्छ । तर त्यसो नगरि नजिकै भएका ट्राफिक प्रहरीले बेवास्ता गरेका देखिन्छ । कोटेश्वर पश्चिमको मनहरी पुल छेउको फराकिलो सडकमा लामो जेब्राक्रसिङ छ । त्यहाँ बिहानदेखि बिद्यार्थी लगायत मानिसहरु बाटो काटिरहेका हुन्छन् । तर गाडीले पेलेर बाटो काट्न पनि पैदल यात्रीलाई कठिनाइ भइरहँदा पनि ट्राफिक प्रहरी सिर्फ मुकदर्शक भएर बस्छन् ।
यस्तो लाग्छ कहिले घटना होला अनि ड्राइवरको लाइसेन्स लिने भएर बसेका जस्ता लाग्छन् प्रहरी पनि । अहिले ट्राफिक प्रहरीले जति बढि जरिवाना गर्यो त्यसको प्राप्त हुने २५ प्रतिशत कमिसन दिने गरिएकोले उनीहरुको उद्देश्य नै बढिसेबढी चिट मात्र काट्नु जस्तो देखिन्छ । प्रहरीले आफ्नो ड्युटि गर्दा राजस्वको पैसामा किन कमिसन चाहियो ? यसरी सबैतिर कर्मचारीलाई पैसामा लोभ्याउन ठुलो गल्ती हो । तलब के को लागि ? अब भंसार कर मालपोत सबैतिर कमिसन दिए भयो नि सरकारले । सरकार आफै भ्रष्ट भएर सबैलाई भ्रष्ट बनाउन खोज्दैछ । यो ट्राफिकको कमिसनको पैसा रोकिनु पर्छ । नत्र ट्राफिकले जथाभावि गाडि मोटरसाइकल रोकेर अत्यन्त दुःख दिने मात्र होइन त्यहि अनावश्यक चेकिङको कारण केहि दिन अघि भक्तपुरमा एकजना मोटरसाइकल बाहक युवालाई ट्रकले किचेर मारेको थियो । यस्ता घटना ट्राफिक प्रहरीका कारण फेरि घट्नु भएन ।
२०५७ सालतिर म अमलेखगन्जमा कार्यरत थिएँ । एकचोटि बीरगंजबाट आउँदै गर्दा जितपुरमा बजार लागेर सडकका छेउमा तरकारी फल फुलले बाटो नै ढाकेका थिए । त्यहाँ प्रहरी, ट्राफिक प्रहरी भएर पनि गाडि पुरै जाम थियो । मैले स्थानीय प्रहरीलाई यो जाम हटाउन लगाउँदा पहिला निकै आनाकानी गरे पछि मैले डिआइजिपिसाबलाई फोन गर्छु भनेपछि उनीहरुले सिटि फुत्तै पसलहरूलाई सडकबाट हटाएर ट्राफिक जाम खुलाएका थिए ।
अहिले हाम्रा ट्राफिकहरूले गाडीलाई ब्यबस्थापन गरि यात्रुलाई सजिलो पार्नु भन्दा कसरी पैसा कमाउने बाटो बनाउन सकिन्छ भनेर त्यसतर्फ लागेको जस्तो देखिन्छ । हुनत काठमाण्डौमा गाडि धेरै भएर पनि केहि समस्या थपिएको छ । तैपनि सडक लाइटहरु बलेको ठाउँमा त्यति समस्या हुंदैन तर लाइट बिग्रेको स्थानमा २०.२५ मिनेट सम्म कुर्नु पर्ने हुन्छ ।
बहुदलीय ब्यबस्था आएपछि कुशासन बढ्दै गएर भ्रष्टचार पनि बढ्दै गएको छ । प्रहरीका कोहि कोहि हाकिम पनि पैसाको झोला बोकेर सचिब मन्त्रीकोमा जान थालेको कुरा मिडियामा आइसकेको छ । झन लोकतन्त्र आएपछि माथिल्लो तह देखि भ्रष्टाचारले तलसम्म जरो गाडेको छ । सबैतिर अब्यवस्थापन बढ्दै गएर बेथिती बढ्दै गएको छ । तैपनि सबै बिभागीय प्रमुखहरुले आफ्ना अन्तरगतलाई राम्रोसँग निर्देशन दिएर सहि मार्गमा परिचालन गर्न चाहेमा ब्यबस्थापन राम्रो हुनसक्छ ।
त्यसका लागि मन्त्री, सचिब तथा बिभागीय प्रमुखहरु आफु इमान्दार बनेर राम्रो नियतका साथ उदाहरण बन्नै पर्छ । नत्र भाषणमा भ्रष्टचार गर्दिन र गर्न दिन्न भन्ने अनि ब्यापारीसँग कमिसन असुल्न नछोड्ने अनि आफ्ना चाकडी बाज र गुटका मानिसले जतिसुकै ठुला गल्ती गरेपनि उनीहरुकै पक्षमा वकालत गर्ने नेता भएपछि भ्रष्टचार कमिसन घट्ने होइन बढि रहन्छ । सरकारको हरेक कार्यको प्रत्यक्ष प्रभाव प्रहरीमा परिरहेको हुन्छ । यदि सरकारले सुशासन चलाएर भ्रष्टलाई कडा कारबाही सुरु गर्ने हो भने प्रहरीपनि आपसेआप सहि ठाउँमा आउनेछन् । त्यसपछि क्रमश हाम्रो ट्राफिक प्रहरी पनि स्तरियरुपमा कर्तब्य पथमा अघि बढेमा अवश्य पनि उनीहरु जनतामाझ लोकप्रिय हुनसक्छन् जुन पञ्चायती ब्यवस्थामा थियो ।
बालकुमारी ललितपुर नेपाल
२०८१ भाद्र ११