ऋतु आशिक | दृष्टिकोण | भदौ ३०, २०८१
जब–जब तत्कालीन राजा वीरेन्द्रबाट २०३१ साल फाल्गुण १३ गते आफ्नो शुभराज्याभिषेक समारोहको बिदाई समारोहमा विश्वका विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष, उपाध्यक्ष तथा शाही अतिथिहरू समक्ष नेपाललाई शान्ति क्षेत्र घोषित गरियोस् भन्ने प्रस्ताव राख्नुभएको थियो । राजाको यो ऐतिहासिक प्रस्तावले मेरो मनलाईपनि उद्वेलित गर्यो । ती दिनदेखि शान्ति क्षेत्र प्रस्तावलाई अन्तर्राष्ट्रियकरण उद्देश्य त्यसलाई सघाउ पुर्याउनका लागि तत्कालीन महेन्द्र मोरङ कलेजमा अध्यापन गर्नुहुने डा. गणेश क्षेत्रीसँग मेरो सहकार्य शुरु भयो ।
नेपालको शान्ति क्षेत्र प्रस्ताव नामक पुस्तक बनारसस्थिति आर्यभूषण प्रेसमा प्रकाशित गराएका थियौँ । राजा वीरेन्द्रद्वारा प्रस्तावित नेपालको शान्तिक्षेत्र प्रस्ताव नामक ग्रन्थको प्रकाशन २०४० सालमा सम्भव भएको थियो । यो पुस्तक प्रकाशन गर्ने चाँजोपाँचो मिलाउन तत्कालीन विराटनगर नगरपञ्चायतका प्रधानपञ्च रामकृष्ण भट्टराईको अहम् भूमिका थियो ।
जब–जब यो ग्रन्थ प्रकाशित भयो । एकप्रति सुदर्शनराज पाण्डेलाई उपहार स्वरूप प्रदान गरेको थिएँ । नेपाल पत्रकार महासंघको तेह्रौं अधिवेशन २०४२ मा भएको रोटरी क्लबमा भेटको निरन्तरताका साथसाथै हामी बीचको मित्रता राष्ट्रियता प्रतिको सोच, मार्क्सवाद प्रतिको दृढता, बहुसंख्यक जनताको पक्षमा गरिने पत्रकारिता उद्देश्य अनुरूप हाम्रो मित्रता बाक्लिँदै गएको थियो ।
तत्कालीन भूमिगत गिरोहको सांघातिक हमलाको कारण पत्रकार पदम ठकुराठी माथि निर्मम प्रहार भएको थियो । तत्कालीन भूमिगत गिरोह (पर्दा पछाडिबाट ज्ञानेन्द्र) को नेतृत्व हुने गर्थ्यो। त्यसबेला मुलुक भित्रको अवैध धन्दाको नेतृत्व उनैले सम्हालेका थिए । राजा वीरेन्द्र परिवारको हत्यापछि राजा ज्ञानेन्द्रको ऐश्वर्यता पल्टेको थियो । राजा वीरेन्द्र परिवारको हत्यापछि उनलाई आकाशे चिठ्ठा परेको थियो । उनी निष्कलङ्क भएको भए आफ्नो शासनकालको ७ वर्षे शासन कालमा राजा वीरेन्द्र र उनको परिवारको हत्याको खोज तलास र छानबिन प्रति पटक्कै रुचि नराख्नुको पछाडि उनको संलग्नताको शङ्काको सुई नेपाली जन मानसमा उनीप्रति पनि लक्षित छ ।
हामी आफूलाई पत्रकार भन्ने तथा नेपाल पत्रकार महासंघले आजसम्म पनि नेपालका शान्ति क्षेत्रका प्रवर्तक राजा वीरेन्द्रको हत्या बारे सोधखोज र त्यसको निर्कोलतापट्टि उनीहरूको चिन्तन र मनन छैन । एउटा देशप्रेमी देशको लागि अहोरात्र आफूलाई न्योछावर गर्ने राजा मारिँदा नेपाल पत्रकार महासंघले त्यतापट्टि ध्यान नजानु ? पत्रकारहरूले राजा वीरेन्द्रको हत्याको पाटो बारे नेपाल पत्रकार महासंघ किन चुप लागेर बस्यो ? यसको उत्तर दिनु आफ्नो जीवनकालका सम्बन्धित जिम्मेवार पत्रकारका महासंघका पदाधिकारीप्रति देश र जनताले धिक्कार्ने नै छ ।
