अन्टीएफको चौथो महासभा क्यालिफोर्नयाको लस एन्जलसमा आयोजना हुने

अन्टीएफको चौथो महासभा क्यालिफोर्नयाको लस एन्जलसमा आयोजना हुने

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ २८, २०८१

लस एन्जलस, अमेरिका । युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो महासंघ (अन्टीएफ) को चौथो महासभा क्यालिफोर्नयाको लस एन्जलसमा आयोजना हुने भएको छ ।

यही सेप्टेम्बर १४, २०२४ मा आयोजना गरिने महासभामा विश्वभरका तेक्वान्दो खेलाडीहरू, प्रशिक्षकहरू र नेतृत्वकर्ताहरूको सहभागिता रहने महासभाका कार्यक्रम संयोजक  अमृत महतोले जानकारी दिनु भयो । 

कार्यक्रम संयोजक महतोका अनुसार महासभा बैठकमा तेक्वान्दोलाई के कसरी विश्वव्यापी रूपमा अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल गरिनुका साथै महासंघको नयाँ नेतृत्व पनि चयन गरिने छ । 

महासभाको सबै तयारी सम्पन्न भएको  छ । लस एन्जलस स्थित स्थानीय पशुपति नाथ मन्दिरमा सेप्टेम्बर १४, २०२४ बिहान महासभा बैठक आयोजना गरिने र हिमालयन ग्रिल रेष्टुरेण्टको सभाकक्षमा बेलुकी नयाँ नेतृत्व चयन गरि नेतृत्व हस्तान्तरण गरिने कार्य तालिका रहेको महासंघले जनाएको  छ । 

उक्त अवसरमा महासंघलाई योगदान दिने बिभिन्न व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ । महासभाको लागि लस एन्जलस स्थित बिभिन्न व्यक्ति तथा संस्थाहरुबाट सहयोग गरिरहेको बताईएको छ ।