डिल्ली बि.सी. | दृष्टिकोण | भदौ १४, २०८१
काठमाडौँमा स्थायी र अस्थायी रुपमा बसोवास गर्नेे सुदूपश्चिमवासीले यस वर्ष पनि भव्यताका साथ टुँडिखेलमा गौरा पर्व मनाए । जुन कार्यक्रममा निम्तालु थिए देशको कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ।
प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री देउवाले कार्यक्रमलाई आफ्नो तर्फबाट उच्च प्राथमिकतामा राखेर संयुक्त रुपमा उदघाटन गरे । कार्यक्रममा वर्तमान मन्त्रीहरु, पूर्वमन्त्री, राजनीति, समाज र राज्यका उच्च तहसम्म वहालवाला र सेवा बाहिर रहेका साथै आम सुदूरपश्चिमका व्यक्तित्व सो दिन काठमाण्डौ उपत्यकाभित्र रहेकाहरु सकभर उपस्थित भएका थिए ।
गौरा पर्वको मुल भावना विकिपिडियामा उल्लेख गरेजस्तो ‘...सुख शान्ति प्राप्त हुने, इष्ट र कुलदेवता प्रसन्न हुने...’ भनिए पनि केही युवा उमेरका व्यक्तिको व्यवहारले पदासीन व्यक्ति (मुख्य अतिथि) को अपमान, अस्वीकार्य वा वहिस्कार गरिएको घटनाले साँस्कृतिक, राजनीतिक, सुरक्षा र राष्ट्रको नेतृत्व एकदमै अविस्मरणीय भएको छ ।
गौरा पर्व मान्ने समुदाय र क्षेत्रका विषयमा मेरो कुनै विमती छैन । तर पूर्वप्रधानमन्त्री देउवाले कार्यक्रममा आफ्नो सम्बोधनका क्रममा भन्नु भयो ‘लाज पनि छैन । अर्काको कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरु, यही हो नेपालको संस्कृति ? यही हो नेपालको चलन ? यही सिकेर आएको ? बकवासहरु !’ थाहा खबरस् टुँडिखेलमा आफूविरुद्ध नारा लागेपछि कड्किए देउवा (thahakhabar.com) यसको कारण थियो टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रम प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीलाई अपशब्द र अपाच्य शब्द प्रयोग गर्दै गौरा पर्वमा युवाले नारा लगाए ।
त्यस विषयमा विभिन्न सामाजिक सञ्जाल, आम संचार माध्यममा भिडियो र समाचार प्रकाशित र प्रसारित भई रहेका छन । यी समाचार र भिडियो(पाठ्य, श्रव्य र दृष्य)का विषयमा अतिरञ्जित गरेपनि यर्थाथ सिधा अर्थमा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीलाई आयोजकले पाहुना बोलाए । सहभागी मध्येका केहीले अस्वभाविक व्यवहार प्रर्दशन किन गरे ? के राजनीति नेतृत्व (सरकार संचालक) साँस्कृतिक र धार्मिक कार्यक्रममा सहभागिता हुनु हुँदैन हो ? के नेपाली समाज पुरै अराजकताको दलदलमा छ ? गौरा पर्वमा भएको यस्तो व्यवहारले दिएको सन्देश उडन्ते भाष्य(बंगलादेश) जस्तो बनाउने हो ?
