म्याप स्मृति समाजद्वारा 'श्रद्धाञ्जली सभा तथा नेपालमा हवाई सुरक्षा'  विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना

म्याप स्मृति समाजद्वारा 'श्रद्धाञ्जली सभा तथा नेपालमा हवाई सुरक्षा'  विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २३, २०८१

काठमाडौँ । गत साउन ९ गते काठमाडौँमा भएको सौर्य एयरलाइन्स दुर्घटना परी निधन भएका आफ्ना सन्तानको स्मरणलाई चिरस्थायी बनाउने विभिन्न सामाजिक गतिविधि गर्ने  उद्देश्यले स्थापना गरिएको मनुराज, अधिराज,प्रिजा स्मृति समाजले पैँतालीस पुण्य तिथिको अवसर पारेर 'श्रद्धाञ्जली सभा तथा नेपालमा हवाई सुरक्षा'  विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । 

 मनुराज, अधिराज, प्रिजा  स्मृति समाजको कार्यक्रमकी प्रमुख अतिथि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पानसमा बत्ति बाली औपचारिक रुपमा शुभारम्भ गरेकाे कार्यक्रममा पूर्व महान्यायधिवक्ता, काठमाडौँ स्कुल अफ ल दधिकोट भक्तपुरका स‌ंस्थापक बरिष्ठ अधिवक्ता डा‍. युवराज संग्रौलाले 'नेपालमा हवाई सुरक्षा' विषयमा विचार प्रस्तुत गर्नु भएको थियाे ।  डा‍. युवराज संग्रौलाद्वारा प्रस्तुत विचार माथि पाइलट विनोद पुरी र अधिवक्ता स्वागत नेपालले बोल्नु भएकाे थियाे । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, बागमति प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का बरिष्ठ उपाध्यक्ष तथा सा‌ंसद राजेन्द्रप्रसाद पाण्डे लगायतले नेपालको हवाई सुरक्षाका बारेमा आ-आफ्ना धारणा राखेका  थिए । 

 अल्पायुमै जीवन गुमाएका आफ्ना सन्ततिको सम्झनालाई चीरस्थायी बनाउन र उनिहरुको नाममा सामाजिक कार्य गर्ने उद्देश्यले हामीले मनुराज, अधिराज,प्रिजा स्मृति समाज (Map Memorial Society) नामक सस्था स्थापना गरी जिल्ला प्रशासन कार्यालय काठमाडौँमा विधिवत दर्ता  गरी पहिलो ‌कार्यक्रमा रुपमा  'श्रद्धाञ्जली सभा तथा नेपालमा हवाई सुरक्षा'  विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियाे । काठमाडौँ स्कुल अफ ल दधिकोट भक्तपुर र  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकाे सहकार्यमा मनुराज, अधिराज,प्रिजा स्मृति समाजद्वारा आयोजित कार्यक्रमका सभापति तथा समाजका अध्यक्ष प्रकाश खतिवडाले सभापतिको आसनबाट समाजले  अक्षय कोषको स्थापना गरी पुरस्कारदेखि छात्रवृति  समेत उपलब्ध गराउने लक्ष्य  लिएको जानकारी दिनु भएको थियाे । कार्यक्रममा साउन ९ गते काठमाडौँमा भएको सौर्य एयरलाइन्स दुर्घटना परी निधन भएका १८ जनाको फाटोमा माल्यार्पण गरी कार्यक्रम शुभारम्भ गरिएकाे थियाे ।  कार्यक्रमको सञ्चालन समाजका सचिव सञ्जिव भण्डारीले  गरेका थिए ।