पत्रकारको हैसियतबाट नेपालको शान्तिक्षेत्रका प्रस्ताव अध्ययन विश्लेषण नामक खोज पूर्ण ग्रन्थको प्रकाशनमा डा. गणेश क्षेत्री र मेरो संयोजनमा ऐतिहासिक ग्रन्थमा हामीले आफ्नो श्रम बगाएका छौ । राष्ट्र अविचल बाँची रहोस् यो महान् उद्देश्यमा हामी लागि पर्यौ । हामीले हाम्रो भागमा पारेको देशभक्तिको पर्याय जिम्मेवारी निर्वाह गरेको बोध गरेका छौ । हामीले राष्ट्रिय जिम्मेवारी बोध गरेका छौ ।
यी माथिका प्रसङ्गहरूलाई प्रिय मित्र सुदर्शनराज पाण्डेले नियालि रहनु भएको थियो । देश प्रतिको आमघता, भारतीय सरकारका विभिन्न काल समयमा भएको थिचोमिचोप्रति उहाँको मुटु दुख्ने गर्थ्यो । ती मुटु दुखाइहरू मसँग साटासाट गर्नु हुन्थ्यो ।
उहाँमा रिस, राग, कसैप्रति द्वेष भावना थिएन । उहाँको अवसान हुनुभन्दा केही दिनदेखि नियमित रूपमा फोन गर्नुहुन्थ्यो । कतै यात्राको तय गर्नुहोस् भन्नुहुन्थ्यो । मैले आफ्नो घरायसी कारण स्पट राख्थे । समय अनुकूल पारेर यतै आउनुस् न भन्ने गर्थे । उहाँमा एउटा आशङ्का सधैँ व्यक्त गर्नुहुन्थ्यो ।
राष्ट्रप्रति सम्वेदनशील हुँदै पत्रकारहरूको टोली बनाएर देशका पश्चिमी भूभागहरूमा भ्रमण गरेका छौ । मुलुकका दुर दराज क्षेत्रमा नेपाली जनताको त्रासदीपूर्ण गरिबी स्थितिमा बाँचेकाहरूसँग उनको बाँच्नकै लागि गरिरहेका सङ्घर्षप्रति हामीले मनैदेखि उनीहरूको पीडामा मल्हम लगाउने कार्य गरेको छ । यसै यात्राको शिलशिलामा केही प्रसङ्गहरू यहाँ उल्लेख गर्नु सान्दर्भिकता नै हुनेछ ।
तत्कालीन काठमाडौँबाट प्रकाशित जनता साप्ताहिक २०४९ मा प्रकाशित–नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला संगठन कमिटी कञ्चनपुर २ नं. क्षेत्रका उम्मेदवार प्रेमीसिंह धामीको नेतृत्वमा करिब ३००० को अनुशासन बद्ध जुलुसले गत वैशाख १३ गतेका दिन श्री ५ को सरकार गृहमन्त्रालय तथा परराष्ट्र मन्त्रालयका नाममा प्रमुख जिल्ला अधिकारी कञ्चनपुर महेन्द्रनगर मार्फत् दिउँसो १ बजे ज्ञापन पत्र दियो । भारत सरकारद्वारा नेपालको सार्वभौमिकता माथि गरेको घृणित हस्तक्षेपको विरुद्धमा प्रस्तुत यो ज्ञापन पत्र सम्बन्धित कार्यालयको मूल ढोका अगाडि विशाल जुलुस समक्ष पढेर सुनाइएपछि विधिवत दर्ता गरिएको थियो ।
ज्ञापनपत्रमा भनिएको छ – हाल महाकाली नदीको ब्रह्मदेवमा भारतीय पक्षले बाँध बनाउने क्रमममा लगभग ३३३ विघा नेपाली भूभाग अतिक्रमण गरी रहेको छ भने सो मध्ये ३ किलोमिटरमा स्काईभेटर लगायत अन्य उपकरण प्रयोग गरी युद्धस्तरमा तटबन्ध निर्माण गरिरहेको छ । यस सवाललाई सरकारी तवरबाट कुनै वास्ता गरिएको छैन । हामी प्रशासनको यस्तो गैर जिम्मेवार क्रियाकलापप्रति क्षोभ प्रकट गर्दछौँ ।
ज्ञापनपत्र अगाडि भनिएको छ, नेपाली भूमि र नेपाली राष्ट्रियताको कडाइका साथ रक्षा हुनुपर्छ भन्ने हाम्रो दृढ धारणा छ तसर्थ यसतर्फ तत्काल कडा कदम चालियोस् भनी जोडदार माग गर्दछौँ ।
सुदर्शनराज पाण्डेसँगको पत्रकारिता सहयात्रा