प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री देउवाले ल्याइते पट्टीका सन्तानले सहनु पर्ने जस्तो व्यवहार सहनु पर्ने हो ? अनी मञ्चआसिन अन्य महानुभावहरूको भुमिका घटनाको समयमा शुन्य हुनु पर्ने हो ? यदि यस्तै हो भने सुरक्षाका सबै अंगको सूचना संयन्त्र फेल हो ? या पूर्व जानकारी हुँदाहुँदै प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री देउवाको अटेरीले घटना भयो । यसको जवाफ कालान्तरमा मलिन या चर्को स्वरमा कुनै बेला आउला ।
विषय र प्रसंगले अर्को अर्थ नलगाएमा सम्माननीय वर्तमान प्रधानमन्त्रीले छेउछाउमा आउने धेरैलाई असोचनीय अवसर र पद प्रदान गर्नु भएको छ । हदैसम्मको क्षमतालैसहरुलाई पनि सम्मानित पद र अवसर प्रदान गर्नु भएको छ । तर प्रतिफलमा अति सामान्य सामाजिक सञ्जालमा समेत टुँडिखेल घटनाको दुःख प्रकट गरेनन् ति धन्धुकारी कार्यकर्ताले ।
प्रश्न समान्य छ । यी दुबै सम्माननीय प्रतिको गरिएको व्यवहारको तथ्यपरक चिरफार गर्ने यानकी दलका कार्यकर्ता नै गर्दछन् की ! प्रक्रियागत रुपमा जन अनुमोदित सम्माननीय हुन । टिके प्रधानमन्त्री भएका हैनन् । प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री देउवाका घरमा विहानदेखि रातिसम्म ‘बा’ तपाईको पद बाहेक मलाई अरु सबै दिनुहोस् भन्नेहरु कुन दुलामा छन ! ‘बा’ मैले फलानालाई ठिक पारेनी, मैले मात्रै तपाईको विचार समूह थेगेको छु । म नभएको भए सबै माधव नेपालको समूहमा जाने थिए । म सर्वशक्तिमान हुँ । म छु र त तपाईको विचार समूह टिक्यो अनि तपाई अध्यक्ष बन्नु भयो भन्ने आँटिला सबैमा आज समाजमा सुषुप्त आवाज गुन्जिएका छन !
‘बा’ पट्टीका मात्रै हैन । ‘दाजु’ म हजुरको मान्छे, मलाई तपाईको पद, घरबास बाहेक सबै पद दिनुहोस् भन्नेहरु कहाँ हराए ! दाजु सबै हाम्रा पक्षमा छन । मैले फलानो जिल्ला सभापति, फलानो भातृ संगठन सबै हजुरको पक्षमा पारेको छु । दाजु, मलाई फलानो ठाउँमा मनोनित गर्नु पर्यो । फलानो पद दिनु पर्यो । कुन दुलामा रहेछन कुन्नी ? मलाई नचिनेकालाई केही छैन मलाई चिन्नेहरूलाई पनि भन्न चाहन्छु । म हिजो जहाँ थिए । जुन पदमा थिए । मैले कुनै पनि पद, नियुक्ति वा सिफारिस मागेको छैन । फेरी त्यो राज्यका उच्च सम्माननीय पदका व्यक्तिलाई मैले जीवनमा एक्लै कहिले पनि भेटेको छैन । भेट्ने समय नपाएर भने हैन । भेट् नपाएर पनि हैन । केवल एउटा विषयमा म प्रष्ट छु । सम्माननीय पदका व्यक्तिहरु राष्ट्र र महादेशीय क्षेत्र र विश्वमा प्रभाव पार्ने भएकोले म उहाँहरुसँग नजोडिन चहाएको पनि हो । मेरो र उहाँको काम र जिम्मेवारीको प्रकृति नै फरक छ । कुम जोरेर उहाँहरुसँग फोटो खिचाउन आवश्यक ठानिन । यो विषय यति नै ।
अधिकार प्राप्तिको मदानीले समाजको मथिङ्गल: बहुसोचको अभावमा नेपाली समाजलाई राजनीतिक अधिकार प्राप्तिका लागि राणा विरोधी, निरंकुश राजतन्त्र विरोधी, राजसंस्था विरोधी, दलहरुले दल विरोधी समाज निर्माण गरे । विस्तारबादी भारत विरोधी नाममा समाज निर्माण, साम्राज्यबादी अमेरिका विरोधी नाममा समाज निर्माण पनि भयो । देश भित्रकै गरि खाने विरोधी समाज निर्माण, जिम्वाल, मुखिया, सुकिलामुकिला, नाक लामा, नाक छोटा, काला, गोरा, तराईका, पहाडका, पूर्वका, पश्चिमका, धर्मका, भेगका, जातिका, लिङ्गका आधारमा विरोध गर्ने समाज निर्माणमै धन, मन, विवेक र समय खर्च भएको थियो ।
यसरी निर्माण भएको समाज र त्यो समाजका सदस्यले जनआक्रोष निर्माण गर्दै र तिनलाई निस्तेज बनाउने क्रममा अधिकारको पाटो बलियो भयो । कर्तव्य, जिम्मेवारी, स्वअनुशासन तथा अग्रजको आदर सम्मानको पाटो शुन्यतामा पुगेको छ । माकुराले आमा खान्छ भने जस्तै तिनै परिवर्तन र अधिकारका कुराको अगुवाई गर्नेका विरुद्ध समाजमा विकास भइ रहेको छ । ‘अरे’का भरमा विचार निर्माण गर्ने भएकोले हाम्रो समाजलाई अहिले अधिकार प्राप्तिको मदानीले समाजको मथिङ्गल बनाएको छ । मदानीको सहाराले नौनी र मही छुट्याइ जस्तै अब मथिङ्गल बनाउने मात्रै हैन नौनी पनि निकाल्नु पर्ने भएको छ । त्यसको जिम्मेवारी पुरा गरिएन भने नौनी घुलिएर बनेको मही जस्तै समाज हुने छाँट देखिँदै छ ।
यो अभिभारा पुरा गर्ने जिम्मा जिम्मेवार राजनीतिक दलको हो । दलका तहगत, क्षेत्रगत र जनवर्गिय तथा भातृ संगठनको हो । यसको परिचालन एवं व्यवस्थापन उहाँहरु सम्माननीय मातहत कै हो ।
सुरक्षाको चाँजोपाँजोः स्वभाविक रुपमा गुरुले शिक्षा दिने, विद्यार्थीले शिक्षा ग्रहण गर्ने, किसानले जल जमिनमा उत्पादन गर्ने र सुरक्षाकर्मीले सुरक्षा नै दिने हो । तर सोही दिन प्रधानमन्त्रीले एक शब्दमा भन्नु भएको छ घटना पश्चातको सुरक्षा त तपाईको हो । घटना हुनु पहिलेको अनुसन्धानमा अझै निखारता हुनु सुरक्षाकर्मी अहम जिम्मेवारी हो ।