नेपाल पत्रकार महासंघ तेह्रौं अधिवेशन–२०४३ काठमाडौँमा तत्कालीन भेटघाट, हामी बीचका कतिपय कुराहरूको मिलान, राष्ट्रियता प्रतिको सोच, माक्र्सवाद प्रतिको अटल र अथाह विश्वासका कारण हामी एक अर्काबीच सद्भाव मैले लेखेको अर्जुनखोलाको तीर (वादी जनजीवन) लेखनमा समेत उहाँको कतै प्रत्यक्ष अप्रत्यक्ष सहयोग रह्यो । राष्ट्रिय सवालमा हामीले पत्रकारहरूको टोली बनाएर भ्रमण गरेका छौ । राष्ट्रियताप्रति भारतीय सरकारद्वारा गरिएका अपमान विरुद्ध, उसका घृणित हरकतका विरुद्ध हामी सबैले आफ्ना आफ्ना कलमलाई उद्याएका छौँ । देश प्रतिको जिम्मेवारी कर्तव्यका साथ निर्वाह गरेका छौँ भन्दा पनि आफूलाई गर्व महसुस गरेका छौँ ।
२०४२ सालदेखि प्रिय मित्र सुदर्शनराज पाण्डेसँगको सहकार्य, उहाँ र मेरो परिवारको आत्मीयता, स्नेहता यतिका वर्ष बितिसक्दा पनि निरन्तर बगिरह्यो । हामी बीच दुवै परिवारका पारिवारिक यात्रा तथा पारिवारिक जमघट, दुःख सुखमा एकाकार भएका छौँ ।
सुदर्शनराज पाण्डेमा सादगी पन थियो । घमन्डको लैस थिएन । अहम् पनि थिएन । जान्छु भन्ने ठाउँमा जानैपर्ने, आफूले बोलेका शब्दहरूप्रति अडिग हुने निष्ठा तथा कसैलाई दिनु भएको वचनप्रति अडिग साथ परिपूर्ति गर्नुहुन्थ्यो ।
उहाँमा रिस, राग, कसैप्रति द्वेष भावना थिएन । उहाँको अवसान हुनुभन्दा केही दिनदेखि नियमित रूपमा फोन गर्नुहुन्थ्यो । कतै यात्राको तय गर्नुहोस् भन्नुहुन्थ्यो । मैले आफ्नो घरायसी कारण स्पट राख्थे । समय अनुकूल पारेर यतै आउनुस् न भन्ने गर्थे । उहाँमा एउटा आशङ्का सधैँ व्यक्त गर्नुहुन्थ्यो । मुलुक सधैँ स्वाधीनता रहला ? प्रचण्डद्वारा पछिल्लो भारत भ्रमणपछि युद्धस्तरमा भारतीहरूलाई बाँडिएको नेपाली नागरिकताप्रति उहाँको आक्रोशलाई म पनि पुट दिन्थे उहाँको स्वरमा स्वर मिलाएर भन्ने गरेको थिएँ तपाईं पनि लेख्नुस् म पनि लेख्छु । राष्ट्रप्रति हाम्रो जिम्मेवारीप्रति तपाईं हामीले कन्जुस्याइँ गर्नु हुँदैन र बाँचुञ्जेल देशप्रतिको निष्ठामा एकाकार भइ रहनुपर्छ । यी एक रूपमा भनाइ एक अर्काको हातेमालो गरेको समय पनि झण्डै झण्डै ३८ वर्षको संगत बिताएको पत्तै भएन ।
राष्ट्रिय चिन्तनप्रति उहाँमा मभन्दा बढी थियो । उहाँको सरसँगतबाट नै होला मेरो लेखन भाव पनि त्यतैतिर परिलक्षित भएका होलान् ? जीवनमा मेरो लागि सुदर्शनराज पाण्डे उमेरमा मभन्दा ७ वर्ष कान्छो बौद्धिक प्रखरता, राष्ट्र प्रतिको समर्पण भाव मभन्दा धेरै प्रचुर मात्रा थियो । जीवनमा यति लामो सम्बन्ध तथा ज्यादै नजदिकी अरूसँग भन्दा अझ बढी थियो कि जस्तो महसुस भइरहेको छ । यसो भनेर मेरा अन्य घनिष्ट पारिवारिक मित्रहरू सम्राट तुम्वाहाङफे देवेन्द्र वोहोरा, परशुराम शर्मा, केशव प्रसाद घिमिरे, अन्यथा नसम्झिनु होला । यी शब्दहरू लेख्दा मेरो आँखामा आँसुहरू भक्कनिदै झदैछन् । मेरो जीवनको अमूल्य निधि गुमाएको महसुस गर्दैछु ।
प्रिय मित्र सुदर्शनराज पाण्डे ! तपाईंले लेखेका शब्दहरूको देश पुनर्निर्माणका लागि बल पुगोस् आउने पिँढीका लागि तपाईंको लेखन प्रेरणादायी बनोस् ।
तरहरा, इटहरी,
२०८१ भाद्र ३०, आइतबार