यसरी नाङ्गो आँखाले हेर्दा प्रधानमन्त्री सहभागि हुने कार्यक्रमको सुरक्षा व्यवस्था कुन तहको कसरी व्यवस्थापन गर्नु पर्दछ भन्ने उच्चपदस्थ सुरक्षा हेर्ने अब्बल दर्जाका सुरक्षा अधिकारीको जिम्मेवारीमा व्यवस्थापन भएको हुन्छ । सामान्यतया घटना पहिले, घटनाको क्रममा र घटना पश्चात सोही अनुसारको जिम्मेवारी र कार्य तालिका व्यवस्थापन गर्नु पर्ने हो । तर यहाँनेर एउटा गहन प्रश्न छ । पार्टीको युवा दस्ताका संस्थापक कमान्डरलाई एकलौटी राज्य नियन्त्रित सुरक्षालाई मात्रै जिम्मा लगाउनु के अब युवा दस्ता बैचारिक विवेचनामा छ ? फेरी राज्यको सुरक्षा व्यवस्थालाई कमजोर ठानेर दुई लाइनको सुरक्षा दिनु पर्छ भन्ने होइन । तर छड्के सुरक्षा नराख्ने वा नगर्ने हो भने किन युवा भन्ने प्रश्न अझै बलियो भएको छ । कि युवाहरु विधानको प्रस्तावना भन्दा अरु मै रुमलिएको छ । प्रश्न एक मात्रै छ । पर्व पवित्र हो । सुरक्षाका हिसावले त्यही पवित्रतामा घुसपैठका लागि सहज हुन्छ भन्नेसम्म आंकल नगर्नु गम्भिर विषय हो ।
कार्यकर्ता झुण्डमा परिणत हुँदैछ की ! समाजवादी विचारधारा मान्ने होस या साम्यवादी गन्तव्य । दुबैको एकमात्रै आधारशीला हो कार्यकर्ता । तर त्यो कार्यकर्ता समाजवाद र साम्यवादको पाइलामा छ कि छैन भन्ने कसीको परिक्षण यो घटना पनि एक अंश हो । यो कार्यकर्ता परिक्षण असली ल्याव हो । सम्माननीय र पूर्व सम्माननीयले निधारलाई कति खुम्च्याउन मिल्छ खुम्च्याउनु होस । मनन् गर्नुहोस अवस्था सहजतिर हैन जटिल तिर जाने संकेत गर्दैछ ।
तपाईकै मञ्चमा तपाईसँग बसेर संख्या देखाएर झुण्ड निर्माण गर्ने भन्दा सम्माननीय र पूर्व सम्माननीयहरुले कुना कन्दरामा रुखो निख्लो खाएकाहरु पनि तपाईको विचार, अभियान र आन्दोलनमा एकाकार गर्न तम्तयार छन की ! बथान चाहिन्छ । कुन बेला हो, हेक्का राख्ने हो की ! केशरको त्यान्द्रोभन्दा हलेदोको त्यान्द्रोले छिटो रंग बदल्छ । हलेदो सधै सबै तरकारीमा हालिन्छ । केशर विशेष हो । विशेष बेला प्रयोग हुन्छ । यसर्थ सम्माननीय र पूर्व सम्माननीयहरुले हलेदोको र केशर छुर्याउनु बुद्धिमता हुने छ की ! अन्यथा सही गोडमेल नभएमा केशरको विउ उन्मुलन हुने छ र केशरमा पनि हलेदोले काम चलाउनु पर्ने छ परिणाम झुण्ड मात्रै हो ।
नेतृत्वले गर्नुपर्ने विवेचनाः आजको यो एउटा घटना मात्रै हैन । यो हिजोको निरन्तरताको घटना हो । शक्ति माथिको प्रहार त्रिवि क्रिकेट मैदानमा तत्कालिन प्रधामन्त्री पुष्पकमल दाहालका विरुद्धमा पनि असोभनीय शब्दको प्रयोग गर्दै नाराबाजी भएको थियो । त्यसभन्दा पहिला पनि सम्माननीय भइसकेका माथी यस प्रकारका घटना भएका छन । ताज घटना मात्रै हो टुँडिखेल घटना । टुँडिखेल घटनामा कारक सम्माननीयहरुले त्रिवि मैदानको घटनाको के विवेचना गर्नु भएको थियो त्यसलाई फर्किएर हेर्ने की ? त्रिवि मैदान घटनाका कारकले आजको विवेचना गर्ने की ?
अन्यथाः ‘टुँडिखेलमा नाराबाजी गरेको भनी नेताले मञ्चबाटै गाली गर्नु र पछि गिरफ्तार गराउनु संविधानले दिएको मौलिक अधिकारको उल्लङ्घन हो । जनताले विरोध र आलोचना किन गरेछ भनी आफुलाई बुझ्ने जनमुखी ठहरिन्छ भने दमनमा उत्रिने निरंकुश स्वेच्छाचारी । जन आक्रोशको कारण र समाधान खोज्नु जिम्मेवारको कर्तब्य हो ।’ यो वाक्यहरू एक्स सामाजिक सञ्जालमा भिम रावल, पिएचडी लेख्नु भएको छ । यहाँ ...नाराबाजी गरेको भनी ! यो भनेको नाराबाजी थियो र थिएन होला भन्ने अर्थ पनि लगाउने मिल्छ जस्तो लाग्यो । तर पनि, मञ्चबाट गाली गर्नु र पछि गिरफ्तार गर्नु ? यो के भनेको होला ? उहाँले यसो भन्न सुहाउँछ ! किमार्थ सुहाउँदैन । पक्कापक्की कुरा विरोध गर्न पाइन्छ । सत्ता च्युत पनि बनाउन पनि पाइन्छ । तर उहाँ यस विषयमा अनविज्ञ हुनु हुँदैन । अनविज्ञता मात्रै हो । के लम्की चुहाको डोडेझारी जंगलमा बस्ती बस्न आएकालाई तत्कालिन सुरक्षा निकायले फुलमाला नलगाएकोमा विरोध भएको छ र ? प्रसंसा नै भएको थियो !
अन्तमाः विषय र प्रसंगले अर्को अर्थ नलगाएमा सम्माननीय वर्तमान प्रधानमन्त्रीले छेउछाउमा आउने धेरैलाई असोचनीय अवसर र पद प्रदान गर्नु भएको छ । हदैसम्मको क्षमतालैसहरुलाई पनि सम्मानित पद र अवसर प्रदान गर्नु भएको छ । तर प्रतिफलमा अति सामान्य सामाजिक सञ्जालमा समेत टुँडिखेल घटनाको दुःख प्रकट गरेनन् ति धन्धुकारी कार्यकर्ताले । सम्माननीय ज्यूलाई अक्षरबाटै मेरो सानो जिज्ञासा के छ भने, धन्धुकारी पहिचान गर्न कुन कम्पनीको सीसी क्यामेरा प्रयोग गर्नु हुन्छ बेलैमा फुटेज हेर्नुहुन्छ होला । टुँडिखेल घटनाको विषय आजसम्म पार्टीका भातृसंगठन बोलेका छैनन् । यसैगरी झापा घटनामा पनि तीन दिनमा पछि मात्रै लाजगाज पत्र मञ्जुसा मार्फत विरोध गरिएको थियो । यी सबै घटनाको सविस्तार यहाँ संभव छैन । कुअर्थ जस्तो सुकै लगाए पनि मैले फेरी भने ‘बा’ सम्मानको हैन स्वार्थको हो । यदि सम्मानको ‘बा’ उच्चारण हुन्थ्यो भने व्यवहार यस्तै गिद्धे हुन्छ । यदि धन्धुकारी नागरिकतामा नाम लेखिएका ‘बा’ माथी यस्तै व्यवहार हुन्थ्यो भने के यस्तै सहेर बस्थ्ये ?
पूर्व सम्माननीय ज्यूहरु घटना तेरा माथि कि, मेरा माथि हैन । यो केवल तपाई माथि नै हो । किङ्ग कोब्रा सर्पले तीन महिना ओथारो बसेर सन्तानको जन्म हुने वेला ओथारो छोडेर जान्छ रे ! अन्यथा कि आफैले सन्तान खानु पर्यो । हैन भने सन्तानले आफुलाई खाइदिने भएकोले सन्तानको भलो र आफ्नो अभिभावक कर्तव्य पुरा गर्न यति विवेक लगाउँछ भन्ने छ । यस्तै बाटो अबको कर्तव्य बनाउदा कसो हो ?
विकिपिडियामा उल्लेख भए अनुसाररै...गौरा पर्वमा शिव र गौरीको पूजाआजा गर्नाले सुख शान्ति प्राप्त हुने, इष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ अरे । त्यसैगरी पुस्तान्तरण र हस्तान्तरणले कार्यकर्ता, शुभेच्छुक, नारावाजी वाला वा सो सरहका पनि प्रसन्न हुने जस्तो देखिएकोले यो पनि गर्दा राम्रो होला की ?